समाचार
बैंकहरुप्रति फेरि अफवाह फैलाउँदै दुर्गा प्रसाईंः भन्छन्,–‘क’ वर्गका ११ वटा बैंकहरू डुब्दैछन्
विगतदेखि नै बैंकहरुप्रति अफवाह फैलाउँदै ऋण नतिर्ने अभियान चलाउँदै आएका दर्गा प्रसाई पुनः बैंकहरुप्रति नै फेरि अफवाह फैलाउँदै आएका छन् । उनले भनेका छन्,‘विगत १० वर्षदेखि मैले भन्दै आएको कुरा पुग्दै गएको छ । मैले भनेको थिएँ, काठमाडौंका अधिकांश सटरहरु र घरहरु खाली हुनेछन् युवाहरु सबै खाडी प्लायन हुनेछन् । त्यो कुरा अहिले पुगिसकेको छ। नेपालमा युवाहरू रितिसकेका छन् । व्यापार व्यवसाय ठप्प छ ।
साना व्यापारीहरुको पसल हरुमा बोहनीसम्म पनि नहुने अवस्थामा पुगेका छन् । त्यति मात्रै कहाँ हो र नेपालका चर्चित क वर्गका बैंकहरू पनि असारपछि धमाधम ढल्दैछन् । प्रतिक्षा गर्नुहोस् ती बैंकका नामावली चाँडै सार्वजनिक गर्नेछु । मारवाडीहरूले सञ्चालन गरेका बैंकहरूमध्ये एनआइसी एसिया बैंक विशाल ग्रुपले कौडीको भाउमा बेच्दैछ । त्यही रकम लिएर नेपाल छोड्ने तयारीमा छन्,एनआइसी ग्रुपका सञ्चालकहरु । सिपी खेतान, पीपी खेतान त ५ वर्ष अघि नै भागिसके अब नेपालिको वैकमा वाकि रहेको अर्बौ रकम लिएर भाग्ने पालो राजेन्द्र खेतानको हुनसक्छ । म मेरा नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सचेत रहन हुन हार्दिक अनुरोध गर्दछु ।’
उनी विगतदेखि नै वित्तीय संस्थाविरूद्ध अभियान चलाएर चर्चामा छन् । ‘लघुवित्त तथा वित्तीय संस्थाका मानिस गाउँमा आए भने च्याप्प समाउने कालो मोसो दलिहाल्ने । बैंकको मान्छेले टर्चर ग¥यो भनेर बैंकभित्र पसेमा डाँका मुद्दा लाग्छ तर बाहिर रूँघेर बस्ने कालोमोसो दल्ने’ उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा छाएको थियो । उनले विगतदेखि बैंक वित्तीय संस्थाको ऋण नतिर्न पनि उक्साउँदै आएका छन् । साथै प्रसाईले बैंकका माथिल्लो तहका कर्मचारीलाई फोन गरेर थर्काइरहेको खुलेको थियो । उनी हालै धरौटीमा रिहा भएका थिए।