जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • इसेवा मनी ट्रान्सफरले सम्पन्न गर्‍यो ‘रेमिटोत्सव’

इसेवा मनी ट्रान्सफरले सम्पन्न गर्‍यो ‘रेमिटोत्सव’

इसेवा मनी ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिटेन्स पठाउन सन्देशमुलक तथा सेवाग्राहीमैत्री योजना ‘रेमिटोत्सव’ सम्पन्न गरेको छ।

गत वैशाख १ बाट प्रारम्भ भएर साउन ४ सम्म चलेको यस योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अवैधानिक रेमिटेन्स गतिविधिलाई निरुत्साहित गर्दै वैधानिक रेमिटेन्सलाई प्रोत्साहन र प्रवर्द्धन गरेको कम्पनीले जनाएको छ।

‘वैधानिक रुपमा रेमिटेन्स पठाऔँ रेमिटोत्सव मनाऔँ’ मूल नाराका साथ सम्पन्न यस अफरमा, १४ हप्तासम्म संसारका २०० भन्दा बढी मुलुकबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिटेन्स कारोबार गर्नेमध्ये हरेक दिन १ जनालाई र योजना अवधि भर कुल ९८ जनालाई प्रत्येक दिन उपहार स्वरुप पाँच हजार रुपैयाँ प्रदान गरिएको कम्पनीले जनाएको छ।

त्यस्तै, यस योजनाका दौरान बम्पर उपहार बिजेतालाई ५० हजार व्यवस्था गरिएको थियो। जसको बिजेता कतारमा रहेका गोर्खा जिल्ला निवाशी कमल कमर भएका छन्। उनले रेमिटोत्सव योजनाका दौरान कतारको युनिमोनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिटेन्स पठाएको कम्पनीले जनाएको छ।

‘नयाँ वर्षको २०७९ को अवसरमा वैधानिक रुपमा रेमिटेन्स पठाउने सन्देशमुलक योजना – रेमिटोत्सव सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा हामि खुशी छौँ। रेमिटेन्स देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएकाले यसलाई वैधानिक तवरबाट देश भित्राउन सकेमा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव देखिने कुनै दुई मत छैन। त्यसैले हामीले यस योजना मार्फत रेमिटेन्स कारोबार गर्दा वैधानिक माध्यमबाट मात्र कारोवार गरौँ भन्ने मूल सन्देश दिएका छौँ,’ इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने।

इसेवा मनी ट्रान्सफरले रेमिटोत्सव समाप्त भएपनि व्यापार प्रवर्द्धनात्मक तथा सेवाग्राहीमैत्री डिजिटल रेमिटेन्समा आइफोन जित्ने अफर ल्याएको कम्पनीले जनाइको छ।

विदेशबाट सोझै इसेवा वालेटमा पैसा लोड गर्न सकिने सन्देशमुलक यस अफरमा पठाउनेले आइफोन १३ जित्न सक्नेछन भने नेपालमा प्राप्त गर्ने व्यक्तिले एक सय रुपैयाँ बोनस पाउने बताइएको छ। त्यस्तै विदेशबाट आएको नगद रेमिटेन्स सोझै आफ्नो इसेवा वालेटमा प्राप्त गरी सेवाग्राही दुई सय रुपैयाँको बोनस समेत पाउने कम्पनीले जनाएको छ।

2830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?