जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • विकास बैंकहरुको नाफामा छलाङ्गः पहिलो मुक्तिनाथ विकास बैंक, दोस्रो गरिमा विकास बैंक, तेस्रो साइन रेसुङ्गा डेभलपमेण्ट बैंक, चौथो लुम्बिनी विकास बैंक !

विकास बैंकहरुको नाफामा छलाङ्गः पहिलो मुक्तिनाथ विकास बैंक, दोस्रो गरिमा विकास बैंक, तेस्रो साइन रेसुङ्गा डेभलपमेण्ट बैंक, चौथो लुम्बिनी विकास बैंक !

नेपालका ८ वटा विकास बैंकहरुले नाफामा चमत्कार नै गरेको छन् भन्दा फरक पर्दैन । मुक्तिनाथ विकासले २२ करोड ८८ लाख भन्दा बढि नाफा कमाएर पहिलो भएको छ भने दोस्रो गरिमा विकास बैंक रहेको छ । उसले २० करोड नाफा कमाएको छ भने तस्रोमा १९ करोड १६ लाख भन्दा बढि नाफा कमाएर साइन रेसुङ्ग डेभलपमेण्ट बैंक आएको छ । चौथोमा लुम्बिनी विकास बैंक आएको छ । उसले १७ लाख ३२ लाख भन्दा बढि नाफा कमाएको छ भन्दा फरक पर्दैन ।

चरम आर्थिक मन्दीका बाबजुद पनि विकास बैंकको नाफा भने सामान्य बढेको छ । चालु आर्थिक वर्षको तीन महिनामा राष्ट्रिय स्तरका विकास बैंकको नाफामा केही सुधार देखिएको हो । वाणिज्य बैंकको नाफा औसतमा १८ प्रतिशतले घट्दा विकास बैंकको नाफामा भने झिनो सुधार देखिएको छ ।

८ वटा विकास बैंकको नाफा तीन महिनाको अवधिमा ०.९४ प्रतिशतले बढेको छ । तीन महिनामा १ अर्ब १० करोड ७५ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । जुन गत आवको सोही अवधिमा १ अर्ब ९ करोड ७२ लाख ५१ हजार रुपैयाँ रहेको थियो । ८ वटा राष्ट्रिय स्तरका विकास बैंकमा तीन वटाको नाफा बढेको छ भने ५ वटा बैंकको नाफा घटेको देखिन्छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुुसार गरिमा विकास बैंकको नाफा ४.२५ प्रतिशतले बढेर २० करोड १५ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यस्तै लुम्बिनी विकास बैंकको नाफा १४३ प्रतिशतले बढेर १७ करोड ३२ लाख ८० हजार रुपैयाँ रहेको छ भने कामना सेवा विकास बैंकको नाफा १८७.५७ प्रतिशतले बढेर ११ करोड ९५ लाख २१ हजार रुपैयाँ रहेको देखिन्छ । असोज मसान्तसम्म ५ वटा बैंकको नाफा भने घटेको छ । नाफा घटेका बैंकमा मुक्तिनाथ विकास बैंकको नाफा २५.५७ प्रतिशतले घटेर २२ करोड ८८ लाख ६ हजार रुपैयाँ रहेको छ । यस्तै ज्योति विकास बैंकको नाफा ४९.२४ प्रतिशतले घटेर ५ करोड ८ लाख २ हजार, सांग्रिला डेभलपमेन्ट बैंकको नाफा १५.८१ प्रतिशतले घटेर ४ करोड ६५ लाख ९१ हजार रुपैयाँ रहेको छ । सचेत भया ।

2245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका