होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
मङ्लबार, पुस २३, २०८१
मङ्लबार, पुस २३, २०८१
  • होमपेज
  • सिद्धार्थ बैंकका सीईओको तलब भत्ता पौने २ करोड

सिद्धार्थ बैंकका सीईओको तलब भत्ता पौने २ करोड

सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई १ करोड ७० लाख ३२ हजार ७८७ रुपैयाँ भुक्तानी गरेको छ । बैंकले गत आवका सीईओलाई तलब बापत ९६ लाख ३९ हजार १८७ रुपैयाँ, भत्ता बापत ४० लाख ८० हजार, दशैं भत्ता बापत ११ लाख ६ हजार ८ सय रुपैयाँ, बार्षिक बिदा भत्ता बापत ४ लाख ५० हजार, सवारी साधान बापत १७ लाख ५६ हजार ८०० रुपैयाँ भुक्तानी गरेको छ ।

तलब, भत्ता तथा सुविधाहरूमा प्रचलित कानुन अनुसार कर कट्टी गरेर मात्र भुक्तानी गर्ने व्यवस्था रहेको जनाएको छ । सीईओको तलब बापत राज्यलाई ३९ प्रतिशशतसम्म कर गएको छ । बैंकले सीईओलाई पत्रपत्रिका र इन्टरनेट महसुलको बापत वार्षिक २५ हजार र टेलिफोन महसुलको मासिक ३ हजार सम्म भुक्तानी गरेको छ । बैंकले सीईओलाई सवारीचालक, मर्मत सम्भार तथा इन्धन उपलब्ध गराउने गरेको जनाएको छ ।
सवारीसाधनका लागि सवारी कर्जा प्रदान गरिएको बैंकले जनाएको छ । व्यवस्थापकीयस्तरका पदाधिकारीहरूको हकमा कर्मचारी सेवा विनियमावली र मानव संसाधन नीतिमा व्यवस्था गरिए बमोजिम सुविधा दिने गरेको छ ।

यस्तै जीवन बीमा, औषधोपचार बीमा, दुर्घटना बीमा कर्मचारी सेवा विनियमावलीमा व्यवस्था गरिए बमोजिम गरेको जनाएको छ । बैंकले गत आवमा बैठक भत्ता बापत सञ्चालकलाई १४ लाख ६६ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले सञ्चालकलाई होटल तथा दैनिक भ्रमण भत्ता बापत ६ लाख ८० हजार १०८ रुपैयाँ, पत्रपत्रिका तथा संचार शिर्षकमा ८ लाख ६४ हजार, सञ्चालक स्तरीय समिति बैठक भत्ता बापत ११ लाख ६६ हजार, सञ्चालक समिति तालिम खर्च ७१ लाख ८७ हजार ६५४ रुपैयाँ, अन्य खर्च ५ लाख ४८ हजार ७७० रुपैयाँ खर्च भएको छ । गत आवमा बैंकले सञ्चालकका लागि मात्रै बैठक भत्ता सहित विभिन्न शिर्षकमा १ करोड १९ लाख १२ हजार ५३२ रुपैयाँ खर्च गरेको छ ।

बैंकले अध्यक्षलाई बैठक भत्ता बापत १८ हजार र सदस्यहरुलाई १४ हजार भुक्तानी गर्ने गरेको छ । काठमाडौं उपत्यका बाहिरबाट सञ्चालक समिति वा सञ्चालक स्तरिय समितिको बैठकमा भाग लिन आउने सञ्चालकहरूका लागि आतेजाते हवाई जहाजको खर्च व्यहोर्ने गरेको छ ।

यस्तै खान बस्न तथा अन्य भैपरी आउने खर्चबापत बैठक बसेको दिनको दैनिक ८ हजार भत्ता दिने गरेको छ । पत्रपत्रिका तथा सञ्चार खर्चबापत सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरूलाई प्रतिमहिना एकमुष्ट १२ हजार रुपैयाँ दिने गरेको जनाएको छ ।

35
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका