जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

हालको खबर

सिटी एक्सप्रेसलाई गाभेर इन्भेष्टमेन्ट बैंकले थाल्यो एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई प्राप्ति गरेर आजबाट एकीकृत कारोबार सुरु गरेको छ। बैंकले गत मंसिर ७ मा राष्ट्र बैंकबाट प्राप्तिका लागि अन्तिम स्वीकृति पाएको थियो।

सिटीलाई एक्सप्रेसलाई इन्भेष्टमेन्ट बैंकले प्रति कित्ता ३० रुपैयाँका दरले गाभेको छ।

४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटीलाई गाभेपछि बैंकको चुक्ता पुँजी १४ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ।

राष्ट्रिय वाणिज्य बैंकको ५६ औं वार्षिकोत्सव कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६औं वार्षिकोत्सव समारोह अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलको प्रमुख आथित्यतामा कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट शनिबार सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंक प्रति आम नागरिकको भरोसा, विश्वास रहेको बताउनुभयो । उहाँले बैंकले आगामी दिनमा प्रविधिको मार्फत दिइने बैंकिङ्ग सेवाले आम नागरिकमा लाभ पुग्ने गरी ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्ने बताउनुभयो ।

प्रमुख अतिथि एवं अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलले बैंकले संचालनमा ल्याएको पाँचवटा शाखा कार्यालयहरु र पाँचवटा एक्टेन्सन काउन्टरहरुको एकसाथ भर्चुअल माध्यमबाट समुद्घाटन गर्नुभयो ।

कार्यक्रममा भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा धेरै कदमहरु चालिएकाले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधारभई उत्पादकत्व बढेको बताउनुभयो ।
बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माले निक्षेपकर्ता र आम नागरिकको हितमा रही सामाजिक बैंकिङ्ग सहितको ग्राहकमत्री सेवामा बैंकले जोड दिईरहेको बताउनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउनु हुँदै बैंकले डिजिटल सेवालाई जोड दिईरहेको बताउनुभयो । उहाँले २०७७ पुस मसान्तसम्म बैंकले २ खर्ब ४२ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैंया कर्जा लगानी गरेको बताउनुभयो । कार्यक्रममा बैंकमा क्रियाशिल तीन वटै ट्रेड यूनियनका अध्यक्षहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।
आज भन्दा ५६ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्धेश्यका साथ स्थापना भएको यो वैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो बाणिज्य बैंक हो ।

हाल देशभर बैंकका २४५ वटा शाखा कार्यालय, २०५ वटा ए.टि.एम, ३८ स्थानमा एक्सटेन्सन काउण्टर, ९३ स्थानमा शाखारहित बैंकिंग सेवा संचालनमा रहेका छन् । कार्यक्रममा बैंकको ५६ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क उपहार–२०७७ तथा अनलाइन बैंकिङ्ग खाताको भर्चुअल माध्यमबाट विमोचन तथा शुभारम्भ गरिएको थियो । कार्यक्रममा बैंकको सर्वोत्कृष्ठ÷उत्कुष्ट कार्य सम्पादन गर्ने शाखा कार्यालयहरुको नाम घोषणा, सर्वोत्कृष्ठ÷उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी घोषणा, बैंकका २० वर्ष सेवा पुरा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक घोषणा गरिएको थियो ।

५६ औं वार्षिकोत्सवको अवसरमा माघ ५ गते आयोजना गरिएको रक्तदान कार्यक्रम १७१ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । भर्चुलअ माध्यमबाट संचालन गरिएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, बैंक संचालक समितिका सदस्यहरु, रा.वा.बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीे, उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, बैंककी ब्राण्ड एम्बासडर एवं मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठ, बैंकका प्रादेशिक प्रबन्धकहरु, सम्पूर्ण शाखा कार्यालयका प्रबन्धकहरु लगायत बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’मा सर्वोत्कृट गायक गयिकाको अवार्ड अञ्जु र शिवलाई

‘कला संस्कृतिको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नारासहित विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’ सम्पन्न भएको छ । शुक्रबार राजधानीमा एक विशेष समारोहबीच अवार्ड सम्पन्न भएको हो ।
अवार्ड समारोहमा बरिष्ठ सङ्गीतकार राजु सिंहलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो भने पत्रकारद्वय अनन्त वाग्ले र कुवेर गिरीलाई नगदसहित रङ्ग पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

विमेन्स ग्रुपकी अध्यक्ष प्रतिमा राई र अवार्ड कार्यक्रमका अध्यक्ष गणेश सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा निर्माता संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य संघका नवनिर्वाचित केन्द्रीय सदस्य आकाश अधिकारी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, बरिष्ठ कलाकार लय संग्रौला, नेपाल टेलिभिजनकी नायवमहाप्रवन्धक आरती चटौत, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य टेकबहादुर वम, बरिष्ठ कलाकार उत्तम केसी, गायक सीताराम पोख्रेललगायतका अतिथिहरू रहनु भएको थियो ।
अवार्ड समारोहमा अतिथिहरूले कला संस्कृतिका सर्जकहरूको सम्मानका लागि गरिएको यस्ता अवार्डले यसमा संलग्न सर्जकहरूलाई अझ प्रोत्सान मिल्ने बताएका थिए । कार्यक्रमको निर्देशकमा भीष्मराज फुलारा र संयोजकमा गीता अधिकारी रहनुभएको थियो भने सहजीकरण सञ्चारकर्मी दीपज्योति थापाले गर्नुभएको थियो ।

अवार्ड समारोहमा व्यवसायी ढण्डबहादुर अधिकारी, प्रोडक्सन डिजाइनर यमप्रसाद ओली, कलाकार सरिता राजोपाध्याय, निर्देशक तथा कलाकार ओम प्रतिक, निर्देशक राजु गिरी, राष्ट्र सेवक कर्मचारी सुशिला ढकाल, नृत्य निर्देशक सुनिता वस्नेत लाई सम्मान गरिएको थियो भने कीर्तिमानी सम्मानबाट निर्देशक माधवराज खरेल, कमला कुमारी जोशी, पूर्णबहादुर राईलार्ई सम्मान गरिएको थियो ।

अवार्ड समारोहमा सर्वोत्कृष्ट आधुनिक गीत अवार्ड अञ्जु पन्त (कान्छा कान्छी) सर्वोत्कृष्ट गायक शिव परियार (आँशुको अर्थ–३, तिमीले पो सक्यौ होला), सर्वोत्कृष्ट आधुनिक वर्ष गीतकार डा. डीआर उपाध्याय (छोरी विदाई आफ्नै छातिबाट ढुकढुकी टाढा हुने बेला भो), सर्वोत्कृष्ट गीतकार अमर वान्तु (आए म त तिम्रो शहर), सर्वोत्कृष्ट लोकआधुनिक गीतकर जनक रावल (भुल्यौकी मायाले गोठालोमा गएको मेलापात धाएको), सर्वोत्कृष्ट आधुनिक गीत रचनाकार हरि उप्रेती (वल्ली होइन पल्ली), सर्वोत्कृष्ट आधुनिक गीत सङ्गीतकार विकास चौधरी (वल्ली होइन पल्ली) जुरी अवार्ड सङ्गीतकार सन्तोष श्रेष्ठ (एक्लो उदास जवानी), सर्वोत्कृष्ट राष्ट्रिय गीत गायक चेतन सापकोटा (बुद्ध पठाइदेऊ), सर्वोत्कृष्ट

राष्ट्रिय गीत रचनाकार शोभा केसी (माया गरौ माया गरौ)लाई अवार्ड प्रदान गरिएको थियो ।
यसैगरी लोकगीत बैनी झ्यालैमाबाट सार्वोत्कृष्ट मोडल बहिरा कलाकार सुजल बम, यसै गीतबाट इनकरेजमेन्ट अवार्ड बहिरा कलाकार श्रद्धा भुसाल, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक आदित्य बुढाथोकी (ढुंगामुडा), सर्वोत्कृष्ट युगल गायन योगश काजी र सारिका घिमिरे (हेल्लो), दृष्टिविहिन सङ्गीतकार रमेश सुवेदी इनकरेजमेन्ट अवार्ड (सेतो छडी), गायक पदम राई जुरी अवार्ड (के गुलियो छ र सखर चिनी), सर्वोत्कृष्ट भोजपुरी गायक श्यामकुमार मिश्रा (तु जान हमार), सुरज पौडेल आधुनिक पप गायक जुरी अवार्ड (लव लव), धमेन्द्र तिमिल्सिना (क्षितीज) गीतकार इनकरेजमेन्ट अवार्ड (के भो र), गायिका उषा मालाहा (सिम्रन) नवगायिका अवार्ड (झापाको सुपारी)बाट अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ ।

यस्तै उक्त समारोहमा अवार्ड चुम्न सफल हुनेहरूमा विकास थपलिया टेलिभिजन प्रस्तोता, चक्रबहादुर कुवर रेडियो प्रस्तोता, राजकुमार दर्जी सर्वोत्कृट नृत्य निर्देशक, चेतनाथ दंगाल सर्वोत्कृष्ट निर्देशक (लघुचलचित्र निम्तो), मेकअप आर्टिष्ट पुरुष नारायण भट्टराई, सर्वोत्कृष्ट चलचित्र निर्देशक श्यामराजा श्रेष्ठ (नेवारी चलचित्र मनु म्हसिकी), मेकअप आर्टिष्ट सुनिता मरासैनी, नायिका सुभेच्छा थापा चलचित्र मखमली, नायिका आशा भुसाल (चलचित्र सर्मपण जुरी अवार्ड) छायाँकार जीवन पराजुली (चलचित्र कालेदाई जुरी अवार्ड), पुरुषोत्म पराजुली (इन्करेजमेन्ट अवार्ड (चलचित्र बीचबाटो) ज्याक श्रेष्ठ हास्य अभिनेता (चलचित्र चंगा चेट), सोफिया बज्राचार्य नव मोडल, कपिलराज गिरी गीतकार इन्करेजमेन्ट अवार्ड (जति मन पराउ), शान भुसाल (सङ्गीतकार जति मन पराउ), इनु थापा फेशन डिजाइनर, शेखर खनाल हास्य कलाकार, हरि यादव ग्राफिक डिजाइनर, खेमराज फुलारा छायाँकार (वृतचित्र), छब्बु कार्की मेकअप आर्टिष्ट हुनुहुन्छ ।

ज्योति विकास बैंकको गम्भिर ध्यानार्कण

ज्योति विकास बैंकले राष्ट्रिय आर्थिक साप्ताहिक शेयर बजारमा २०७७ साल माघ ४–१० को अंकमा ज्योति विकास बैंकको घोटलामा राष्ट्र बैंकको मौनता शीषर्कको समाचारमा गम्भिर ध्याकर्षण भएको बताएको छ ।

बैंकले मिति २०७७ माघ ९ गते प्रेस विज्ञप्ती नै जारी गरी राष्ट्रिय आर्थिक साप्ताहिक शेयर बजारमा २०७७ साल माघ ४–१० को अंकमा ज्योति विकास बैंकको घोटलामा राष्ट्र बैंकको मौनता शीषर्कको समाचार र त्यस्तै विभिन्न मिति तथा शिर्षकमा यस्तै समाचार नेपालको डिजिटर आर्थिक पत्रिका अर्थ सरोकार सहित केही अन्य अनलाईन पोर्टलमा समेत प्रयोग भएको भन्दै गम्भिर ध्याकर्षण भएको बताएको ।

बैंकबाट जारी भएको प्रेस विज्ञप्ती जस्ताको तस्तैः–

कृषि विकास बैंकमा ४४६ पदका लागि जागिर खुल्यो

कृषि विकास बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले बढुवा, आन्तरिक र खुला गरी कुल ४४६ पदमा जागिर खुलाएको हो ।

बढुवाका लागि ९० जना, आन्तरिक प्रतिष्र्धाबाट ३० जना र खुलामा ३२६ जनाका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको छ ।

बैंकले विभिन्न पदमा खुलातर्फ १८१ जना, महिलातर्फ ५२, आदिवासी जनजातीतर्फ ३७ जना, मधेसी ३० जना, दलित १३ जना, अपांगतर्फ ६ जना र पिछडिएको क्षेत्रतर्फ ७ जनाका लागि विज्ञापन खुलाएको हो ।

बैंकले लेखापालदेखि वरिष्ठ शाखाप्रमुखसम्मका लागि खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको हो ।

त्यसैगरी बढुवातर्फ विभागीय प्रमुखमा ३ जना, शाखा प्रमु्खमा ४२ जना, शाखा अधिकृतमा २२ जना र कार्यालय सहायकमा २३ जनाका लागि खुलाएको छ ।

त्यस्तै, आन्तरिक प्रतिष्पर्धातर्फ विभागीय प्रमुखमा १ जना, शाखा प्रमुखमा ११ जना, शाखा अधिकृतमा ७ जना र कार्यालय सहायकतर्फ ११ जनाका लागि विज्ञापन खुलाएको छ ।

इच्छुक आवेदकले माघ ९ गतेदेखि २९ गतेसम्म अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

कर्मचारीको संख्या कम भएकाले नयाँ कर्मचारी भर्ना गर्न लागिएको बैंकको सीइओ अनिल उपाध्यायले जानकारी दिए ।

‘दरबन्दी अनुसार पनि बैंकमा कर्मचारी छैनन्, दक्ष जनशिक्तको अभावमा बैंक प्रतिस्पर्धी बन्न सक्दैन र उल्लेख्य प्रगति पनि गर्न सक्दैन,’ सीइओ उपाध्यायले क्लिकमाण्डूसँग भने, ‘त्यसैले नयाँ कर्मचारी माग गरेका हौं ।’

यो बैंक कृषि क्षेत्रको नेतृत्व गर्ने रणनीति अनुसार अघि बढिरहेको छ । सरकारी लगानी रहेकाले यो बैंकको जागिरमा आकर्षण छ ।

ललितपुरको खुद्रा पसलमा पनि क्युआरबाट भुक्तानी शुरु

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ललितपुरको नख्खु क्षेत्रका खुद्रा पसलहरुमा क्युआर कोडमार्फत भुक्तानी प्रवर्द्धनमा सरिक भएका छन् ।

ग्लोबल आइएमई बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्‍साहित गर्ने उद्देश्यले नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत भुक्तानी प्रवर्द्धन कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमको गभर्नर अधिकारीले उद्घाटन गरेका थिए ।

यसअघि काठमाडौंको नारायणचौरस्थित तरकारी बजारमा पनि क्युआर कोडमार्फत नगदरहित भुक्तानीको सुरुआत गभर्नर अधिकारीको उपस्थितीमा भएको थियो।

नगदरहित कारोबार प्रवद्र्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले ग्लोबल आईएमई बैंकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहनका कार्यक्रमहरु गर्ने र यस किसिमका विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्न थप कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ । साथै, बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुवात पनि गरेको बताएको छ ।

एनसीसी बैंकको सञ्चालकमा पुर्व मन्त्री बस्नेतसहित ६ जना चयन, अध्यक्षमा न्यौपाने चयन

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको बार्षिक साधारणसभाले लाभांस पारित गरेको छ।

बैंकको सभाले १०.२६ प्रतिशत बोनस शेयर र बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभाबाट संस्थापक समुहबाट तीन र सर्वसाधारणबाट एक जना महिला सहित तीन जना सञ्चालक चयन गरेको छ। सञ्चालक चयनपछि बसेको बैठकले उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ। बस्नेत पुर्व मन्त्रीसमेत हुन्।

न्यौपाने, मोहनबहादुर बस्नेत, ईमान सिंह लामा, चन्द्रप्रसाद बास्तोला, सुमनकुमारी जोशी र निशेष प्रधान सञ्चालक चयन भएका छन्।

 

सामसङको एस२१ सिरिज नेपाली बजारमा

सामसङ नेपालले एस२१ सिरिज नेपाली बजारमा ल्याएको छ। ग्यालेक्सी एस२१, एस२१प्लस र एस२१ अल्ट्राका सिरिजमा आधुनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामरा, भिडियो र अहिलेसम्मकै शक्तिशाली प्रोसेसर राखिएको कम्पनीको भनाइ छ।

 

सामसङ ग्यालेक्सी एस२१ र एस२१प्लसमाप्रो–ग्रेड क्यामरा छ। एस२१ अल्ट्रामा एडभान्स प्रो ग्रेड क्यामरा छ भने ६।८ इन्चको डिस्प्ले छ। यसमा आइ कम्फर्ट सिल्ड पनि छ। जसले आँखालाई थकान महशुस नहुने सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणय रत्न स्थापित बताउँछन्। फोनलाई ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ।

एस२१ अल्ट्रा फानटम ब्ल्याक र सिल्भर गरी दुई रंगहरुमा उपलब्ध छन्। ग्यालेक्सी एस२१प्लस  फानटम ब्ल्याक, सिल्भर र भायोलेट रंगमा पाइन्छन्। त्यसैगरी, एस२१ फानटम ग्रे र भायोलेट रंगमा पाइन्छ।

ग्राहकले एस२१ अल्ट्रा १२ जिबी र्‍यामर२५६ जिबी रोममा, एस२१प्लस र  स२१  ८ जिबी र्‍यामर २५६ जिबी रोम क्षमतामा किन्न पाउँछन्। एस२१ अल्ट्रा, एस२१प्लस र एस२१ को मूल्य क्रमशः एक लाख ५४ हजार ९ सय ९९, एक लाख २९ हजार ९ सय ९९ र १ लाख ९ हजार ९९ रहेको छ।

सामसङले यी सेटहरुको प्रि बुकिङ्ग शुक्रबारदेखि फेब्रुअरी ४ तारिखसम्म खुल्ला गरेको छ। आजदेखि नेपाल अधिराज्यभर रहेका मुख्य मोबाइल स्टोर, इकमर्स प्लाटफर्म जस्तै दराज, स्मार्ट डोको, सस्तोडिल, इसेवा आदिबाट गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ।

अनलाइनमै डिम्याट खाता खोल्न सकिने, नम्बर पनि १ घण्टा भित्रै पाइने

एनआईसी एशिया क्यापिटल लिमिटेडले “एनआईसी एशिया अनलाइन डिम्याट” सेवा सञ्चालन गरेको छ । पछिल्लो समयमा डिम्याट खाता खोल्ने सर्वसाधारणको संख्या बढ्दो क्रममा रहेको र डिम्याट खाता प्राप्त गर्न लामो समय लाग्ने जनगुनासो बारम्बार आईरहेकोले हुँदा सर्वसाधारणलाई प्रविधिको प्रयोग मार्फत तुरुन्त डिम्याट खाता नम्बर उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ क्यापिटलले उक्त सेवा सञ्चालन गरेको हो ।

क्यापिटलले “एनआईसी एशिया अनलाइन डिम्याट” सेवा संचालन गरेको उपलक्ष्यमा २०७७ साल माघ मसान्तसम्म अनलाइन मार्फत डिम्याट खाता खोल्ने सर्वसाधारणलाई डिम्याट खाता निस्शुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । हाललाई यो सेवा काठमाडौं उपत्यका भित्र मात्र उपलब्ध हुनेछ । साथै, निकट भविष्यमा काठमाडौं उपत्यका बाहिरबाट समेत अनलाइन मार्फत डिम्याट खाता खोल्न मिल्ने व्यवस्था मिलाइने क्यापिटलले जानकारी गराएको छ ।

अनलाइन मार्फत डिम्याट खाता खोल्नको लागि एनआईसी एशिया क्यापिटलको वेभसाइट वा सोझै यसमा क्लिक गरि रितपुर्वक विवरण भरी उक्त विवरण सक्सेस्फुल्ली सब्मिसन भएको १ घण्टा भित्र डिम्याट खाता नम्बर उपलब्ध गराईने क्यापिटलले जानकारी गराएको छ । साथै, उक्त सुविधा आइतबारदेखि बिहीबारसम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुने व्यहोरा समेत अनुरोध छ ।

हाल एनआईसी एशिया क्यापिटलले डिम्याट खाताको पहुँच बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरि “एक नेपाली, एक डिम्याट” अभियान संचालन गरिरहेको छ । क्यापिटलले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ

स्रोत नखुलेको १५ लाख नगदसहित पक्राउ

काठमाडौं महानगरपालिका २२ न्युरोडबाट स्रोत नखुलेको नगद १५ लाख २६ हजार रुपैयाँ सहित काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ३ घर भएका २४ वर्षीय छेवाङ शेर्पालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शेर्पालाई शंकास्पद अवस्थामा फेला पारी प्रहरीले शरीर तलासी गर्दा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ

नेपाल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने

नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष ०७६÷७७ को मुनाफाबाट कुल १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कमपनीको माघ ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

चन्द्रागिरी हिल्सको आईपीओमा पौन ११ लाखको हात खाली

चन्द्रागिरी हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँड भएको छ । चन्द्रागिरीको आईपीओमा आवेदन दिनेहरूमध्ये १० लाख ७१ हजार ५१५ जनाको खालि भएको छ । १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको हो । दुई जनाले भने थप १/१ कित्ता शेयर अर्थात ११ कित्ता शेयर प्राप्त गर्न गरेका छन् । कम्पनीले रहेको १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरेको चन्द्रागिरी हिल्सका महाप्रवन्धक अभिषेक विक्रम शाहले जानकारी दिए ।

पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ । कम्पनीको आईपीओमा कुल १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। त्यस मध्ये ५ हजार ८३८ वटा आवेदन अस्वीकृत भएका छन् भने १२ लाख ११ हजार ११५ वटा योग्य आवेदन स्वीकृत भएका छन् ।

क्यापिटलका अनुसार १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ । त्यसबाट बाँकी रहेको २ कित्ता शेयर भाग्यमानी दुई आवेदकमा बाँडफाँड गरिएको छ । अर्थात भाग्यमानी दुई जनाले ११ कित्ता शेयर प्राप्त गर्न भएका छन् ।