![प्रभु बैंकले बिदाका दिन दसैँ काउन्टर सञ्चालन गर्ने, कुन-कुन शाखा खुल्छन् ?](http://aarthikbazarnews.com/wp-content/uploads/2022/01/Prabhu-bank-__.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
प्रभु बैंकले ग्राहकको सुविधाका लागि देशका विभिन्न स्थानमा दसैँ काउन्टर सञ्चालन गर्ने भएको छ।
बैंकले दसैँ बिदाका दिनहरुमा काठमाण्डौ उपत्यकाभित्र र बाहिर दसैँ काउन्टर सञ्चालन गर्ने भएको हो। दसैँको टीकाका दिनबाहेक कात्तिक ४, ५, ६, ८ र ९ गते दसैँ काउन्टर बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन हुने बैंकले जनाएको छ।
प्रभु बैंकका अनुसार काठमाण्डौ उपत्यकाभित्र मुख्य शाखा (बबरमहल), कमलादी, कुमारीपाटी (मानभवन) र भुक्तपुर शाखामा दसैँ काउन्टर सञ्चालन हुनेछ।
यसैगरी उपत्यकाबाहिर विराटनगर, इटहरी, जनकपुर, वीरगन्ज (आदर्शनगर), पोखरा (रत्नचोक), नेपालगन्ज, भैरहवा र धनगढी शाखाहरुमा दसैँ काउन्टर सञ्चालन हुनेछन्।
दसैँ काउन्टरमा निक्षेप जम्मा गर्न सकिनेछ भने चेक भुक्तानी (बढीमा दैनिक १ लाख रुपैयाँ) हुनेछ। रेमिट्यान्स भुक्तानी रकम बढीमा २५ हजार रुपैयाँसम्म (सोभन्दा बढी रकमका लागि खाता खोली जम्मा गर्न सकिने) बैंकले जनाएको छ।
![](https://aarthikbazarnews.com/wp-content/uploads/2023/10/1000000045-806x1024.jpg)