जोडिनुहोस
शुक्रबार, अशोज ११, २०८१
शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त*

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त*

ग्लोबल आइएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त हुनु भएको छ । आईतबार बसेको बैंकको संचालक समितिको बैठकले पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । पोखरेलसंग दुई दशक भन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।

वित्तीय संस्थाहरुको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल ब्यवस्थापकको रुपमा स्थापित पोखरेल यस अघि आइएमई ग्रुपको बरिष्ठ उपाध्यक्षको भुमिकामा रहि कार्य सम्पादन गरिसक्नुभएको थियो । नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रहि उक्त कम्पनीलाई थप उचाईमा पु¥याउन महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको छ ।

नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको सबैभन्दा ठुलो बैंकमा पूनः आवद्ध भई काम गर्ने अवसर प्राप्त गरेकोमा खुसी ब्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भुमिका रहने बताउनु भयो ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।

1170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका