जोडिनुहोस
बुधबार, कार्तिक २१, २०८१
बुधबार, कार्तिक २१, २०८१
  • होमपेज
  • नेपाल राष्ट्र बैंकद्धारा १२ करोडको सीमा हटाएर १५ र २० करोडको नयाँ क्याप

नेपाल राष्ट्र बैंकद्धारा १२ करोडको सीमा हटाएर १५ र २० करोडको नयाँ क्याप

लामो समयदेखि लगानीकर्ताहरुले माग गरिरहेको शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउने नेपाल राष्ट्र बैंकले निर्णय गरेको छ । यद्यपि १२ करोडको सट्टामा १५ करोड रुपैयाँ व्यक्तिगत सीमा र २० करोड संस्थागत सीमा तोकेर क्याप भने कायमै राखेको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको समक्षामार्फत ब्यक्तिले सेयर धितोमा १५ करोड र सस्थाले २० करोड रुपैयाँसम्म ऋण पाउनेछन् । राष्ट्र बैंकले एकीकृत निर्देशिका संसोधन गर्दै सेयर धितो कर्जाको सिमा वृद्धि गरिदिएको हो । त्यस्त, राष्ट्र बैंकले घरजग्गाको कर्जा सीमा पनि बृद्धि गरेर ५० प्रतिशत पुर्याउने निर्णय गरेको छ ।

नयाँ व्यवस्थासँगे शेयर बजारमा सामान्य ऋणको सीमा बृद्धि भई केही चलायमान हुने अपेक्षा गर्न सकिन्छ । यद्यपि क्याप कायमै रहेकोले लगानीकर्ताले सोचेजस्तो भने नभएको गुनासो सामाजिक सञ्जालमा पोखिएका छन् ।

1640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका