जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • नेपाल बैंकर्स संघले अर्थमन्त्रीलाई भेटेर भन्यो- अर्थतन्त्र चलायमान बनाउने कार्यक्रम चाहियो

नेपाल बैंकर्स संघले अर्थमन्त्रीलाई भेटेर भन्यो- अर्थतन्त्र चलायमान बनाउने कार्यक्रम चाहियो

नेपाल बैंकर्स संघले अर्थतन्त्र चलायमान बनाउने कार्यक्रम ल्याउन नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग आग्रह गरेको छ।

संघको टोलीले मंगलबार अर्थ मन्त्रालय पुगेर पौडेललाई बधाई दिंदै बैंकको ब्याजदर निरन्तर घटेपनि कर्जा प्रवाह निकै सुस्त रहेको जानकारी गराउँदै अर्थतन्त्र चलायमान बनाउने कार्यक्रम ल्याउन आग्रह गरेको हो। संघका अध्यक्ष सुनिल केसीले कर्जा विस्तारमा देखिएको संकुचनले बजार चलायमान हुन नसकेको बताए।

गत आर्थिक वर्ष ५ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा लगानी गर्ने लक्ष्य लिइएकामा २ खर्ब ८० अर्ब मात्र प्रवाह भएको छ। निक्षेप भने एक वर्षमै ७ खर्ब १२ अर्ब रुपैयाँ थपिएको छ।

संघका पदाधिकारीले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा जनमानसमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, बैंकको घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा जस्ता विषयमा अवगत गराउँदै वित्तीय स्थायित्व र आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न बैंकिङ क्षेत्र तयार रहेको बताए।

जवाफमा मन्त्री पौडेलले उद्यमी व्यवसायीमा घट्दै गएको आत्मविश्वासले आर्थिक शिथिलताको स्थिति निम्तिएको भन्दै सरकारले समस्या समाधानको कदम चाल्ने आश्वासन दिएको बैंकर्स संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। उनले अर्थतन्त्र चलायमान हुनेमा आशावादी हुन आग्रह गर्दै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिन भन्नेविरुद्ध सरकार कठोर हुने समेत बताए।

340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका