जोडिनुहोस
सोमवार, पुस ८, २०८१
सोमवार, पुस ८, २०८१
  • होमपेज
  • अटोमोबाइल्स व्यवसायीहरुद्वारा माइतीघरमा विरोध प्रदर्शन

अटोमोबाइल्स व्यवसायीहरुद्वारा माइतीघरमा विरोध प्रदर्शन

सरकारले गाडी र मोटरसाइकलको आयातमा लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेपनि अटोमोबाइल्स व्यवसायीहरुले आफ्नो आन्दोलन जारी राखेका छन् । आन्दोलनको क्रममा आज व्यवसायीहरुले काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिएका छन् । आजको धर्ना कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठ पनि सहभागी छन् ।

यस अघि नै घोषित पहिलो चरणको आन्दोलन अन्तर्गत आज अन्तिम दिन माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरिएको नाडाका उपाध्यक्ष सुनिल रिजालले बताए । उनका अनुसार अब कार्यसमिति बैठक बसेर अर्को चरणको आन्दोलनको घोषणा गरिनेछ । अबको आन्दोलन भद्र र निर्णायक हुने उनले बताएका छन् ।
सरकारले ८ महिना अघि(बैशाख) देखि लगाएको आयात प्रतिबन्ध खुल्ला गर्ने निर्णय स्वागतयोग्य भएपनि अझै व्यवसाय गर्न सक्ने वातावरण नबनेकाले आन्दोलन जारी राखिने नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुब थापाले बताए ।

‘आयात खुला भएपनि व्यवसाय गर्न सक्ने वातावरण कतै पनि छैन’ नाडाका अध्यक्ष थापाले भने, ‘व्यवसायिक वातावरण निर्माणका लागि दबाब दिन हाम्रो आन्दोलन निरन्तर जारी नै रहनेछ ।’

अध्यक्ष थापाले अटो कर्जामा बढाइएको जोखिमभार घटाउनु पर्ने, नगद मार्जिनको ब्यवस्था हटाउनु पर्ने, चालु पूँजी कर्जा मार्गदर्शन–२०७९ हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाको सिमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नुपर्ने माग यथावत रहेको बताए । उनले बजारमा तरलता वृद्धिको लागि आवश्यक मौद्रिक औजार प्रयोग गर्नुपर्ने र लामो समयदेखि थला परेको अटोमोबाइल ब्यवसायको कर्जामा लाग्ने ब्याजमा सहुलियत प्रदान गर्नुपर्ने आफूहरुको माग रहेकाले यी माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने प्रष्ट पारेका छन् ।

2370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?