जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • बैंकहरुले कार्तिकमा पनि घटाए ब्याजदर, कुनले कति ?

बैंकहरुले कार्तिकमा पनि घटाए ब्याजदर, कुनले कति ?

वाणिज्य बैंकहरूले कात्तिकका निम्ति ब्याजदर घटाएका छन् । सञ्चालित २० मध्ये १० वाणिज्य बैंकले सर्वसाधारणले राख्ने मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका हुन् । सात बैंकले भने ब्याजदर स्थिर राखेका छन् । तीन वाणिज्य बैंकले असोजको तुलनामा ब्याजदर बढाएका छन् ।

ब्याजदर बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र सानिमा बैंक छन् । राष्ट्रिय वाणिज्य बैंकले ०.८० प्रतिशत विन्दुले ब्याजदर वृद्धि गरेको छ । नेपाल बैंकले ०.७० र सानिमा बैंकले ०.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएका छन् ।

औसतमा वाणिज्य बैंकहरूले ब्याजदर कात्तिकमा ०.१५७८ प्रतिशत विन्दुले घटाएका छन् । नेपाल एसबिआई बैंकले सबैभन्दा बढी ब्याजदर घटाएको छ । यो बैंकले असोजका तुलनामा कात्तिकका लागि १ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । 

मुद्दती निक्षेपकर्तालाई कात्तिकमा सबैभन्दा बढी ब्याज माछापुच्छ्रे बैंकले दिने भएको छ । यो बैंकले मुद्दती निक्षेपमा सर्वसाधारणलाई ७ प्रतिशत ब्याज दिने भएको छ ।

एनएमबी, ग्लोबल आइएमई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु र माछापुच्छ्रे बैंकले ब्याजदर स्थिर राखेका छन् ।

120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?