प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले स्वर्गद्धारी नगरपालिका–४ गोठीवाङका सुस्मा सार्कीका श्रीमान रुक बहादुर सार्कीको परिवारलाई दाबी रकम दिएको हो ।
सार्कीले २०७७ मंसिर २८ गते प्रभु लाइफ इन्स्योरेन्स कम्पनिमा छोराको प्रस्तावक बसी छोरा आयुस नेपालीको ३ लाखको बीमा गरेका थिए ।
प्रतावक बसेका रुक बहादुर सार्कीको तिन दिन अथार्त पौष १ गते अकस्मात मृत्यु भयो । ‘प्रश्तावकको मृत्यु भएमा वा दुर्घटनाबाट स्थायी अशक्तता भएमा दिइने’ सुविधा अन्तरगत सुष्मा सार्कीले मासिक ३ हजार १५ वर्षसम्म पाउने भएकी छन्