जोडिनुहोस
शनिबार, अशोज १९, २०८१
शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीहरुको व्यवसायमा छलाङ्गः पहिलो नेपाल लाईफ सबैभन्दा कम सन लाईफ इन्स्योरेन्स कम्पनी !

जीवन बीमा कम्पनीहरुको व्यवसायमा छलाङ्गः पहिलो नेपाल लाईफ सबैभन्दा कम सन लाईफ इन्स्योरेन्स कम्पनी !

नेपालका १७ जीवन बीमा कम्पनीहरुले ३० भन्दा बढिको व्यापार गरेका छन् भन्दा फरक पर्दैन । सदा झै यसपटक पनि व्यवसाय सबैभन्दा बढि गर्नेमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी नै छ भन्दा अब फरक पर्दैन । सबै भन्दा कम व्यवसाय सधैं विवादमा फस्दै आएको सन लाईफ इन्स्योरेन्स कम्पनीले गरेको देखिन्छ । जीवन बीमा कम्पनीले व्यवसायमा छलाङ्ग नै मारेको देखिन्छ । चालु आर्थिक वर्ष दुई महिनामा तीन लघुसहित १७ वटा जीवन बीमा कम्पनीहरुले ३० अर्ब १५ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले गरेको व्यापार गत आर्थिक वर्ष भदौसम्मको तुलनामा ३.५२ प्रतिशतले धेरै हो ।

कम्पनीहरुले गत वर्ष दुई महिनामा २९ अर्ब १३ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । भन्दा फरक पर्दैन ।
नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीको नयाँ व्यापार बढ्दा प्रिमियम संकलन वृद्धि भएको हो । प्रथम बीमा शुल्क आर्जन १९.८३ प्रतिशतले बढेको देखिन्छ । पोहोर साउन र भदौमा ४ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका कम्पनीले यस वर्ष सोही ५ अर्ब १९ करोड ६७ लाख बीमा शुल्क संकलन गरेका छन् । भन्दा फरक पर्दैन ।

बीमा पोलिसीको संख्या २.४६ प्रतिशतले बढेको देखिन्छ । गत वर्ष भदौसम्म सक्रिय बीमा लेखको संख्या १ करोड ३४ लाख ५३ हजार रहेकामा चालु वर्षमा यो संख्या १ करोड ३७ लाख ८४ हजार पुगेको छ । भन्दा अब फरक पर्दैन । नेपाल बीमा प्राधिकरणका अनुसार भदौसम्म सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी बाहेकले प्रिमियम संकलन बढाएका छन् । यस कम्पनीको प्रिमियम आर्जन ७० प्रतिशतले घटेर १ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ । नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँ प्रिमियम आर्जन गरेको छ । कम्पनीको व्यवसाय पोहोरभन्दा १२.८० प्रतिशतले वृद्धि भएको हो । सन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा न्यून ७७ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको देखिन्छ । सचेत भया ।

65
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका