जोडिनुहोस
बुधबार, माघ २, २०८१
बुधबार, माघ २, २०८१
  • होमपेज
  • लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न, ७ प्रतिशत लाभांश पारित

लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न, ७ प्रतिशत लाभांश पारित

लुम्बिनी विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरिएको छ । साथै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र ४ प्रतिशत नगद लाभांश तथा ३ प्रतिशत बोनस सेयर सहित कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरिएको छ ।

सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईले गरेका थिए । सभामा उपस्थित सेयरधनीहरूले राखेका जिज्ञासाहरूमाथि अध्यक्ष भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले प्रष्टिकरण दिएका छन् ।

लुम्बिनी विकास बैंकले देशका ७ वटै प्रदेशमा शाखाहरू विस्तार गर्दै कारोबार गरिरहेको छ । हालसम्म बैंकले ८९ वटा शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) मार्फत उच्चस्तरीय र सुरक्षित बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ बैंकले आधुनिक प्रविधि र नविनतम सेवा प्रदान गर्दै ग्राहकहरूको विश्वास आर्जन गर्न सफल भएको छ । सभाले बैंकको स्थायित्व र विकासमा शेयरधनी तथा सरोकारवालाहरूको महत्त्वपूर्ण योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ।

30
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?