जोडिनुहोस
सोमवार, पुस ८, २०८१
सोमवार, पुस ८, २०८१
  • होमपेज
  • सरकारले दियो सहुलियतपूर्ण कर्जामा २६ अर्ब ब्याज अनुदान

सरकारले दियो सहुलियतपूर्ण कर्जामा २६ अर्ब ब्याज अनुदान

सरकारले सहुलियतपूर्ण कर्जाको लागि झन्डै २६ अर्ब रुपैयाँ ब्याज अनुदान दिएको तथ्यांकले देखाएको छ। सहुलियतपूर्ण कर्जा कार्यविधि लागू भएयता २०८१ कात्तिक मसान्तसम्म ब्याज अनुदान बापत २६ अर्ब ५५ करोड रुपैयाँ प्रदान गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंककाअनुसार सहुलियतपूर्ण कर्जाको लागि १ लाख १४ हजार ८ सय ९९ जनाले आबेदन दिएका छन्। जसमध्ये १ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ भने स्वीकृत हुन बाँकी कर्जाको रकम १ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ।

जसमा एक करोड बढीको सहुलियतपूर्ण कर्जा पाउनेको संख्या १ हजार १५४ जना रहेका छन्। यिनीहरुले ‘व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा’ को शिर्षकमा एक करोड बढीको सहुलियतपूर्ण कर्जा पाएका हुन। एउटा व्यक्ति वा फर्मले ‘व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा’ बापत बढीमा ५ करोडसम्मको सहुलियतपूर्ण कर्जा पाउने प्राबधान छ।

सहुलियतपूर्ण कर्जा बढी प्रवाह गर्नेमा कृषि विकास बैंक पहिलो नम्बरमा छ भने दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैक रहेको छ भने तेस्रोमा राष्ट्रिय बाणिज्य बैंक रहेको छ। त्यसपछि क्रमश : नबिल बैंक, लक्ष्मी सन्राइज बैंक, ग्लोबल आइएमई, नेपाल बैंक रहेका छन्।

सामान्यतया बैंकमा पहुँच नभएका तथा कम्जोर आर्थिक अवस्था भएका महिला दलित तथा सिमान्तवर्गमा पर्ने समुदाय तथा नविनतम सोच भएका उद्योग व्यवसायलाई संरक्षण तथा प्रवर्दन गर्ने उदेश्यले सहुलियतपूर्ण कर्जाको सुरुवात भएको हो।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका