जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • एनएमबि बैंकको नाफा ३ अर्ब ७० करोड पुग्यो

एनएमबि बैंकको नाफा ३ अर्ब ७० करोड पुग्यो

खुद ब्याज आम्दानी सँगै सम्भावित कर्जा नोक्सानीवापतको प्रोभिजन रकमबाट भएको राइट ब्याकले गर्दा एनएमबि बैंकको नाफामा उच्च वृद्धि भएको छ ।

बिहीबार बैंकले आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा दुई अर्ब ७१ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले गत आबमा ३६.५३ प्रतिशतले नाफा बढाएको हो ।

गत आबमा खुद ब्याज आम्दानी १५.७५ प्रतिशतले वृद्धि भएर ६ अर्ब ५५ करोड २२ लाख पुगेको बैंकले सम्भावित कर्जा जोखिम वापतको प्रोभिजनबाट ४८ करोड ४३ लाख राइटब्याक गरेको छ ।

कर्जा लगानी १६.४१ प्रतिशतले विस्तार गरेर एक खर्ब ७५ अर्ब ७८ करोड ८१ लाख पुर्‍याएको बैंकले निक्षेप १२.३७ प्रतिशतले वृद्धि गरी १ खर्ब ८४ अर्ब ८२ करोड ८९० लाख रुपैयाँ पुर्‍याएको छ । कर्जामा वृद्धिसँगै बैंकको कर्जा र निक्षेपबीचकेा ब्याजदर अन्तर (स्प्रेड दर) पनि बढेकेा छ ।

जसले गर्दा बैंकको खुद ब्याज आम्दानी पनि उल्लेख्य बढेको हो । अघिल्लो आबमा ३.०९ प्रतिशत रहेको बैंकको स्प्रेड रेट गत आबमा ४.०५ प्रतिशत पुगेको छ ।

आम्दानी वृद्धिसँगै बैंकको खुद सञ्चलान आम्दानी ३०.६४ प्रतिशतले बढेर ९ अर्ब १८ करोड ९३ लाख पुगेको छ । बैंकको सञ्चालन आम्दानी सँगै कर्मचारी खर्च बढेपनि सञ्चालन मुनाफामा आकर्षक वृद्धि भएको छ ।

बैंकको कर्मचारी खर्च २४.४५ प्रतिशतले वृद्धि भएर २ अर्ब ६० करोड नाघेको छ । खुद सञ्चालन आम्दानीमा भएको वृद्धिले कर्मचारी खर्च बढेपनि बैंकको सञ्चालन मुनाफा ३६.४३ प्रतिशतले वृद्धि भएर पाँच अर्ब २१ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

बैंकले गत आबमा १२.५ प्रतिशत बोनस सेयर मार्फत चुक्ता पूँजी १६ अर्ब ३१ करोड ५९ लाखबाट १८ अर्ब ३६ करोड ६७ लाख पुयाएको छ । बैंकको सञ्चित कोषमा २ अर्ब ३९ करोड २४ लाख र जगेडा कोषमा ६ अर्ब ४४ करोड ८६ लाख छ ।

पुँजी बढे पनि बैंकको नाफामा वृद्धिसँगै प्रमुख वित्तीय सुचकहरुमा पनि सुधार भएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७६ पैसाबाट बढेर २० रुपैयाँ १४ पैसा पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ६६ पैसाबाट बढेर १४८ रुपैयाँ १४ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.९५ गुणा रिटर्न अन इक्युटी १४.४७ प्रतिशत पुगेको छ ।

यता बैंकको कोषको लागत बढेसँगै बेसरेट ६.९९ प्रतिशतबाट ९.३८ प्रतिशत पुगेको छ । यस्तै निष्कृय कर्जा २.२७ प्रतिशतबाट १.३३ प्रतिशतमा झरेको छ । पुँजी पर्याप्तता अनुपात १५.०८ प्रतिशतबाट १३.७६ मा झरेको छ । यस्तै बैंकको कर्जा- निक्षेप अनुपात ८५.५५ प्रतिशत छ ।

2905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?