जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • एफएनसीसीआई नवनिर्वाचित प्रतिनिधिमण्डल र प्रधानमन्त्री बीच भेटवार्ता, निजी क्षेत्रलाई अख्तियारले हेर्न मिल्दैनः प्रधानमन्त्री

एफएनसीसीआई नवनिर्वाचित प्रतिनिधिमण्डल र प्रधानमन्त्री बीच भेटवार्ता, निजी क्षेत्रलाई अख्तियारले हेर्न मिल्दैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई अख्तियारले हेर्न नमिल्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलसॅग शुक्रबारको भेटका क्रममा प्रधानमन्त्री दाहालले उक्त व्यवस्था प्रस्ताविक विधेयकमा भएपनि पछि हटाइने बताउनुभएको हो । राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धि विधेयकमा निजी क्षेत्रलाई समेत समेट्ने व्यवस्था भएकोले उक्त व्यवस्था हटाउन अध्यक्ष ढकालले आग्रह गर्नुभएको थियो ।

अर्थतन्त्रमा ८० प्रतिशत भन्दा बढि लगानी र रोजगारी दिइरहेको निजी क्षेत्र उक्त व्यवस्था पारित भएमा हतोत्साही हुने र लगानीको वातावरण बिग्रिने तर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराउनुभएको थियो ।
संविधानको धारा २३९ अनुसार अख्तियारले निजी क्षेत्र हेर्न मिल्दैन । यसबारे महासंघले रक्षा एवं कानुन मन्त्री पूर्णबहादुर खड्काको पनि ध्यानाकर्षण गराइसकेको छ ।
यसै विषयमा विहीबार कांग्रेस संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा सांसदहरुले निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारमा ल्याएर अर्थतन्त्र थप जोखिममा पार्न नहुने धारणा राख्नुभएको थियो ।
यसैगरी, भेटमा बैंकिग प्रणालीमा करिब दुई खर्ब रुपैयाा तरलता उपलब्ध हुदाहुदै पनि कर्जा प्रवाह नभइरहेको अवस्थामा ब्याजदर कम गर्न तत्काल नीतिगत उपाय अवलम्बन गर्नुेपर्ने तर्फ अध्यक्ष ढकालले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनुभयो  ।

साथै, बजार अझै चलायमान नभइसकेको अवस्थामा ऋणको पुर्नसंरचना एवं पुर्नतालिकीकरण पनि आवश्यक रहेकोमा अध्यक्ष ढकालको जोड थियो । ऋणको सावा ब्याज तिर्न सक्ने क्षमता कम हुदै गएको छ । बैंकहरुको खराब कर्जा अनुपात पनि ४ प्रतिशत हाराहारी पुगिसकेको छ । असार मसान्तमा यो बढ्ने सम्भावना भएको हुदा कर्जाको पुर्नसंरचना एवं पुर्नतालिकीकरण आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ थियो । अध्यक्ष ढकालले पुँजीगत खर्च बढाउन र उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्न सस्तो दरमा विद्युत उपलब्ध गराउन पनि आग्रह गुर्नभएको थियो । अहिले साना उद्यमी व्यवसायी मिसम्याच सम्बन्धि चैत्र मसान्तसम्म दिइएको व्यवस्थाका कारण समस्यामा रहेको हुादा यसको समयावधि थप्न र करको दायरा विस्तार गर्न आवश्यक रहेको पनि अध्यक्ष ढकालको भनाइ थियो ।

यसैगरि अध्यक्ष ढकालले आफूले निजी क्षेत्रको मर्यादात्रमलाई प्राथमिकतामा राखेको र यसबारे प्रधानमन्त्री दाहाल सकारात्मक रहनुभएकोमा आभार व्यक्त गर्नुभयो ।
भेटमा प्रधानमन्त्री दाहालले निजी क्षेत्रका समस्या सम्बोधन गरी निर्वाध रुपमा काम गर्ने वातावरण बनाउन आफू सधै तयार रहेको बताउनुभयो । आफ्नो भारत भ्रमणका क्रममा महासंघसॅगको सहकार्यमा लगानी सम्मेलन आयोजना गर्ने तयारी भइरहेकोमा प्रधानमन्त्री दाहालले खुशी व्यक्त गर्नुभयो ।
उपप्रधान मन्त्री तथा गृह मन्त्री नारायण काजी श्रेष्ठको समेत उपस्थिति रहेको उक्त अवसरमा महासंघ अध्यक्ष ढकाल सहित नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक के.सी. लगायत कार्यकारिणी समिति सदस्यहरुको सहभागिता थियो ।

1995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
स्वास्थ्य बीमा बोर्डको आम्दानी २ अर्ब, दाबी भुक्तानी १२ अर्ब
" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?