जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको नियुक्ति

कामना सेवा विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको नियुक्ति

कामना सेवा विकास बैंक लिमिटेडकोे २६५ औं सञ्चालक समितिको बंैठकको निर्णय अनुसार फागुन ०१ गते देखि लागु हुने गरि बैंककोे प्रमुख कार्यकारी अधिकृत पदमा चार्टर्ड एकाउन्टेन्ट प्रविण बस्नेतलाई नियुक्त गरिएको छ ।

विगत १८ वर्ष कार्यनुभव मध्ये १३ वर्ष विभिन्न वाणिज्य बैंकहरूको महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव सहित २०७५ साल भदौ १ गते देखि वहाँ कामना सेवा विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा प्रवेश गर्नु भएको थियो ।

२०७५ साल मंसिर ८ गते देखि कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकलाई नेतृत्व दिँदै आउनु भएका बस्नेत यस अघि नविल बैंक, एनबी बैंक, एन आई सी एशिया बैंक र माछापुच्छेक बैंकमा आबद्ध रहनु भएको थियो । बस्नेत बैंकिङ क्षेत्रमा नियन्त्रण सहितको व्यापार तीव्र अभिवृद्घि र उत्कृष्ट ग्राहक सेवाको सन्तुलन गर्दै नँया उचाईमा पु¥याउनु पर्छ भन्ने मान्यता राख्नु हुन्छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले सेवाग्राहीको सहजतालाई शिरोपर गर्दै तथा उत्कृष्ट जनशक्तिको सहायताबाट गुणस्तरीय ग्राहकमुखि सेवाहरु देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा ब्त्ः मार्फत प्रदान गर्दै आएको छ ।

9670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका