जोडिनुहोस
शनिबार, अशोज ५, २०८१
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • व्यापारमा ‘नम्बर वान्’ शिखर इन्स्योरेन्स, शतप्रतिशत बढ्यो नाफा

व्यापारमा ‘नम्बर वान्’ शिखर इन्स्योरेन्स, शतप्रतिशत बढ्यो नाफा

व्यापारमा नम्बर वान् शिखर इन्स्योरेन्सले नाफा पनि शतप्रतिशत बढाएको छ। कम्पनीले बुधवार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चोंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

अघिल्लो आवमा कम्पनीले २२ करोड ६१ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, गत आवमा आइपुग्दा भने १२६.८७ प्रतिशत बढाएर ५१ करोड ३०ँ लाख २१ हजार रुपैयाँ कायम भएको छ ।

गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १३.३२ प्रतिशत बढेर १ अर्ब ५६ करोड १२ लाख रुपैयाँ कायम भएको छ। कम्पनीको कुल बीमा शुल्क आर्जन ५ अर्ब ३८ करोड ५० लाख रुपैयाँ पुगेको छ।

गत वर्ष कम्पनीको कुल आम्दानी ४.०६ प्रतिशत बढेर २ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ कायम भएको छ । यता, कुल खर्च ४.७४ प्रतिशत घटेर १ अर्ब ८६ करोड ९१ लाख रुपैयाँमा झरेको छ। अघिल्लो आवमा कम्पनीको कुल आम्दानी र कुल खर्च क्रमशः २ अर्ब ४४ करोड ८२ लाख र १ अर्ब ९६ करोड २१ लाख रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि १९ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ५९ पैसा रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ छ। कम्पनीले विशेष जगेडा कोषमा १ अर्ब ७१ करोड ८८ लाख रुपैयाँ राखेको छ । यता, महाविपत्ती कोषमा १४ करोड १२ लाख रुपैयाँ राखेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ३१ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका