मुक्त्तिनाथ विकास बैंक कोष प्रवर्धक तथा मुक्त्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको मुक्त्तिनाथ म्युचुअल फण्ड अन्तर्गतको मुक्त्तिनाथ म्युचुअल फण्ड १ नेप्सेमा सूचीकृत भएको छ।
मुक्त्तिनाथ म्युचुअल फण्ड १ को प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई सोमबार नेप्सेमा सूचीकृत भएको हो।
सूचीकरण सम्बन्धमा नेप्से र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सूचीकरण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यो योजना विकास बैंकले प्रवर्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष हो। सूचीकरण भएको दोस्रो दिनबाट दोस्रो बजारमा कारोबार खुल्नेछ।