बैंक अफ काठमाण्डू लिमिटेडले सम्पूर्णहरुलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंकका गण्डकी प्रदेश अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरीएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।
बैंकले आकर्षक विशेषताहरु सहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजानीक गरेको थियो । उक्त ४ गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दती खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुटको सुविधा, मौज्दात रकमको ९० प्रतिशतसम्म ऋणको सुबिधा सहित दुई लाख सम्मको क्रेडिट कार्ड सुबिधा रहेको छ । साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८.०३ प्रतिशतको वार्षिक ब्याजदर सहित थुप्रै निशुल्क सेवाहरु समावेश गरी ग्राहकहरुको फाईदालाई ध्यानमा राखी सार्वजनीक गरेको हो ।
बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।