सरकारले विभिन्न १४ वटा निर्णयहरु गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले ती निर्णयहरु गरेको हो ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङकाअनुसार मन्त्रिपरिषद्ले परराष्ट्रमन्त्री डाआरजु राणा देउवाको भारत भ्रमणलाई स्वीकृति दिएको छ । परराष्ट्र मन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डललाई भदौ २ गतेदेखि ६ गतेसम्म भारत भ्रमणको लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको बैठकले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट १५ करोड डलरबराबरको सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रुप दिन सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत विभिन्न १४ वटा आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न आर्थिक वर्ष २०८१/८२ का लागि ४१ वटा राजपत्रांकित अधिकृतस्तरका पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ।
हेर्नुहोस् निर्णयहरु :