जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • ९ ब्रोकर कम्पनीले ११ स्थानमा शाखा खोल्न पाए स्वीकृति

९ ब्रोकर कम्पनीले ११ स्थानमा शाखा खोल्न पाए स्वीकृति

नेपाल धितोपत्र बोर्डले ९ वटा ब्रोकर कम्पनीलाई ११ स्थानमा शाखा खोल्नको लागि स्वीकृति प्रदान गरेको छ । बोर्डले १ ब्रोकर कम्पनीलाई गत असार मै अन्यलाई हालै शाखा खोल्नको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो।

बोर्डले ब्रोकर नम्बर ३८ दीपशिखा धितोपत्र कारोबार कम्पनीलाई कैलालीको लम्कीमा असार मै शाखा खोल्नको लागि स्वीकृति पाएको हो । बोर्डले हाल ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजलाई पाल्पाको तानसेनमा र रुपन्देही र भैरहवामा शाखा खोल्न स्वीकृति दिएको छ । त्यस्तै ब्रोकर नम्बर ११ मल्ल एण्ड मल्ल स्टक ब्रोकिंग कम्पनीलाई पाँचथरको फिदिममा र इलाममा शाखा खोल्न स्वीकृति पाएको हो ।

त्यस्तै ब्रोकर नम्बर ३६ सेक्युर्ड सेक्युरिटिजले झापाको दमक र ब्रोकर नम्बर २९ त्रिशुल सेक्युरिटिजले नवलपुरको कावासोतीमा शाखा खोल्न स्वीकृति पाएको छ । ब्रोकर नम्बर ५१ अकसफोर्ड सेक्युरिटिजले नवलपरासीमा शाखा खोल्न स्वीकृति पाएको छ ।

त्यस्तै ब्रोकर नम्बर ४४ डाइनामिक मनि म्यानेजर्स सेक्युरिटिजले चितवनको भरतपुरमा शाखा खोल्न स्वीकृति पाएको छ । ब्रोकर नम्बर ७ जे एफ सेक्युरिटिजले पर्वतको कुश्मा र दाङको तुलसीपुरमा शाखा खोल्न स्वीकृति पाएको छ ।

यी बाहेक  ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटिजले  रामेछापको मन्थली, महोत्तरीको बर्दिबास र मोरङको उर्लाबारीमा शाखा सञ्चालनको लागि पूर्वाधार तयार पार्नको लागि बोर्डबाट अनुमति पाएको छ । त्यस्तै ब्रोकर नम्बर ३८ दिपशिखा धितोपत्र कारोबार कम्पनीले सिरहाको लहान र दोलखाको चरीकोटमा शाखा सञ्चालनको लागि पूर्वाधार तयार पार्नको लागि बोर्डबाट अनुमति पाएको छ । कम्पनीले तयार पारेको पूर्वाधारको धितोपत्र बोर्डले  निरीक्षण गरेपछि बोर्डले यी स्थानमा पनि सम्बन्धित ब्रोकर कम्पनीलाई शाखा संचालनको अनुमति दिने जनाएको छ ।

1980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
हत्याको प्रयास’ मा पुग्यो नेरुड़े मिर्मिरेको आन्दोलन
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?