नेपालस्थित शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनलाई स्वागत गरेको छ ।
कार्यालयले नेपालमा भुटानका शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६, डिसेम्बर ३१ मा समाप्त भएको र फेरि सुचारु नहुने बताएको छ । ‘भुटानी शरणार्थीहरूको पुनर्वास कार्यक्रम अन्त्य गरिरहेका छौँ । र, फेरि सुचारु हुने छैन ।’ युएनएचसीआरले पुर्नबसोबास कार्यक्रमको अन्त्यको बारेमा निरन्तर जानकारी गर्दै आएको जनाएको छ ।