जोडिनुहोस
शनिबार, अशोज १९, २०८१
शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • अनुत्पादक क्षेत्रमा वाणिज्य बैंकहरु कर्जा विस्तार तीव्र, ब्याज युद्धले अर्थतन्त्र नै संकटमाः राष्ट्र बैंक बेखबर

अनुत्पादक क्षेत्रमा वाणिज्य बैंकहरु कर्जा विस्तार तीव्र, ब्याज युद्धले अर्थतन्त्र नै संकटमाः राष्ट्र बैंक बेखबर

यति बेला वाणिज्य बैंकहरुमा ब्याज युद्ध चलेको छ भन्दा अब फरक पर्दैन । ब्याज युद्धले अनुत्पादक क्षेत्रमा कर्जा तीव्ररुपमा विस्तार भएको भेटिएको छ । यसले अर्थतन्त्रमा थप संकट पैदा गर्ने प्रायः निश्चित देखिन्छ भन्दा अब चाहि फरक पर्दैन । अनुत्पादक क्षेत्रको कर्जा विस्तारले बैंकका ग्राहक खुशी पक्कै होलान् तर, निकट भविष्यमा यसले नेपालकै अर्थतन्त्रमा संकट देखापर्ने प्रायः निश्चित देखिन्छ । हेक्का होस् ।

निक्षेप सस्तिएर अहिले आधार दर त घटिरहेकै छ, ग्राहक लोभ्याउन बैंकहरूले प्रिमियम दर पनि तल झारिरहेका छन् । एक पटक घटाएको प्रिमियम पुनः बढाउन निक्कै गाह्रो छ । आत्मघाती बाटोमा बैंकहरु हिँड्दा तत्काललाई ग्राहकलाई केही लाभ देखिन्छ तर पुनः तरलता अभावले आधार दर बढेर महँगो ब्याजको चक्रमा फस्दा ग्राहक र अर्थतन्त्र संकटमा पुग्ने देखिन्छ ।
अहिले बैंकहरू प्रिमियम घटाउँदै, लगभग शून्यको नजिक पु¥याएर प्रतिस्पर्धामा उत्रिएका छन् । ‘यस्तो प्रवृत्तिले ऋणको माग बढाएर अल्पकालीन लाभ त ल्याउन सक्छ, तर दीर्घकालीन रूपमा बैंकहरूको नाफामा ठूलो कटौती हुने सम्भावना देखिन्छ ।
ब्याज दर घट्दासमेत नयाँ ऋणको माग आइरहेको छैन । त्यही भएर बैंकहरु एउटाले अर्कोको बिजनेस खोस्न अनेक दाउपेच लगाइरहेका छन् ।

आत्मघाती बाटोमा बैंकहरु हिँड्दा तत्काललाई ग्राहकलाई केही लाभ देखिन्छ तर पुनः तरलता अभावले आधार दर बढेर महँगो ब्याजको चक्रमा फस्दा ग्राहक र अर्थतन्त्र संकटमा पुग्ने देखिन्छ । अहिले बैंकहरू प्रिमियम घटाउँदै, लगभग शून्यको नजिक पु¥याएर प्रतिस्पर्धामा उत्रिएका छन् । ‘यस्तो प्रवृत्तिले ऋणको माग बढाएर अल्पकालीन लाभ त ल्याउन सक्छ, तर दीर्घकालीन रूपमा बैंकहरूको नाफामा ठूलो कटौती हुने सम्भावना देखिन्छ ।

तत्काललाई निक्षेपको लागत कम गर्न जसरी ऋणको कृत्रिम माग सृजना गर्न खोजिँदैछ भन्दा फरक पर्दैन । भनिन्छ विगत केही वर्षदेखिको प्रवृत्ति हेर्दा, जब–जब निक्षेपसँगै ऋणको ब्याज घट्न थाल्छ, अनि ऋणको माग अनुत्पादक क्षेत्रमा बढ्न थाल्छ । बैंकहरु लागत कम गर्न ती क्षेत्रमा सजिलै जान्छ । त्यसपछि ऋणको माग विस्तार भएर तरलता अभाव हुन्छ । लगानी भएको ऋण अनुत्पादक क्षेत्रमा जाने भएकाले त्यसले अर्थतन्त्र बढाउन मद्दत गर्दैन । अनि फेरि तरलता अभाव र ब्याजका दर वृद्धिको चक्रमा अर्थतन्त्र संकटमा फस्ने देखिन्छ ।

‘बैंकहरु संयमित हुन सकेनन् भने त्यही चक्र पुनः सुरु हुने देखिन्छ । जब बैंकहरू ब्याज दर घटाएर आक्रामक प्रतिस्पर्धामा लाग्छन्, तिनीहरूले अल्पकालीन लाभ त लिन सक्छन्, तर लामो समयसम्म यस्तो गतिविधिले संस्थाहरूलाई कमजोर बनाउँछ । यसले अर्को समस्याको सृजना हुन्छ । गभर्नर साब हेक्का होस् । अब प्रस्टै देखिन्छ । यसरी सस्तो ऋणको मोहले बैंकहरूको आयमा गिरावट ल्याउँदै छ । यसको प्रत्यक्ष असर बैंकहरुको दीर्घकालीन स्थायित्वमा पर्न देखिन्छ । चार प्रतिशतसम्म लिन पाइने स्प्रेड दर (कर्जामा लिने र निक्षेपमा दिने ब्याजको अन्तर) पनि निरन्तर घटिरहेको भेटिएको छ भन्दा फरक पर्दैन । ‘अल्पकालीन फाइदाका लागि दीर्घकालीन स्थिरतासँग सम्झौता गर्नु भनेको आर्थिक असफलताको सूत्र हो । ‘आगामी दिन अझ चुनौतीपूर्ण बन्दै गएको छ । बैंकहरु असफलतातर्फ उन्मुख भइरहेको भेटिएको छ । गभर्नर साब हेक्का होस् । सचेत भया ।

100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका