जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२
  • होमपेज
  • सीआईबीमा प्रभु म्यानेजमेन्ट विरुद्ध थप ५० सहकारीले दिए उजुरी

सीआईबीमा प्रभु म्यानेजमेन्ट विरुद्ध थप ५० सहकारीले दिए उजुरी

प्रभु म्यानेजमेन्टविरुद्ध सीआईबीमा उजुरी दिने क्रम बढेको छ । केही दिनअघि केन्द्रीय अनुसन्धान ब्यूरोले ( सीआइबी) सहकारी संस्थाको प्रभु मेनेजमेन्ट कम्पनीसँग रेमिट्यान्स सम्बन्धि कुनै कारोबार भएमा प्रमाणसहित उजुरी दिन आग्रह गरेको थियो ।

सीआईबीमा म्यानेजमेन्टविरुद्ध दैनिक जसो उजुरी दिन आउनेको संख्या बढिरहेको ब्यूरोका प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए । एक साताभित्रमा ५० वटा सहकारीहरूले प्रभु म्यानेजमेन्ट विरुद्ध उजुरी लिएर आएको उनले बताए । ‘दैनिक उजुरी लिएर आइरहेका छन् । हालसम्म उजुरी दिनेको संख्या ८८ पुगेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

यसअघि म्यानेजमेन्टविरुद्ध ३ हजार ७९४ उजुरी परिसकेको छ । ३८ वटा सहकारीले दिएको उजुरी अदालतमा पुगेको श्रेष्ठले बताए । हाल प्रभु म्यानेजमेन्टविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । प्रभु म्यानेजमेन्ट प्रभु समूहको प्रभु रेमिटेन्सको सुपर एजेन्ट हो, जसले जिल्ला-जिल्लामा सहकारीहरूलाई एजेन्ट बनाएर रेमिटेन्स भुक्तानीको काम गर्थ्यो । यसका लागि उसले सहकारीहरूबाट धरौटी रकमसमेत उठाएको थियो ।

पहिले यस कम्पनीको अध्यक्ष देवी भट्टचन थिए । हाल प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामा रहेकी छन् ।

60
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?