जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • इन्भेष्टमेन्ट मेगा बैंकले प्याब्सनमा सुरु गर्‍यो डिजिटल बैंकिङ सेवा, नगद बोक्नुपर्ने झन्झट अन्त्य

इन्भेष्टमेन्ट मेगा बैंकले प्याब्सनमा सुरु गर्‍यो डिजिटल बैंकिङ सेवा, नगद बोक्नुपर्ने झन्झट अन्त्य

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले निजी तथा आवसीय विद्यालयहरुको संस्था प्याब्सनमा डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ।
काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनको अवसर पारेर सेवाको सुरुवात गरिएको साथै सो कार्यक्रमको लागि दर्ता तथा अन्य भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

अब भुक्तानी गर्दा नगद कारोबारमा कमी आएर विभिन्न विद्यालयका शिक्षक तथा प्रधानध्यापकलाई नगद नै बोक्नुपर्ने झन्झट अन्त्य भएको छ। साथै डिजिटल प्रणालीबाट शुल्क संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगदरहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकको छ।

मंसिरमा हुन गइरहेको उक्त कार्यक्रममा विभिन्न शिक्षा सम्बन्धी व्यक्तित्वहरुको साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहभागिता रहने बताइएको छ।

3260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका