जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • नेपाल बाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी लिएको छैन : बोर्ड अध्यक्ष हमाल

नेपाल बाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी लिएको छैन : बोर्ड अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफु विरुद्ध नियोजित रुममा केही समाचारहरु प्रकाशन भएकोमा गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । समाचारमा लगाईएका आरोपहरु निराधार र कपोकल्पित भएको दाबी गर्दै अध्यक्ष हमालले समाचार मार्फत चरित्र हत्या गर्न खोजिएको बिषयलाई गम्भिर रुपमा लिएको बताएका हुन्।

आफुप्रति लक्षित गरि संचार माध्यममा तथ्यहीन समाचारहरु संप्रेषण हुनु गम्भिर बिषय भएको भन्दै उनले करिव २० बर्ष देखी बिदेशमा रही बिज्ञको रुपमा काम गर्दा नेपाली नागरिकको हैसियतमा काम गरेको उल्लेख गरेका छन् । उनले कुनै पनि कालखण्डमा नेपाली बाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको र एउटा नेपाली नागरिक रहेर यो देशको सेवा गर्न पाउने विषयलाई गर्वको रुपमा लिएको उनले जनाएका छन् ।

अध्यक्ष हमालले धितोपत्र बजारमा शुरु भएको विभिन्न सुधारको अभियानहरु निहित स्वार्थ समुहको ईच्छाबिपरित रहेको र बोर्डको ठोस पहलकदमीबाट तिल्मिलाएकाहरुबाट त्यस्ता समाचारहरु आएको दाबी गरेका छन्। निश्चित स्वर्थसमुहको लाभका लागी मनोगढन्ते समाचार सम्प्रेषण गर्नु भन्दा लगानीकर्ताको हितमा हुनुपर्ने सुधारका कार्यमा सकारात्मक सुझाव सहित सहयोगको अपेक्षा समेत गरेको उनले उल्लेख गरेका छन्।

यस प्रकारको क्रियाकलापबाट आफु कत्ति पनि विचलित नभएको र कानून बमोजिम सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्दै स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतिस्पर्धी धितोपत्र बजार तथा समग्र धितोपत्र बजारको विकास तथा विस्तार गर्दै राष्ट्रिय पूँजी निर्माण र परिचालन मार्फत मात्र देश संमृद्ध हुने उल्लेख गरेका छन् । साथै, सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्दै स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतीस्पर्धी धितोपत्र बजार तथा समग्र धितोपत्र बजारको विकास तथा विस्तार गर्दै राष्ट्रिय पूँजी निर्माण र परिचालनमा रचनात्मक सहयोगका लागि समेत उनले आग्रह गरेका छन् ।

1655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
स्वास्थ्य बीमा बोर्डको आम्दानी २ अर्ब, दाबी भुक्तानी १२ अर्ब
" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?