जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१

हालको खबर

  • होमपेज
  • ७० अंकको उच्च वृद्धि हुँदा ९ अर्ब १३ करोड बढीको कारोबार

७० अंकको उच्च वृद्धि हुँदा ९ अर्ब १३ करोड बढीको कारोबार

 साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । यो दिन नेप्से परिसूचक ७०.१८ अंकले बढेर २ हजार ३१०.५९ विन्दुमा आइपुगेको छ ।

यो विन्दुमा दुई वर्ष तीन महिनापछिको उच्च विन्दु हो । यसअघि २०७९ बैशाख २९ गते बिहीबार यो विन्दुमा थियो । त्यसयता बजारमा २ हजारको मनोवैज्ञानिक विन्दुको तहबाट माथि उक्लिन सकेको थिएन ।

यस दिन सेन्सेटिभ इण्डेक्स पनि १२.३३ अंकले बढेको छ ।दुई सातादेखि निरन्तर बढीरहेको शेयर बजारमा नाफा बुक राख्ने प्रतिस्पर्धाले सोमबार बजारमा १७ अंकले करेक्सन आएको थियो । तर, सोमबार मात्रै कार्यभार सम्हालेका अर्थमन्त्रीमा विष्णु पौडेलले लगानीकर्ताहरुलाई पूँजीबजारमा देखिएका समस्याहरुलाई नीतिगत सुधार गरेर जाने बताएका थिए । उनी लगानीकर्ताले रुचाएका अर्थमन्त्री पनि हुन् ।

उनले पूँजीबजार अर्थतन्त्रको ऐना भएकाले यसलाई नकारात्मक ढंगलले  हेर्न नहुने बताएका थिए । यो भनाइका कारण पनि लगानीकर्ताहरुको मनोबल उच्च रहेको देखिन्छ । जसको प्रभाव आजको बजारमा परेको हो ।

९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

उच्च अंकले बढेको बजारमा यो दिन ९ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर,ग्रीन डेभलपमेन्ट,आँखुखोला जलविद्युत,मन्दाकिनी हाइड्रो पावर,सिक्लेस हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी,रिडी  पावर कम्पनी र अरुणभ्याली हाइड्रो पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

उच्च अंकले बढेको बजारमा तीन वटा कम्पनीको इकाई मूल्यमा नकारात्मक सर्किट लागेको  छ। जसमा  नविल इन्भेष्मेन्ट डिवेञ्चर,एनआईबीएल ग्रोग फण्ड र एलबीबीएल  डिवेञ्चर रहेका छन् ।

 कारोबारमा आएका ३१५ वटा कम्पनीको २ करोड ५८ लाख कित्ता शेयर किनबेच हुँदा  ९ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ । 

सर्वाधिक कारोबार भएको कम्पनीमा न्यादी ग्रूप पावर कम्पनी,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट,अपि पावर कम्पनी, जानकी फाइनान्स कम्पनी, र अरुणभ्याली हाइड्रो पावर कम्पनीको १६ करोड ७५ लाख रुपैयाँदेखि २१ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।

उपसमूह सूचक ५.४५ प्रतिशतले बढेको छ । त्यसपछि विकास बैंक उप समूहको सूचक ४.९४ प्रतिशतले बढेको  छ ।‘ अन्य समूहको सूचक २.१० प्रतिशतदेखि ३.६३ प्रतिशतसम्मले बढेको हो । नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा लगानीकर्ता छोटेलाल राैनियारले दुई ठुला दलले लिएको स्थायीत्वको नीतिकै कारण बजार बलियो भएको बताए । उनले भने,‘ प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरबीचको समन्वयहुँदा सबै कुरा मिल्ने देखिन्छ जसको कारण सबै पक्षका हिसाबले लगानीकर्ताको मनोबल उच्च भएकै कारण बजार बढ्न पुगेको हो ।’

380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका