नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रबन्धक पदको लागि ३ जनाको नाम सर्टलिस्ट भएको छ । लोकसेवा आयोगले लिएको लिखित परीक्षापछि आवेदन दिएका २६ जना मध्ये ३ जना अन्तर्वार्ताको लागि छनौट भएका हुन् ।
अन्तर्वार्ताको लागि प्रविन प्रन्दाक, भीमप्रसाद उप्रेती र लिलाधर सुवेदी छनौट भएका हुन् । उनीहरु मध्ये प्रविन पन्दाक हाल नेप्से कै कार्यरत उच्च तहकी कर्मचारी हुन् । हाल उनी कामु प्रबन्धक रहेकी छिन् ।
अब अन्तर्वार्ता र प्रस्तुतीकरणपछि यी ३ मध्येबाट १ जना नेप्सेको प्रबन्धक पदमा नियुक्त हुने छन् । उनीहरुको अन्तर्वाता पुस ७ गते बेलुका ४:३० बजे तोकिएको छ ।
नेप्सेमा प्रबन्धक भनेको १० औ तहको पद हो । हाल यस पदमा निरन्जन फुयाल रहेका छन् । उनी आन्तरिक बढुवाबाट प्रबन्धक पदमा बढुवा भएका हुन् । १० औ तहमा २ जनाको दरबन्दी रहेकोले अब १ जना खुला प्रतिस्पर्धाबाट नियुक्त हुन लागेको हो।
नेप्सेमा ११ औ तह पनि रहेको छ । तह ११ भनेको नेप्सेमा सीइओ पछिको ठूलो पद हो । यो पदलाई डेपुटी सीइओको रुपमा पनि लिने गरिएको छ । हाल यो पद रिक्त छ । १० औ तहमा रहेका २ जना मध्ये बाट नै ११ औ तहमा बढुवा हुने भएकोले १० औ तहलाई महत्वका साथ हेरिएको छ ।
तह ६,७, र ८ औ तहमा पदपूर्तिको लागि लिइएको लिखित परिक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएकाहरुको नतिजा पनि नेप्सेले प्रकाशन गरेको छ ।