
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
इन्स्योरेन्सको चुक्ता पुँजी हाल २ अर्ब ६२ करोड २६ लाख २८ हजार रुपैयाँ छ। संचालक समितिको निर्णय अनुसार सेयरधनीले ३९ करोड ३३ लाख ९५ हजार रुपैयाँ लाभांश पाउनेछन्।
नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि बुक क्लोजअघि कामय सेयरधनीले लाभांश पाउनेछन्। इन्स्योरेन्सले बुक क्लोजको मिति तोकेको छैन।
सम्बन्धित समाचार
लोकप्रिय समाचार




































































