जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • शेयर बजार र पब्लिक कम्पनी बीचको सम्बन्ध

शेयर बजार र पब्लिक कम्पनी बीचको सम्बन्ध

नेपालको शेयर बजार यति बेला घट्ने र बढ्ने क्रममा छ भन्दा फरक पर्दैन । यतिसम्मकी कुनै जमानामा शेयर कारोबार गरेर नेपाली अर्बपति बने भने केही पछिल्लो समय रोडपतिसम्म बन्न पुगेको देखिन्छ । तर, शेयर र पब्लिक कम्पनी कसरी शुरु भयो यो भने रोचक पक्ष मानिन्छ । शेयर किन्नु पनि लगानी गर्न नै हो । लगानी गरेर नाफा कमाउने राम्रो पक्ष पनि पक्कै हो तर कम्पनी र शेयर बजारको सम्बन्ध के हो ? त्यो बुझ्नु जरुरी देखिन्छ । नेपालीहरुले मिलेर लडाईं लड्न जाने तर मिलेर कम्पनी चलाएर खान चाँही सकेनन् । भन्दा अब फरक पर्दैन ।

विसं २०१३ सालतिर राष्ट्रिय योजना आयोगले पहिलो पञ्च वर्षीय योजना आउनु अघि गरेको एक अध्ययनमा पनि यो कुरा देखिएको थियो । जुद्ध शम्शेरले कम्पनी कानून विसं १९९३ सालमा ल्याएका थिए । त्यसको २० वर्षपछि पहिलो पञ्च वर्षीय योजना आउने वेलासम्म मुलुकमा दर्ता भएका ६८ वटा पब्लिक कम्पनीहरु मध्ये २४ वटा कम्पनी शेयर बेच्न नसकेकोले खारेज भए, १३ वटा भने टाटा पल्टिए ।

२० वर्षपछि हेर्दा ती मध्ये पाँच वटा मात्र फाइदामा चलेका थिए । बीचमा शेयर बजारमा एक अर्थमा खुब उछाल आएको पनि इतिहासबाटै देखिन्छ । त्यसको बारेमा भिमबहादुर पाँडेले आफ्नो त्यसबखतको नेपालमा राम्रोसँग वर्णन पनि गरेका छन् । विराटनगर जुट मिलले विसं २००० मा १ हजार ११५ रुपैयाँ लाभांश ख्वाएकोले काठमाडौंमा ठूलो झ्याली पिटिएको थियो । शेयर किन्न भनेपछि मान्छेहरु त्यसै हौसिन थालेका थिए । काठमाडौंस्थित ब्रिटिश राजदूतले पनि शेयर लिएका थिए भनिन्छ । भन्दा फरक पर्दैन ।

दोश्रो युद्ध सकिएपछि जुटको माग कम भएकोले ओरालो लाग्न थालेका उद्योगलाई २००७ सालको प्रजातन्त्र यी तीन प्रमुख कारणले झन फापेन । एक, शुरुमा धेरै राणाजीहरुले लगानी गरेको देखेर जनताले राणाहरुको नजिक हुन पनि लगानी गरेका थिए तर अब धेरै राणाजीहरु शक्तिहीन भएर भारत पलायन भएकाले त्यो सामिप्यताको आकर्षण बाँकी नरहेको इतिहास हामीसंग अझै साक्षी छ भन्दा फरक पर्दैन । दुई, कलकत्ताका सेठहरु पनि राणाजीहरुको निरंकुश शासनमा काम गर्न सजिलो हुन्छ भनेर नेपाल आएका थिए तर कसैले भनेको पनि नलाग्ने प्रजातन्त्र आएपछि उनीहरु पनि खासै नेपाल बस्न उत्साहित भएनन ।

प्रजातन्त्र ल्याउन आन्दोलन गरिएको मूख्य ठाउँँ बिराटनगर र त्यहाँका फ्याक्ट्रीहरु नै भएकोले नयाँँ सत्ता ती उद्योगपतीहरुसँग खासै नजिकिन चाहेन । कम्पनी ऐनका नयाँँ संशोधन तथा बैंकिङ नियमावलीहरु कम्पनीहरु, तीनका म्यानेजिङ एजेन्टहरु र वर्किङ क्यापिटलका उपलब्धताहरुको हकमा अनुदार बन्दै गए । यी कम्पनीहरुको असफलताले गर्दा पछि जनतालाई पब्लिक कम्पनीहरुप्रति वितृष्णा बढेको इतिहासबाटै देखिन्छ । सबै ठग्नै खोलिएका पो हुन कि भन्ने पनि पर्न थाल्यो र उनीहरु जमीन तथा सुन जस्ता पुरानै निजी र सुरक्षित सम्पत्ती किन्नतिर लागे । यसरी मुलुकको पहिलो चरणको पब्लिक कम्पनीको विकास गरेर औद्योगिकीकरण गर्ने सपनाको अन्त छ भन्दा अब अन्यथा नहोला । सचेत भया ।

495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?