जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • पाकिस्तान पुगेर गभर्नरले भने, नेपाल आर्थिक स्थायित्व कायम गर्न सफल

पाकिस्तान पुगेर गभर्नरले भने, नेपाल आर्थिक स्थायित्व कायम गर्न सफल

गभर्नर महाप्रसाद अधिकारी २०८० वैशाख १९ देखि २० गतेसम्म पाकिस्तानको इस्लामाबादमा आयोजित ४३ औं सार्क फाइनान्स गभर्नरर्स मिटिङ एण्ड सिम्पोजिम्समा सभागि भएका थिए ।

कार्यक्रमको पहिलो दिन आयोजित ४३ औं सार्क फाइनान्स गभर्नरर्स मिटिङमा गभर्नर अधिकारीले विश्व अर्थव्यवस्थामा उत्पन्न असहजताले निम्त्याएको चुनौतीका बाबजुद नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफल भएको उल्लेख गर्दै मुलुकको आगामी आर्थिक परिदृश्यबारे चर्चा गरेका थिए । सो अवसरमा उनले नेपालको वित्तीय क्षेत्र सबल रहेको र पछिल्लो समयमा तरलता तथा ब्याजदरमा देखिएको असहजता विस्तारै कम हुँदै गएको बताए ।

उक्त बैठकमा माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकका गभर्नरहरूले कोभिड सङ्कटका साथै रुस–युक्रेन युद्धबाट सिर्जित भू–राजनीतिक तनावका कारण मूल्य र बाह्य क्षेत्रमा देखिएको चुनौती तथा त्यसको समाधानका लागि अवलम्वन गरिएका उपाय र आगामी आर्थिक परिदृश्यका सन्दर्भमा चर्चा गरेका थिए । बैठकमा सार्क क्षेत्रका केन्द्रीय बैंकहरूको सहकार्यमा भइरहेको प्रगति तथा आगामी दिनमा हुनुपर्ने सहकार्य लगायतका एजेण्डामा छलफल भएको थियो ।

दोस्रो सत्रमा बैंकका उप–निर्देशक सिद्धराज भट्टले नेपाल राष्ट्र बैंकको नेतृत्वमा सम्पन्न ‘प्रोस्पेक्ट अफ सेन्ट्ररल बैंक डिजिटल करेन्सी इन द सार्क रिजन’ विषयक अध्ययनको नतिजा प्रस्तुत गरेका थिए । सो अवसरमा स्टेट बैंक अफ पाकिस्तानका निर्देशक डा. एम फारुक अर्बेले उक्त बैंकको नेतृत्वमा सम्पन्न ‘द युज अफ अनकन्भिन्सनल पोलिसी इन्ट्रुमेन्ट वाइ साउथ एशियन सेन्ट्रल बैंक विषयक अध्ययनको नतिजा प्रस्तुत गरेका थिए ।

कार्यक्रमको दोस्रो दिन आयोजना गरिएको ‘क्लाइमेट चेन्ज एण्ड ग्रिन फाइनान्सिङः इनिसेटिभ एण्ड ग्रिन फाइनान्सिङ इन नेपालमा बैंकका निर्देशक नारायणप्रसाद पोख्रेलले ‘क्लाइमेट चेन्ज एण्ड ग्रिन फाइनान्सिङ नेपाल’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त बैठकमा अन्य सार्क मुलुकका प्रतिनिधिले समेत आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । बैठकमा सहभागी भई गभर्नर अधिकारी बिहिबार स्वदेश फर्केका हुन् ।

1590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?