![गोर्खा ब्रुअरीद्वारा भूकम्पपीडितलाई १ करोड सहयोग](http://aarthikbazarnews.com/wp-content/uploads/2023/11/unnamed-5-1.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
गोर्खा ब्रुअरी प्राइभेट लिमिटेडले जाजरकोट लगायतका स्थानका भूकम्पपीडितलाई राहत उपलब्ध गराउने उद्देश्यले १ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरे । प्रधानमन्त्री दाहालले स्वस्फुर्त रुपमा गरिएको सहयोगका लागि धन्यवाद दिएका थिए ।
डीएमडी सिलवालले गोर्खा बु्रअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरुमा उल्लेख्य सहयोग गर्दै आएको, विशेष गरि कोभिड महामारी र २०७२ को महाभूकम्पपछि कर्पोरेटहरू मध्येबाट सबैभन्दा ठूलो सहयोग गरेको उल्लेख गरेका थिए ।