होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
आइतवार, पुस २१, २०८१
आइतवार, पुस २१, २०८१
  • होमपेज
  • ४५ हजार बीमितले त्यागे ६ अर्बको बीमा पोलिसी

४५ हजार बीमितले त्यागे ६ अर्बको बीमा पोलिसी

पाँच महिनामै ६ अर्ब बढीको बीमा सरेन्डर भएको छ । कुल व्यवसायको झन्डै ११ प्रतिशत हाराहारीमा बीमा सरेन्डर भएको देखिन्छ । नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत साउनदेखि मंसिर मसान्तसम्म आइपुग्दा १४ वटा जीवन बीमा कम्पनीका ४५ हजार बढी बीमितले बीमालेख त्यागेका छन् । समिक्षा अवधिमा ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएको छ । ४५ हजार ६० बीमितले सो बराबरको बीमा सरेन्डर गरेका हुन् । यो मंसिर मसान्तसम्मको व्यवसायको १०.७६ प्रतिशत हुन आउँछ ।

नियमित प्रक्रिया भएपनि अवधि नसकिँदै बीमालेख त्याग्ने प्रवृद्धि निरन्तर बढीरहेको छ । मंसिर महिनामा मात्रै ९ हजार ७५ बीमितले १ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर गरेका छन् । मासिक औसतमा १ अर्ब २२ करोड हाराहारीमा बीमा सरेन्डर भएको आँकडा छ ।

चालु आवको पहिलो महिनामा १ अर्ब ५४ करोड ११ लाख रुपैयाँ बराबरको १० हजार २९२ वटा बीमालेख सरेन्डर भएको थियो ।
प्राधिकरणका अनुसार भदौमा १ अर्ब २१ करोड २२ लाख रुपैयाँ बराबरको ९ हजार ४४९ वटा बीमालेख, असोजमा १ अर्ब ५० लाख बराबरको सरेन्डर भएको थियो । गत कात्तिक मसान्तसम्म आइपुग्दा ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बराबरको ३५ हजार ९८५ वटा बीमालेख सरेन्डर भएको थियो ।

प्राधिरकणका अनुसार सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल(एलआइसी) का बीमितले बीमाले त्यागेका छन् । पाँच महिनामा एलआइसीको १ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ बराबरको ११ हजार ७९३ वटा बीमालेख बन्द भएका छन् ।

दोस्रो स्थानमा रहेको नेपाल लाइफको पनि १ अर्ब ६७ करोड ९६ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएको देखिन्छ । कम्पनीका १० हजार ३१७ बीमितले बीमालेख त्यागेका हुन् । सरेन्डर रकममा एलआइसी र नेपाल लाइफको मात्रै ५९.१६ प्रतिशत छ ।

यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको ५१ करोड ३२ लाख बराबरको ५ हजार ४१० वटा बीमालेख, एशियनको ४० करोड १४ लाख बराबरको ३ हजार ७५२, नेशनलको ३७ करोड ११ लाख बराबरको २ हजार ५४१, सूर्यज्योतिको ३२ करोड ६४ लाख रुपैयाँ बराबरको २ हजार ४८८ वटा बीमालेख बन्द भएका छन् ।

यता, हिमालन लाइफको २८ करोड ३० लाख, मेट लाइफको १७ करोड २३ लाख, सानिमा रिलायन्सको १० करोड ९५ लाख, आइएमईको ८ करोड ४३ लाख, सिटिजनको ८ करोड, प्रभू महालक्ष्मीको ७ करोड ८० लाख, रिलायवलको ४ करोड ४६ लाख र सन नेपाल लाइफको २ करोड ९४ लाख रुपैयँ बराबरको बीमा सरेन्डर भएको छ ।

75
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका