जोडिनुहोस
शनिबार, बैशाख ६, २०८२
शनिबार, बैशाख ६, २०८२

हालको खबर

  • होमपेज
  • एभरेष्ट बैंकद्वारा समता स्कुललाई आर्थिक सहयोग

एभरेष्ट बैंकद्वारा समता स्कुललाई आर्थिक सहयोग

एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ । यसै अन्तर्गत बैंकले विरगञ्ज कारागार परिसरमा कैद सजाय भुक्तान गरिरहेका महिला कैदीबन्दीसंग बस्दै आएका उनीहरुका छोराछोरीलाई विद्यालय शिक्षा उपलब्ध गराउने विरगञ्ज कारागार परिसरमा समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको प्राथमिक तहको विद्यालयलाई आर्थिक सहयोग गरेको हो ।

उक्त विधालयको भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनको लागि  दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यलाय परिसरमा आयोजित एक समारोहकाबिच बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले सो विद्यालयकी प्रधानाध्यापक अनामिका मिश्रालाई उल्लेखित रकमको चेक हस्तान्तरण गरेका छन् ।

यसबाट कैदीबन्दीका छोराछोरीहरुलाई विद्यालय शिक्षा हासिल गर्न र विद्यालयको पठनपाठनमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै प्रधानाध्यापक मिश्राले एभरेष्ट बैंकको सो सहयोगले कैदीबन्दीका छोराछोरीहरुको शिक्षादिक्षामा थप सहज हुने र सो विद्यालय विरगञ्ज क्षेत्रकै साझा सम्पती भएकाले सबैले यसलाई जगेर्ना गर्नु पर्ने कुरा उल्लेख गरे ।

बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२६ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६१ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

2265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका