जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • कामना सेवाकोे ६७ औं शाखा हरिवनमा

कामना सेवाकोे ६७ औं शाखा हरिवनमा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं ११, हरिवनमा ६७औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गर्नुभएको थियो । उक्त कार्यक्रममा बैंकका प्रदेश नं २ काप्रमुख राकेश सिंह तथा बैंकका उच्चपदश्थ कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नं २ को लागि तेस्रो शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको कामभईरहेको बताए ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६६ वटा शाखा तथा २० वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

8895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?