रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’ योजनामा बीमितहरुको आकर्षण बढ्दै गइरहेको छ ।
बालबच्चाको उज्ववल भविष्य सुनिश्चित गर्न लाभदायी भएकोले यो बीमालेख बीमितहरुमा आकर्षित बन्दै गइरहेको कम्पनीले जनाएको छ ।गत वर्षको वैशाख महिनामा कम्पनीले नानीहरुको मुस्कान सुरक्षित गर्दै उनीहरुको भविष्यलाई आकार दिदैं भन्ने नारासहित रिलायबल सुलभ बाल जीवन बीमा प्लस योजना ल्याएको थियो ।