![रिलायन्स लाइफ र सन्चो हस्पिटलबीच मेडिकल इन्स्योरेन्सको लागि सम्झौता](http://aarthikbazarnews.com/wp-content/uploads/2023/02/unnamed-55.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलहेटौडा बीच मेडिकल इन्स्योरेन्सको लागि सेवा सम्झौता भएको छ ।
उक्त सम्झौता पश्चात रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा बीमितहरुले हस्पिटलको प्रयोगशाला सेवा, एक्स-रे, इसिजी, इको लगायत सेवाहरूमा विशेष छुट पाउनेछन ।
सम्झौता कार्यक्रममा अंडरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर सुर्य गिरी लगायत सन्चो हस्पिटलका तर्फबाट मेनेजर अशोक कायस्थको उपस्थिति रहेको थियो ।
रिलायन्स इन्स्योरेन्सले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न जिल्लामा मेडिकल इन्स्योरेन्स तथा अंडरराइटिङको लागि स्थानीय स्वास्थ संस्थाहरुसंग सम्झौता गर्ने कार्यलाई निरन्तरता दिंदै गईरहेको छ ।