जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीहरूले कमाए ५ अर्ब ७३ करोड, कुनको कति ?

जीवन बीमा कम्पनीहरूले कमाए ५ अर्ब ७३ करोड, कुनको कति ?

सञ्चालनमा रहेका जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरणअनुसार जीवन बीमा कम्पनीहरूको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १५ दशमलव ९ प्रतिशत वृद्धि भएको छ ।

अघिल्लो आवमा १४ जीवन बीमा कम्पनीहरूले कुल रू. ४ अर्ब ९७ करोडभन्दा बढी नाफा कमाएकोमा गत आवमा बढेर रू. ५ अर्ब ७३ करोडभन्दा बढी पुगेको छ ।

१४ कम्पनीमध्ये हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी नाफा कमाएको छ । गत आवमा यस कम्पनीले रू. ६३ करोड ३८ लाख नाफा कमाएको हो । यो नाफा अघिल्लो आवको तुलनामा २१ दशमलव ५९ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले रू. ५२ करोड १२ लाख नाफा कमाएको थियो ।

गत आवमा सर्वाधिक नाफा कमाउने जीवन बीमा कम्पनीको सूचीमा दोस्रोमा सन नेपाल लाइफ इन्स्योरेन्स छ । कम्पनीले रू. ५७ करोड ४९ लाख नाफा कमाएको छ । गत आवमा जीवन बीमा कम्पनीहरूमध्ये राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा सबैभन्दा कम छ । यस कम्पनीले गत आवमा रू. १५ करोड ३६ लाख नाफा कमाएको हो ।

गत आवमा ११ ओटा जीवन बीमा कम्पनीको नाफा बढ्दा ३ ओटाको नाफा घटेको छ । गत आवमा सन नेपाल लाइफ, मेट लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको नाफा घटेको हो ।

570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?