सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि उमेरहद आवश्यक नपर्ने भनी सरकारले संशोधन गरेको मापदण्ड कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले संशोधित मापदण्ड केही समयका लागि कार्यान्वयन नगर्न आदेश दिँदै त्यो आदेशले निरन्तरता पाउने कि नपाउने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई अर्को साता छलफलका लागि डाकेको छ ।
अधविक्ताहरू अनन्दराज लुँइटेल, विकास भट्टराई, रामकृष्ण बञ्जारा, देवेन्द्र मैनाली लगायतले संशोधित मापदण्ड कानुन विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
एकपटक तय भइसकेको मापदण्ड मनमौजी रूपमा फेरबदल गर्नु गलत भएको भन्दै उनीहरूले त्यसमाथि प्रश्न उठाएका थिए । सर्वोच्च अदालतले प्रतिपादन गरेको नजीरको सिद्धान्त प्रतिकूल हुनेगरी मापदण्ड संशोधन भएको उनीहरूको जिकिर थियो ।
सरकारले २७ फागुन, २०८१ मा अर्थ मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ लाई संशोधन गरेको थियो । उक्त मापदण्डको दफा ३(ग) मा भएको गभर्नरको नियुक्तिको उमेरहद सम्बन्धी व्यवस्था हटाएको थियो ।
संशोधन हुनुअघि मापदण्डमा कार्यकारी प्रमुखको हकमा ३० बर्ष र कार्यकारी प्रमुख बाहेक अन्य पदाधिकारी र सदस्यको हकमा ३५ बर्ष उमेर पूरा भई ६५ बर्षको उमेर ननाघेको व्यक्ति नियुक्तिका लागि योग्य हुने व्यवस्था थियो ।
कुनै अमुक व्यक्तिको नियुक्तिलाई बाधक भएको हुनसक्ने देखिएपछि उक्त व्यवस्था हटाइएको रिट निवेदनमा जिकिर छ ।
नयाँ वर्षलाई सेयर बजारको स्वागत, सूचक २६ अंकले बढ्दा साढे ८ अर्बको कारोबार
सेयर बजारले नयाँ वर्षलाई स्वागत गरेको छ । २०८२ सालको पहिलो कारोबार दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५५ अंकले बढेर २६८८.६३ विन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्से ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा रोकिएको थियो । मंगलबार सूचकसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा कुल ८ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ६ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये २१२ कम्पनीको सेयर मूल्य बढ्दा ३४ कम्पनीको मात्रै घटेको छ । मंगलबार कर्पोरेट विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशत र क्रेष्ट माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
आज बलेफी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सर्वाधिक अर्थात् ९.६९ प्रतिशतले घटेको छ । मंगलबार बैंकिङ समूहको सेयर मूल्य ०.५३ प्रतिशत, विकास बैंकको २.४० प्रतिशत, फाइनान्सको १.६५ प्रतिशत र होटल तथा पर्यटन समूहको सेयर मूल्य २ प्रतिशतले बढेको छ । यस्तै, जलविद्युत् समूहमा १.४७ प्रतिशत, लगानी समूहमा २.६३ प्रतिशत, जीवन बिमा समूहमा ०.८६ प्रतिशत, उत्पादन समूहमा १.२१ प्रतिशत र लघुवित्त समूहको सेयर मूल्यमा ०.६१ प्रतिशतको सुधार भएको छ ।
समृद्धि फाइनान्सका सीईओ सन्तोष घिमिरेले गरे पदभार ग्रहण
समृद्धि फाइनान्स लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोषकुमार घिमिरेले पदभार ग्रहण गरेका छन् । मंगलबार अध्यक्ष ठाकुरप्रसाद भट्टराईसँग शपथ ग्रहण गर्दै उनले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।
संस्थाको फागुन २८ गते बसेकाे सञ्चालक समितिको बैठकले घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको थियो ।
उनले यसअघि नेपाल राष्ट्र बैंकमा तीन दशक सेवा गरी अवकाश प्राप्त गरेका थिए । त्यस्तै, गोर्खाज फाइनान्स लिमिटेडमा पनि सीईओको जिम्मेवारी सम्हालिसकेका छन् ।
नेपाल राष्ट्र बैंकमै कार्यरत रहँदा समस्याग्रस्त नेपाल सेयर मार्केट फाइनान्समा व्यवस्थापन प्रमुखको जिम्मेवारी पनि सम्हालेका घिमिरेसँग नियामक निकायदेखि वित्तीय संस्थासम्मको अनुभव छ ।
उनको अनुभव, नेतृत्व क्षमता र दूरदर्शिता समृद्धि फाइनान्सलाई आगामी दिनमा अझ सशक्त र स्थायीतर्फ उन्मुख गराउने संस्थाको विश्वास छ । संस्थाले आफ्नो वित्तीय सेवा विस्तार र व्यवसायीक समृद्धिका लागि घिमिरेको नियुक्तिलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरेको छ ।
एनसिएचएल र मास्टरकार्डबीच अन्तरदेशीय भुक्तानी सम्झौता
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र भुक्तानी उद्योगमा सञ्चालित विश्वव्यापी प्रविधि कम्पनी मास्टरकार्डले नेपाल आएका अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि मास्टरकार्ड कार्ड प्रयोग क्यूआर मार्फत अन्तरदेशीय भुक्तानीका लागि सम्झाैता गरेका छन् ।
याे सम्झाैतासँगै अन्तर्राष्ट्रिय मास्टरकार्ड कार्डधारकहरूले एनसिएचएलको नेपालपे क्युआर र नेपालमा रहेको इन्टरअपरेबल क्युआर मर्चेन्टहरूमा सहज तथा सुविधाजनक भुक्तानी गर्न सक्ने छन्। यस सहकार्यले अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आफ्नो मास्टरकार्ड कार्ड प्रयोग गरेर डिजिटल भुक्तानी गर्न थप प्लेटफर्म उपलब्ध गराउने छ । यसबाट देशभरका उपभोक्ताहरू र व्यापारीहरूले डिजिटल भुक्तानी अपनाउने क्षमता बढाउने विश्वास समेत व्यक्त गरिएकाे छ।
नेपालमा नेपालपे क्युआर र इन्टरअपरेवल क्युआरका लगभग १० लाख व्यापारीहरू छन्, जबकि मास्टरकार्डले विश्वव्यापी रूपमा ३.१ अर्ब भन्दा बढी कार्डहरू जारी गरेको छ।
एनसिएचएल र मास्टरकार्डबीचको यो संलग्नताले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय लेनदेनको लागि प्रमुख रूपमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
लुम्बिनी विकास बैंकद्वारा पर्वतारोही शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण
लुम्बिनी विकास बैंक लिमिटेडले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा ३१औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण जान लागेको अवसरमा सफलताको शुभकामना कार्यक्रम आयोजना गरेको छ । लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर २ पटक सम्म सर्वोच्च शिखर सगरमाथामा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले पुरर्याइ सकेका छन् । उक्त कार्यक्रममा पुनः तेश्रो पटक यस बैंकका्े लोगो अंकित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुरर्याउनको लागी बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले किर्तिमानी पर्वतारोही कामी रिता शेपा लाई हस्तान्तरण गरे ।
किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंकमा “निरन्तर सहयात्री” बनी आबद्घ छन् । यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आपूmले ३१औं आरोहण गर्न लागेको जानकारी दिए । उनको यस साहसिक कार्यले लुम्बिनी विकास बैंकलाई गौरवान्वित बनाएको छ ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
सिटिजन्स बैंकले रक्षा नेपाललाई गर्यो सहयोग
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महिला तथा बालबालिकाको संरक्षणमा सक्रिय संस्था रक्षा नेपाल लाई सहयोग गरेको छ । बैंकले यौन शोषण, बेचबिखन र यौन हिंसाको जोखिममा परेका महिला तथा बालबालिकाको सुरक्षामा क्रियाशील रक्षा नेपाललाई दैनिक उपभोग्य खाद्यान्न सामग्री र स्यानिटरी प्याड प्रदान गरेको हो ।
रक्षा नेपाल दुई दशकभन्दा बढी समयदेखि हिंसामा परेका महिला, किशोरी तथा बालबालिकालाई सुरक्षा, पुनर्स्थापना, सीप विकास, शिक्षा, कानुनी सहयोग, आत्मरक्षा तालिम तथा आत्मजागरूकता कार्यक्रममार्फत आत्मनिर्भर बनाउन क्रियाशील छ ।
बैंकद्वारा आयोजित समारोहमा उक्त सामग्रीहरू हस्तान्तरण गरिएको हो । सहयोग प्राप्त गरेपछि संस्थाका प्रतिनिधिहरुले बैंकप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले आगामी दिनमा पनि महिला तथा बालबालिकाको अधिकारका पक्षमा कार्य गर्न थप हौसला मिलेको प्रतिक्रिया दिए ।
बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समाजमा उल्लेखनीय मानवीय कार्य गर्दै आएको संस्थालाई सहयोग गर्न पाउँदा गर्व महसुस गरेका छौं । यस्ता कार्यले संस्थाको सञ्चालनमा केही सहजता ल्याउने विश्वास लिएका छौं ।’
सिटिजन्स बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने कार्यक्रमहरू संचालन गर्दै जाने योजना रहेको जनाएको छ।
तीनकुने हुलदंगाको १० दिनभित्रै सबै दावी भुक्तानी गरेर शिखर इन्स्योरेन्सद्वारा नयाँ रेकर्ड
बीमा भन्ने वित्तिकै दावी भुक्तानी दिन आनाकानी गर्ने र नदिने प्रवृत्ति व्याप्त छ । तर, शिखर इन्स्योरेन्स कम्पनीले भने गत चैत्र १५ गते भएको तीनकुने घटनाको पहिलो दावी भुक्तानी १० दिनभित्रै सम्पन्न गरेर नयाँ रेकर्ड राख्न सफल भएको छ ।बीमा प्राधिकरणका अनुसार गत चैत्र १५ गते भएको हुलदंगामा भएको भौतिक सम्पत्ति क्षतिको चार लाख ९८ हजार २१३ रुपैयाँ दावी भुक्तानी गरेको हो । सो दिन भएको तोडफोड र आगजनीका घटनाहरुमा शिखर इन्स्योरेन्स कम्पनीमा पाँच वटा बीमा दावी परेका थिए । कम्पनीले सबै बीमा दावी १० दिनभित्रैमा सम्पन्न गरेर नयाँ रेडर्क कायम गर्न सफल भएको छ ।बीमा प्राधिकरणका अनुसार कूल पाँच करोड ४९ हजार ४२१ रुपैयाँको बीमा दावी परेकोमा शिखरले १० दिनभित्रैमा शतप्रतिशत दावी भुक्तानी गर्न सफल भएको छ ।
अन्य कुनै पनि कम्पनीहरुले हालसम्म सो घटनाका पीडितहरुलाई दावी भुक्तानी दिएको छैन । सो घटनामा सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीमा एक करोड २७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरमा एक करोड १७ लाख रुपैयाँ, सलिकोमा ७५ लाख ४९ हजार रुपैयाँ, नेकोमा ५२ लाख रुपैयाँ, दि ओरियन्टलमा ४७ लाख ५० हजार रुपैयाँ, हिमालयन एभरेष्टमा २२ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्समा २० लाख ७५ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्समा आठ लाख रुपैयाँ सानिमा जिआईसीमा छ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा पाँच लाख रुपैयाँको बीमा दावी परेका थिए । कूल ५० वटा बीमा दावी परेका छन् ।अन्य कम्पनीहरुले बीमा दावी भुक्तानी प्रक्रिया भने सुरु गरिसकेका छन् ।
वैशाख महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक
वैशाख महिनाका लागि तीन वटा वाणिज्य बैंकले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने दुई वटाले घटाएका छन् । बाँकी १५ वटा बैंकले एक वर्षे मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । वैशाखमा एक वर्षे मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६।०२५ प्रतिशत र न्यूनतम ४।०६१ प्रतिशत कायम भएको छ । चैतमा मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६।०१४ र न्यूनतम ४।०५१ प्रतिशत रहेको छ ।
यस्तै, २० वाणिज्य बैंकहरुमध्ये वैशाखका लागि साधारण बचतको ब्याजदर एउटा बैंकले बढाएको छ भने एउटाले घटाएको छ । जसअनुसार वाणिज्य बैंकहरुमा वैशाखका लागि साधारण बचतको औसत अधिकतम ब्याजदर ४।४१४ प्रतिशत र न्यूनतम ३।०१३ प्रतिशत कायम भएको छ । यही चैतमा यस्तो ब्याजदर क्रमशः ४।४६४ र ३।०१३ प्रतिशत रहेको थियो ।
पछिल्ला हरेक महिना बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । सोही क्रममा वैशाखका लागि पनि नयाँ ब्याजदर प्रकाशित गरेका हुन् ।कुमारी बैंकले ०।०९, सानिमा बैंकले ०।१ र नेपाल बैंकले ०।३५ प्रतिशतविन्दुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। विश्लेषकहरूका अनुसार, यो कटौती बैंकहरूको तरलता स्थिति सहज बन्दै गएको संकेत हो। तर, एभरेष्ट बैंकले भने ०।६१ प्रतिशतविन्दु ब्याजदर बढाएर प्रतिस्पर्धी रणनीति अवलम्बन गरेको देखिएको छ।
नेपाल बैंक, सानिमा बैंक र कुमारी बैंकले ब्याजदर घटाएका बैंकहरू हुन्। नेपाल बैंकले व्यक्तिगत निक्षेपमा चैतको ५।५ प्रतिशत दरलाई घटाएर बैशाखमा ५।१५ प्रतिशत बनाएको छ भने संस्थागत निक्षेपमा ५।१५ बाट घटाएर ४ प्रतिशत निर्धारण गरेको छ। यस्तै, सानिमा बैंकले व्यक्तिगततर्फ ६।०५ बाट घटाएर ५।९५ प्रतिशत तथा संस्थागतमा ४।३ बाट ४।२ प्रतिशत पुर्याएको छ। कुमारी बैंकले पनि व्यक्तिगत निक्षेपमा ६।०१ बाट घटाएर ५।९२ प्रतिशत र संस्थागतमा ५।०१ बाट ४।९२ प्रतिशत तोकेको छ।
ब्याजदर बढाउने एक मात्र बैंक एभरेष्ट हो। यसले व्यक्तिगत निक्षेपको ब्याजदर ६ प्रतिशतबाट बढाएर ६।६१ प्रतिशत र संस्थागत निक्षेपको दर ५ बाट बढाएर ५।६१ प्रतिशत पुर्याएको छ।
अन्य बैंकहरूले भने चैत महिनाकै दरलाई यथावत राखेका छन्। जस्तै, एनएमबि र एनआइसी एशिया बैंकले व्यक्तिगततर्फ ६।६ र संस्थागततर्फ ५।६ प्रतिशत ब्याज दिनेछन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगतमा ६।५ र संस्थागतमा ५।१ प्रतिशत, प्राइम कमर्सियलले व्यक्तिगतमा ६।२५ र संस्थागतमा ३।५ प्रतिशत ब्याज दिनेछन्। स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगततर्फ ६।२५ र संस्थागततर्फ ३।२५ प्रतिशत ब्याज कायम राखेको छ भने प्रभूले व्यक्तिगतमा ६।१ र संस्थागतमा ५ प्रतिशत ब्याज दिने निर्णय गरेको छ।
त्यसैगरी, ग्लोबल आइएमई, माछापुच्छ्रे, सिद्धार्थ, र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६ प्रतिशत ब्याज कायम राखेका छन्। संस्थागत निक्षेपमा उनीहरूको ब्याजदर क्रमशः ४।४, ४, ५ र ३ प्रतिशत रहेको छ। हिमालयन र नेपाल एसबिआई बैंकले व्यक्तिगत निक्षेपमा ५।५ प्रतिशत ब्याज दिनेछन् भने संस्थागततर्फ क्रमशः ४।५ र ४ प्रतिशत ब्याज तोकिएको छ।
लक्ष्मी सनराइज र नबिल बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा समानरुपमा ५।७५ प्रतिशत ब्याज दिनेछन्। तर, संस्थागत निक्षेपमा लक्ष्मीले ४।५ प्रतिशत र नबिलले ४।०५ प्रतिशत ब्याज दिने भएका छन्। सिटिजन्स बैंकले व्यक्तिगत निक्षेपमा ५।६५ प्रतिशत र संस्थागतमा ४ प्रतिशत तोकेको छ भने कृषि विकास बैंकले व्यक्तिगतमा ५।५१ प्रतिशत र संस्थागतमा ३।२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
सिटिजन्स बैंकको १८औं वार्षिकोत्सवको अवसरमा छुटै छुटको योजना
डिजिटल बैंकिङ लाई उच्च प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुटको योजनाहरु सार्वजनिक गरेको छ ।
वैशाख ७ गतेको वार्षिकोत्सवलाई मध्य नजर गर्दै बैंकले यहि वैशाख १ गते देखि वैशाख ३१ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो । सो योजना अन्र्तगत डेविट कार्ड प्रयोगकर्ताहरुले पहिलो पटक पस मेसिन वा अनलाईन मार्पmत एक हजार वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा रु १८० क्यास ब्याक दिइने छ । यसैगरी सिटिजन्स मोबाईल बंैकिङ्ग मार्फत क्यूआर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि रु ५०० वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा रु १८० क्यास ब्याक प्रदान गरिने छ । साथै फोन पे मर्चेन्टले आफ्नो ब्यवसायिक कारोवार रकम क्यूआर मार्पmत प्राप्त गर्दा प्रत्येक दिन एक जना मर्चेन्टलाई १,८०० रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने छ ।
साथै बैंकले योजना अवधीभरमा इ(कम कार्ड लिई पहिलो पटक टपअप गर्दा सो टपअपमा शुल्क नलाग्ने, निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था,स्मार्ट बचत खाता खोली पहिलो पटक मोबाईल बंैकिङ्ग मार्पmत मोबाईलमा रिचार्ज गर्दा १५ प्रतिशत वा बढिमा रु ५० क्यासब्याक उपलब्ध पाउनु हुनेछ । र साथै बैंकको एक मोबाईल बैंकिङ्ग ग्राहकलाई निःशुल्क माउन्टेन फ्लाईट टिकट प्राप्त हुनेछ । वार्षिकोत्सवकै उपलक्ष्यमा बैशाख महिनाभर भर्चुअल क्रेडिट कार्ड जारी गर्दा पहिलो बर्षको जारी शुल्कमा पनि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । डिजिटल कारोबारमा प्रदान गरिने यस्ता आकर्षक छुट योजनाहरूले आम सर्वसाधारणहरु नगद रहित कारोबारमा अभ्यस्त हुने र समग्र डिजिटल बैंकिङ लाई वढवा मिल्ने विश्वास बैंकले लिएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
वाणिज्य बैंकहरुले सेयर धितो कर्जामा बढाए लगानी
वाणिज्य बैंकहरूले सेयर धितो कर्जामा लगानी बढाएका छन् । चालु आवको ८ महिनामा वाणिज्य बैंकहरूबाट ९६ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । चालु आवको आठ महिनामा सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्नेमा नबिल बैंक,ग्लोबल आइएमई बैंक र कुमारी बैंक रहेका छन् ।
नबिल बैंक – १३ अर्ब ८२ करोड ४२ लाख
ग्लोबल आइएमई बैंक – ११ अर्ब १६ करोड ५६ लाख
कुमारी बैंक – ८ अर्ब ९८ करोड ४२ लाख
सिद्धार्थ बैंकबाट ८ अर्ब ३२ करोड १५ लाख रुपैयाँ, नेपाल बैंकबाट ७ अर्ब ७२ करोड ९२ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकबाट ७ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ र सिटिजन्स बैंकबाट ६ अर्ब ४० करोड ४८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ७७ करोड २९ लाख रुपैयाँ, प्रभु बैंकले ४ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ५ करोड २४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।
आठ महिनामा एभरेष्ट बैंकबाट २ अर्ब ५० करोड रुपैयाँ, एनआईसी एशिया बैंकबाट २ अर्ब ४९ करोड १५ लाख रुपैयाँ, सानिमा बैंकबाट २ अर्ब ३१ करोड १८ लाख रुपैयाँ, कृषि विकास बैंकबाट २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ र हिमालयन बैंकबाट २ अर्ब २ करोड ४२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
एनएमबी बैंकले १ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब ६५ करोड ७७ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ४७ करोड २७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।
सरकारले क्या राम्रो निर्णय गर्यो भन्ने गरी गभर्नर नियुक्ति गरिन्छ : अर्थमन्त्री
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर योग्य र सक्षम पात्रलाई नियुक्त गर्ने तयारी भइरहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘बजारमा चर्चा गरिए जस्तो हुँदैन, यो विषयमा अनावश्यक चर्चा चलेका छन्, सरकारले क्या राम्रो निर्णय गर्यो भन्ने सन्देश जाने गर्ने गरी निर्णय छिट्टै आउँछ ।’
पौडेलले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव कार्यान्वयन गरिने बताए। अर्थमन्त्री पौडेलले सरकारले आयोगको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्ने र तत्काल सम्भव हुने सुझावलाई चाँडै कार्यान्वयन योजना बनाएर अगाडि बढ्ने बताए । ‘अर्थतन्त्रलाई चलायमान र सुधार गर्ने कुराहरूलाई तत्काल कार्यान्वयनको चरणमा लैजाने छौँ । अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउछौँ। त्यसको तयारीमा सरकार लागिरहेको छ’, उनले भने ।
अनुशासित ढङ्गले स्रोत व्यवस्थापन र परिचालन गर्ने ढङ्गले जान नसके थप समस्या हुने कुरामा सरकार सचेत रहेको धारणा राख्दै अर्थमन्त्री पौडेलले मुलुकलाई आर्थिक रूपमा अप्ठ्यारोमा पर्न नदिइने बताए । यस पटकको बजेट प्रतिफल दिने खालको हुने, निजी र उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक प्रबन्ध गरिने उनको भनाइ थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ठूला पूर्वाधार निर्माणसहित विकास र समृद्धिको अभियानमा सफलता हासिल गरिरहेको भन्दै उपप्रधानमन्त्री पौडेलले सरकार भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न खरो रूपमा उत्रिएको दाबी गरे ।
सबैभन्दा धेरै कर तिर्ने नबिल बैंक सम्मानित
नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस, २०८१ को अवसरमा आयोजित विशेष कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मान गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् ।
आर्थिक वर्ष २०७९/८० मा बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फबाट सबैभन्दा बढी कर दाखिला गरी मुलुकको अर्थतन्त्रमा नबिल बैंकले पुर्याएको योगदानको कदर गर्दै प्रमाणपत्रसहित बैंकलाई सम्मान गरिएको हो ।
नेपाल सरकारले पनि यस वर्षको राष्ट्रिय कर दिवसको उपलक्ष्यमा बैंक, वित्तीय संस्था र बिमा क्षेत्रका तर्फबाट आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो । नबिल बैंक यसअघि आर्थिक वर्ष २०७९/८०, आव २०६७/६८, आव २०७०/७१, आव २०७१/७२, आव २०७३/७४, आव २०७५/७६, आव २०७६/७७ र आव २०७७/७८ मा पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित भइसकेको छ ।
नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।












