जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

कोरोना भाइरस  रोकथामको लागि एन आई सी एशिया बैंकद्वारा सातै प्रदेश सरकारलाई सहयोग

एन आई सी एशिया बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु¥याउने उद्देश्यले देशका सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रू १५÷१५ लाख गरी कुल रू १ करोड ५ लाख रकम प्रदान गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै मुलुकलाई परेको पिडामा सघाउ पु¥याउन उक्त सहयोग रकम सम्बन्धित प्रदेश सरकारका बैंक खातामा जम्मा गरेको छ । उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट रू ५ लाख समावेश गरी रू १५ लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरिएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले पूर्ण रूपमा आवतजावतमा प्रतिबन्ध लगाउँदै लकडाउन घोषणा गरेको वर्तमान अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत क्षेत्रहरू प्रभावित भैरहेको यस असहज परिस्थितिमा बैंकले उक्त रकम कोरोना विरूद्ध लड्नका लागि प्रदान गरेको हो ।

एन आई सी एशिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लकडाउनका बेला विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई देशका प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा रू ४५ लाख ६८ हजार बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू यसअघि वितरण गरिसकेको छ । यसरी वितरण गरिएको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न समस्या भएका मजदुरी गर्नेहरूका परिवारलाई केहि भएपनि राहत मिलेको विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

२१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

२०७६ साल नेपाली जनताका लागि अभिशाप

सर्वप्रथम २०७७ सालको सबैमा हार्दिक मंगलमय शुभकामना । २०७६ सालले विदा लिएको छ । २०७७ सालको पूर्वसन्ध्यामा मुलुक संकटपूर्ण अवस्थामा रहेको छ । उत्तरी छिमेकी मुलुकबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले गर्दा विश्वभरमै आतंक मच्चिएको छ । धनी र शक्तिसम्पन्न भन्ने राष्ट्रहरु नै अहिले कोरोना भाइरसको मारमा परेका छन् ।

विश्वका धेरै मानिसहरुले उक्त भाइरसकै कारण ज्यान गुमाइसकेका छन् । भाग्यवस अहिलेसम्म नेपालमा भने उक्त भाइरसको कारणले कुनै नेपालीले ज्यान गुमाउनु परेको छैन । विश्वका विभिन्न मुलुकमा रहेका केही नेपालीहरुले ज्यान गुमाएका छन् । यो संकटपूर्ण अवस्थामा सबै मिलेर कोरोना भाइरसबाट मुक्त हुनु नै अहिले पहिलो कर्तव्य र दायित्व समेत हो । हामीले २०७६ साललाई भव्य रुपमा विदा गर्न र २०७७ साललाई स्वागत गर्न सकेनौँ । मुलुक संकटमा परेकै कारणले गर्दा सम्पूर्ण नेपाली जनतालाई संकट परेको छ । यो संकट २०७६ साल विदा हुनै लाग्दा आइपरेको हो ।

अघिल्लो वर्षमा नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकारले जनतालाई विभिन्न प्रकारका आश्वासनहरु बाँडेको थियो । समृद्धि, उन्नति, रेल, पानीजहाज जस्ता शब्दहरु प्रयोग गरेर विकास निर्माणको कार्यलाई अघि बढाउन चाहेको जस्तो देखिएपनि सरकारले गत वर्ष आफ्ना कमी कमजोरीहरु एकपछि अर्को गर्दै बाहिर आएको पत्तै पाएनन् वा पत्तो पाएर पनि त्यसलाई सुधार गर्ने इच्छा नै देखाएनन् । अहिलेको सत्य वास्तविकता भनेको त्यही हो । अब ओली नेतृत्वको सरकारले कोरोना भाइरसलाई देखाएर पन्छिने राम्रो मौका पाएको छ । कोरोना भाइरसको त्रासबाट कहिले मुक्त भइन्छ भन्ने कुनै ग्यारेन्टी छैन ।

२०७६ सालको सुरुवातमा नेपाली जनताले सुख, शान्ति र समृद्धिको आशा गरेका थिए, तर ती कुनैपनि आशा पूरा हुन सकेनन् । अब अर्को सालमा सरकारले कोरोना भाइरसलाई बहाना बनाउने निश्चित जस्तै छ । सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा अघि सारेको थियो । तर ती नाराहरु नारामै सिमित भएका छन् । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक द्वन्द्व र सरकारको काम गराइले पनि २०७६ साललाई नेपाली जनताले बिर्सन सक्ने अवस्था छैन । यसै सालमा प्रधानमन्त्री केपी ओलीको धेरै समय अस्पतालमा धाउँदैमा बितेको छ । उनी आफ्नो स्वास्थ्य उपचारका लागि गत श्रावण १८ गते सिंगापुर गए ।

‘आफूले मन्त्रालयको जरुरी काम परेर प्रधानमन्त्रीलाई भेट्न खोज्दा प्रधानमन्त्रीसँग भेट्न पाइनँ ।’ त्यसबेला अधिकांश मन्त्रीहरुले प्रधानमन्त्रीको सल्लाहकारहरुले आफूहरुलाई प्रधानमन्त्रीसँग पुग्नै नदिएको आरोप लगाएका थिए भने कतिपय नेताहरुले नै प्रधानमन्त्री निवास बालुवाटारमा आफ्नो सहज पहुँच नभएको बताएका थिए

उनी सिंगापुरमा एक साता बसेर स्वदेश फर्किए पनि लगत्तै भाद्र महिनामा फेरि सिंगापुर गए । त्यस समयमा कुनै न कुनै दिन प्रधानमन्त्री ओलीलाई अस्पताल गइरहनु पर्ने बाध्यता प¥यो । हुन त प्रधानमन्त्रीले आफूले दैनिक १८ घण्टा खटिएर काम गरिरहेका बताएका छन् । तर, उनकै पार्टीका सदस्यहरु र केही मन्त्रीहरुले समेत भेट्न नपाएको गुनासो गरिरहेका छन् । प्रधानमन्त्रीका सल्लाहकारहरुले आफूाहरुलाई व्यक्तिगत फाइदा हुने भए प्रधानमन्त्रीलाई भेट्न दिने र नभएर भेट्न नै नदिने आरोप पार्टीका नेताहरुबाटै लगाउँदै आएका छन् ।

गत मंसिरमा सरकारबाट बाहिरिँदै गर्दा तत्कालिन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले गुनासो गरेकी थिइन् । उनले त्यसबेला भनेकी थिइन्, ‘आफूले मन्त्रालयको जरुरी काम परेर प्रधानमन्त्रीलाई भेट्न खोज्दा प्रधानमन्त्रीसँग भेट्न पाइनँ ।’ त्यसबेला अधिकांश मन्त्रीहरुले प्रधानमन्त्रीको सल्लाहकारहरुले आफूहरुलाई प्रधानमन्त्रीसँग पुग्नै नदिएको आरोप लगाएका थिए भने कतिपय नेताहरुले नै प्रधानमन्त्री निवास बालुवाटारमा आफ्नो सहज पहुँच नभएको बताएका थिए । सत्ताधारी पार्टीकै वरिष्ठ नेताहरुले समेत आफ्नै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई भेट्न पाउँदैनन् भने अन्यको हालत कस्तो होला ?

प्रधानमन्त्री ओलीले आफू निकट व्यक्ति र सल्लाहकारहरुको सुझाव र प्रस्तावका आधारमा सरकारले गरेका कतिपय निर्णयहरु यसै वर्ष आलोचनाका केन्द्रविन्दुमा रहे । त्यसैको उदाहरण हो, यति काण्ड । यति समूहलाई ओली सरकारले ऐन नै परिवर्तन गरेर नेपाल ट्रष्टको नाममा रहेका जग्गाहरु कौडीको मूल्यमा लिजमा दिने निर्णय ग¥यो नेपाल ट्रष्टको अध्यक्ष गृहमन्त्री रहने प्रावधानलाई परिवर्तन गरेर उपप्रधान एवं रक्षामन्त्रीलाई ट्रष्टको अध्यक्ष बनाइयो, ट्रष्टका सदस्यहरु परिवर्तन गरियो । पहिला सदस्यहरुले यति समूहलाई जग्गा लिजमा दिन नहुने निर्णय गरेका भए पनि त्यसलाई उल्ट्याएर गोकर्ण रिसोर्टको म्याद ३० वर्षका लागि थपियो ।

खानेपानी तथा सरसफाइमन्त्रीले मेलम्चीको ठेकेदारसँग करोडौँ रकम मागेका र ठेकेदारले रकम दिन इन्कार गरेपछि खानेपानी मन्त्री विना मगरले ठेकेदारलाई नै भाग्नुपर्ने अवस्थामा पु¥याएको आरोप खानेपानी मन्त्रालयका तत्कालिन सचिव गजेन्द्र ठाकुरले पत्रकार सम्मेलन नै गरेर जानकारी गराएका थिए ।

उक्त रिसोर्टको म्याद सम्झौता अनुसार ६ वर्ष बाँकी रहेको थियो । जनस्तरबाट त्यसको व्यापक विरोध भएपनि ओली सरकारले त्यसलाई सच्चाउने काम गरेन । एकपछि अर्को विवादास्पद निर्णय गर्दै ओली सरकार अघि बढ्यो । ओली सरकारले सरोकारवालाहरुसँग कुनै छलफल नै नगरी गुठी विधेयक, आमसञ्चार विधेयक, मिडिया काउन्सिल विधेयक, सेना परिचालन सम्बन्धी विधेयक संसदमा दर्ता गरायो । ती सबै विधेयकको व्यापक विरोध भएपछि गुठी विधेयक भने सरकारले फिर्ता लिन बाध्य भयो ।

ओली सरकारका मन्त्रीहरु भ्रष्टाचारमा डुबेको आरोप सचिवहरुले नै लगाएका भएपनि त्यस्ता मन्त्रीहरुलाई बर्खास्त गर्नुको सट्टा थमौतीमा प्रधानमन्त्री नै लागे । जसको उदाहरण हो खानेपानी तथा सरसफाइमन्त्रीले मेलम्चीको ठेकेदारसँग करोडौँ रकम मागेका र ठेकेदारले रकम दिन इन्कार गरेपछि खानेपानी मन्त्री विना मगरले ठेकेदारलाई नै भाग्नुपर्ने अवस्थामा पु¥याएको आरोप खानेपानी मन्त्रालयका तत्कालिन सचिव गजेन्द्र ठाकुरले पत्रकार सम्मेलन नै गरेर जानकारी गराएका थिए । तर, प्रधानमन्त्री आफैँले उद्घोष गरेको शून्य सहनशिलताको नारालाई वेवास्ता गर्दै पार्टीका अर्का कार्यकारी अध्यक्षकी बुहारी भएकै नाताले उनलाई कारबाही गर्ने सहास देखाउन नसकेकाले प्रष्ट हुन्छ ओली सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको थियो र छ भनेर ।

पछिल्लो उदाहरण हो, कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्रीमा भएको घोटला । स्वास्थ्य सामग्रीमा व्यापक घोटला भएको र बजारमूल्य भन्दा निकै बढीमा समान खरिद गरिएका समाचारहरु प्रकाशित र प्रशारित भएपनि प्रधानमन्त्रीले त्यस विषयमा कुनै जवाफै नदिई भ्रष्टाचारमा संलग्न भएकाहरुकै बचाउमा लाग्न पुगे ।

प्रधानमन्त्रीले भ्रष्टाचारमा संलग्न भएका भनिएका व्यक्तिहरु मध्येका तत्कालिन सञ्चार तथा सूचनामन्त्री गोकुल बास्कोटालाई राजिनामा दिन लगाए पनि स्वास्थ्य उपकरण र औषधीमा भएको घोटला काण्डमा संलग्न भएकाहरुलाई कारबाही गर्नुको बदला अझ महत्वपूर्ण जिम्मेवारी दिँदै स्वास्थ्य उपकरण र औषधीमा भएको घोटला बारेमा बोल्ने स्वास्थ्य सेवा विभागका उपसचिवलाई स्वास्थ्य सेवा विभागमा सरुवा भएको ३ महिना नपुग्दै त्यहाँबाट अन्यन्त्र सरुवा गरिनुले प्रष्ट हुन्छ घोटलामा संलगन भएकाहरु कति प्रभावशाली रहेछन् भनेर । निजामति ऐन अनुसार एक ठाउँमा सरुवा भएका कर्मचारीलाई सामान्यता २ वर्ष नपुगी सरुवा गर्न पाइँदैन । तर, आफ्नै हात जगन्नाथ भन्ने उखानलाई ओली सरकारले चरिताथर्त गरेको छ । त्यो पनि झण्डै दुई तिहाइकै दम्भ न होला ।

सरकारको काम कारबाहीको विरोध गर्दा बेमौसी बाजा बजाएको भन्दै प्रधानमन्त्रीले सन्देश प्रवाह गरेकाले भ्रष्टाचारीहरुकै मनोबल बढाउने काम गरेका छन् । औषधी खरिद र उपकरणको बारेमा सञ्चारमाध्यमले समाचार प्रकाशित गरेपछि प्रधानमन्त्रीले औषधी खरिदका बारेमा आफूलाई थाहा नभएको भन्ने जस्तो गैरजिम्मेवारीपूर्वकको अभिव्यक्ति दिइनु लोकतन्त्रकै उपहास र खिल्ली उडाउनु हो ।

२०७६ सालमा मुलुकमा विभिन्न काण्डहरु भए त्यस्ता काण्डका बारेमा सरकारले कुनै छानविन गरेन । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रभावकारी बनाउने भन्दै राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्र्तगत ल्याए । तर, त्यसरी ल्याउनुको औचित्य पुष्टि हुन सकेको देखिएन । अहिले ती सबै विभागहरु सुस्त रहेका छन् । बालुवाटारको ललिता निवास जग्गा काण्डमा आफ्नै पार्टीका महासचिव समेत मुछिए । पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहित १ सय ७४ जना माथि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपनि महासचिव विष्णु पौडेलका छोरालाई उन्मुक्ति दिइयो । संघीय सरकारले गर्ने भनेका कतिपय कामहरु कागजमै सिमित भए ।

संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत आफ्नो भूमिका राम्रोसँग निभाउन नसकेकै कारण सरकार एकलौटी ढँगले अघि बढ्दै जाँदा कतिपय काण्डहरु घट्दै गए तर सरकार त्यस्त काण्डमा मुछिएका व्यत्तिहरुलाई कारबाही गर्न तयार देखिएन । स्वयम् प्रधानमन्त्रीले विभिन्न समयमा सञ्चार माध्यमहरुलाई गाली गर्दै सञ्चार माध्यमको उछितो काड्ने क्रम अहिलेसम्म पनि जारी रहेको छ । गत चैत्र २५ गते प्रधानमन्त्रीले देशबासीको नाममा दिएको सन्देशमा समेत सञ्चारमाध्यमको उछितो काडिएको छ । सरकारको काम कारबाहीको विरोध गर्दा बेमौसी बाजा बजाएको भन्दै प्रधानमन्त्रीले सन्देश प्रवाह गरेकाले भ्रष्टाचारीहरुकै मनोबल बढाउने काम गरेका छन् । औषधी खरिद र उपकरणको बारेमा सञ्चारमाध्यमले समाचार प्रकाशित गरेपछि प्रधानमन्त्रीले औषधी खरिदका बारेमा आफूलाई थाहा नभएको भन्ने जस्तो गैरजिम्मेवारीपूर्वकको अभिव्यक्ति दिइनु लोकतन्त्रकै उपहास र खिल्ली उडाउनु हो । त्यसैले औषधी खरिद काण्डमा भ्रष्टाचार भएको पुष्टि हुन्छ । तर प्रधानमन्त्री त्यसलाई बचाउ गर्न लागि परेका छन् ।

यसरी २०७६ साल मुलुककै लागि दुर्भाग्य सावित भएको छ भने स्वयम् प्रधानमन्त्री र उनका वरिपरी घुम्ने व्यक्तिहरुको लागि भने उत्साहजनक भएको छ । पछिल्लो समयमा मुलुक लकडानमा रहेपनि राहतको नाममा स्थानीय तहदेखि प्रदेश सरकार हुँदै संघीय सरकार समेत भ्रष्टाचारमा डुबेका छन् । गरिब र विपन्न जनतालाई दिइने राहतमा समेत भ्रष्टाचार भएका समाचारहरु प्रकाशित प्रसारित भएपनि प्रधानमन्त्री भने एकान्तबास बसेर रमाइरहेकाले २०७६ साल नेपाल र नेपाली जनताको लागि अभिशाप भएर वितेको छ । आशा गरौं २०७७ साल त्यस्तो नहोस् भनेर ।

नागरिक लगानी कोषबाट ऋण लिनेलाई ब्याजमा १०% छुट,

कोभिड-१९ का कारण अप्ठेरोमा परेका सेवाग्राहीका लागि नागरिक लगानी कोषले ब्याजमा केही छुट दिने भएको छ।

कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीले लिएको आवाश कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा व्याज भुक्तानी गर्ने सहभागीहरुलाई ब्याज भुक्तानीमा छुट दिने भएको हो।

अहिले पनि कोषले नियमित पैसा बुझाउनेलाई ब्याजमा निष्चित छुट दिँदै आएको छ। यो छुटसमेत गरी गत चैतदेखि २०७७ असारसम्मको व्याज असारभित्र बुझाएमा चार महिनामा पाकेको  व्याज रकममा १० प्रतिशत छुट उपलब्ध हुने छ।

कोषको बिहीबार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको अवस्थालाई मध्यनजर गर्दे यस्तो निर्णय गरेको जनाएको छ।

कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा उसको हकवालालाई क्षतिपूर्ति वापत २ लाख रुपैयाँ प्रदान गरिने भएको छ।

८/९ प्रतिशतमा निक्षेप लिए २ प्रतिशतमा कर्जा दिन बैंकहरु सक्दैनन् : यो बेला ठूलो आर्थिक अपेक्षा राख्नु गलत हुनेछ

ज्योति प्रकाश पाण्डे नेपालको बैकिङ्ग इतिहासमा चिनाई राख्नु पर्ने नाम पक्कै होइन । बैकिङ्ग इतिहासमा ३ दर्शक विताएका पाण्डे चर्चित बैंकरहरुको सूची भित्र पर्ने नाम हो । सालिन स्वभाव र सोच विचार पु¥याएर निर्णय लिने बैंकर भित्र पाण्डेको नाम अग्रपंक्तिमा पर्दछ । कमै वाणिज्य बैंकहरुले पाउने लण्डनबाट दिइने बैंक अफ दि इयर ५ पटक पाएको एउटै मात्र बैंक हो नेपाल इनभेष्टमेण्ट बैंक भन्दा फरक पर्दैन । नेपालको निजी क्षेत्रको पूरानो र लाखौं ग्राहक, ठूलो शाखा सञ्जाल र आधुनिक बैकिङ सफ्टवेयरबाट कारोबार गरेको नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुन ज्योति प्रकाश पाण्डे ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो अब रहेन । केही संकेतहरु देखिएका छन् । वैशाख १५ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन र हुँदैन पनि ।

यो अवस्थामा पनि नेपालको निजी क्षेत्रको ठूलो बैंक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ५८÷५९ शाखाबाट सेवा प्रदान गरिरहेको देखिन्छ । नेपाल इन्भेष्टमेण्ट बैंकले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न केही शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु छन् ।

शाखा खुलेको मात्रै छ कि कारोबार पनि भएका छन् । बैंकको कर्मचरीको स्वास्थ्य अवस्था कस्तो छ । कोरोना भाईरसका कारण नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ने देखिन्छ र केही पछि आउने बैंकहरुको वित्तिय विवरणमा यसले कस्तो असर गर्ने देखिन्छ र नेपाल बैंकर्स एसोशियशनले हालै मुद्दती खाता र बचत खातामा डिपोजिट ब्याजदर घटाएको देखिन्छ ।

विश्वभरी फैलिएको कोरोना भाईरसका कारण नेपाल अछुतो रहेन । यसले नेपालको अर्थतन्त्र र नेपालको बैकिङ्ग प्रणालीलाई कस्तो असर पर्ला यी र यस्तै विषयमा नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेसंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० नेपालको पूरानो र ठूलो बैंक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले यो विशम र अप्ठ्यारो परिस्थितिमा कसरी सेवा दिइरहेको छ ?
हामीले राम्रो सेवा प्रदान गरेको छौं । बैंक अत्यावश्यक बस्तु भित्र पर्ने भएकाले बैंक खोल्नु वाध्यता हो । यो बेला हामीले ५८÷५९ वटा शाखा खोली अरु बैंकको जस्तो सेवा दिएका छौं । स्थानीय तहहरुमा एटिएम छैन । त्यहा शाखा खोलेर नै सेवा दिनुपर्ने अवस्था छ । औषधी मुलो, खाद्यान्न, तेल, तरकारी, दुध आदि बस्तु किन्न पैसा त ग्राहकहरुलाई दिने दायित्व हाम्रो हो । त्यो हामीले गरेका छौं । अरु एलसी, बैंक ग्यारेन्टी, अत्यावश्यक सामाग्रीहरुको लागि गरेको अवस्थामा छ ।

अर्को कुरा हाम्रो बैंकले काठमाडौंका ९÷१० ठाउँ उपत्यका बाहिर पनि खोलेका छौं । गाउँपालिकाहरु जस्तै लम्की र स्याङ्जामा पनि खोलेर सेवा दिएका छौं । टि टि मार्फत सामान ल्याउने काम गरिदिएका छौं । रेमिटेन्सका सबै काम भएका छन् । हामीले ग्राहकलाई सक्दो सहयोग गरेको अवस्था छ । कारोबार घटेको छैन हाम्रो बैंकमा । काठमाडौं, बिरगंज, भैरहवामा कारोबार ठिक छ यसरी हेर्नुपर्ला नि ।

० यो विषम परिस्थितिमा बैकमा आएर कामगर्ने कर्मचारी साथीहरुको स्वास्थ्यबारे चाही तपाई कति चिन्तित रहनु भएको छ सीइओ साब ?
यो बेला कर्मचारी मात्रै होइन लाखौं ग्राहक, प्रोमोटर, शेयरधनी लगायत सबै जनताको स्वास्थ्यको कुरा गर्नपर्छ । अर्को कुरा कर्मचारी साथीहरुका बारे हामी सचेत र सजक छौं । रोगसंग लडन तत्कालका लागि चाहिने सबै स्वास्थ्य सामाग्री दिएका छौं । ल्याउने लैजाने काम गरेका छौं । विहानको समयमा करिब ८० स्टाफ राखेर काम गरेका छौं । हामी नै ग्राहकको ज्वरो नापेर मात्र बैंक छिराउने पहिलो बैंक हो । आफैले विभिन्न शाखामा गएर निरिक्षण गर्ने गरेको पनि छु ।

० राष्ट्र बैंकले बैंकका ग्राहकहरुका लागि ल्याएका सहुलियतका प्याकेजलाई कसरी लिनु भएको छ त ?
१९ बुँदे कार्यक्रम सकारात्मक छ । केन्द्रीय बैंकले ल्याएको यो पहिलो चरणको प्याकेज हो ।
उद्योगहरु चल्न सकेका छैनन् । पर्यटन व्यवसाय बन्द छ । असारसम्म लोनलाई सम्बोधन गरेर केही पुग्दैन भन्ने लाग्छ ।

केही उद्योग खोलेका पनि छन् । हामीले फाइनान्स गरेका तर यो कति सम्म चल्ने हो । त्यो निश्चित छैन् । होटल बन्द छन् । साच्चै भन्ने हो भने पर्यटन २०२१ सम्मा पनि नबन्ने देखिनन्छ । यो संसारभरी छ । चीन र भारतमा पनि छ । चाडै राम्रो भयो भने त चल्ला यो कति लम्बिने हो । त्यसमा भर पर्ने देखिन्छ । यो बेला अमेरिका, युरोप, कतैबाट पनि पर्यटक आउने अवस्था छैन् । उद्योग पनि बन्द छ । कृषिका काम पनि बन्द जस्तै छन् । यसले बैंकको किस्तामा असर पर्दछ ।

हाइड्रोपावर लगायतका आयोजनाहरु लम्बिने सम्भावना छ । श्रमिकहरु घर गएका छन् । कहिले फर्किने हो टुंगो छैन । त्यसैले अहिले आएको प्याकेजले मात्रै पुग्दैन । राज्यले समयमै सानादेखि ठूलासम्मलाई समेटेर प्योकज ल्याउनु जरुरी देखिन्छ ।

० सीइओ साब कस्तो उद्योगधन्दालाई सबैभन्दा बढि यो लकडाउनले असर पारेको पाउनु भएको छ ?
हेर्नुहोस् एउटा उदाहरण पोल्ट्री फार्मको बेहाल छ । बन्द जस्तै छ । किस्ता आएको छैन । कुखुरालाई खुवाउने दाना अभाव छ । साना देखि ठूला पोल्ट्री फर्ममा अण्डाको विक्री भएको छैन । कुखरा विकेको छैनन् भनिन्छ यो एउटा उदाहरण मात्रै हो ।

यस्तै सयौ व्यवसायी अहिले नराम्रो गरि थला परेका छन । यी र यस्तामा बैंकहरुको कर्जा छ । त्यो कसरी बचाउने यो चिन्ताको विषय बनेको छ । खर्च बढेको छ आम्दानी छैन । २÷३ महिनाको व्याज थपिएपछि कर्जा उठ्न गाह्रो पक्कै होला कामदार घर पुगेका छन् । कच्चा पदार्थ अभाव छ । अर्को कुरा निर्माणका काम बन्द छन् । बाटो निर्माण बन्द छ । यसबाट बैंकलाई नै असर पर्ने हो । यस्तै असार लागेपछि खेतीपाती धान रोप्ने बेला हो । कामदार उतै बस्ने गर्दछन् । यसले उद्योगलाई असरपर्ने प्रस्टै छ । अवस्था नाजुक छ नि ।

० सीइओ सर केही दिन भित्रै बैंक र वित्तिय संस्थाहरुको वित्तिय विवरण आउने देखिन्छ । लकडाउनले यसमा चाही कस्तो प्रभाव पर्दा त ?
चैत्रको व्याज असारमा तिर्ने भएपछि रिजल्र्ट राम्रो नहोला । लकडाउनले इम्पोट छैन । लकडाउन भएको छ । खुद नाफामा फरक नपरे पनि वितरण योग्य नाफामा चाहि केही फरक पर्ने छ । बैंकहरुले लिने शुल्क फ्रि सबै यो बेला छैन । कमिशन आउने काम भएको छैनन् ।

समग्रमा भन्दा बैंकले लाभ लिने काम लकडाउनमा नभएका कारण नाफामा त असर पक्कै हुन्छ । अर्को कुरा डिपोजिटको क्षेत्रमा भोलिका दिनमा रेट झर्दैछ । साढे ५ प्रतिशत सेभिङ्गमा जान्छ । २७ वटै वाणिज्य बैंकको निर्णय भएको छ । एफडीको हकमा १ प्रतिशत थपिन्छ । यसले पनि अलिकति अफ फन्ड घटाउछ । यसले गर्दा उद्योगीहरुलाई राहत पनि मिल्ने संकेत चाही होला ।

राष्ट्र बैंकले जारी सीएसआर घटाएर ३ प्रतिशतमा ल्याएको छ । यसले पनि ठूलो राहत हुने देखिएको छ । तर, यसको ओभरअल असर फिगरमा कति होला भन्न केही समय लाग्ला । यो कति लम्बिने हो । यसबाट सबै कुराका फिगर अगाडी आउने देखिन्छ ।

० यो बिशम अवस्थामा २७ वाणिज्य बैंकहरुले ब्याजदर घटाउने कारण चाही के हो ?
व्याजदर घटेको छ । विदेशमा भन्दा नेपालमा बढि छ । यो बुझ्नु जरुरी छ । बेष्ट रेट घटाएपछि कर्जाका ग्राहकलाई राहत हुन्छ । डिपोजिट कममा उठाएपछि स्वत कर्जामा पनि ब्याज घट्ने छ । अर्को कुरा हाम्रा शेयरधनी, ऋणीहरु सवैलाई हेर्नुपर्दछ ।

० सीइओ साब नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधीहरुलेनै गर्भनर सावलाई पत्र बुझाएर २ प्रतिशतमा कर्जा उपलब्ध गराउनमाग गरेको अवस्था पनि छ नि ?
तपाईलाई थाहा नै छ । हामीले यस अगाडी ९ प्रतिशत भन्दा बढिमा डिपोजिट लिएका छौं । अनि २ प्रतिशतमा कर्जा दिन सक्ने कुरै भएन । महंगोमा किन्ने र सस्तोमा बेच्ने काम संसारमा कहाँ हुन्छ ?

हामी बैंकहरुले गर्न सक्दैन । राज्यले नै उद्योगी र व्यवसायीहरुलाई राहत उपलब्ध गराउने हो । हामीले त सहयोग पु¥याउने मात्रै हो । बैंक पनि व्यवसाय हो । हामी बच्नु प¥यो । हाम्रा डिपोजिटका ग्राहकलाई व्याज हामीले खुवाउनु पर्दछ । समस्या सबैमा छ, सबै मिलेर यो समस्या समाधान गर्नु नै अहिलेको प्रमुख चुनौती हो यसरी बुझ्नु जरुरी छ ।

० नेपालकै ठुलो बैंक नेपाल इन्भेष्टमेन्ट बैंकले राज्यले कोरोना बिरुद्ध लड्न स्थापना गरेको कोषमा कस्तो सहयोग गरेको छ ?
हाम्ीले १ करोड रुपैया दिएका छौं । केही स्थानियतह गाउँपालिका र काठमाडौंका केही कार्यालयबाट पनि सहयोगको माग बढेको छ । उनीहरुलाई ५० हजार देखि १ लाख दिने पक्षमा छौं । हामीले सधैं गरिहरेकै छौं । हिजो भूकम्पमा पनि हामीले राज्यलाई सहयोग गरेको इतिहास छ नि ।

० सीइओ साब हामीले भूकम्प, नाकाबन्दी भोग्यो । राजनीतिक परिवर्तन हेर्न पायौं । सामाजिक परिवर्तनका कुरा पनि देख्यौ तर, अदृश्य शक्तिका रुपमा विश्वभरी फैलिएको कोरोना भाईरसका कारण हामी पनि अछुतो रहेनौ र अहिले जीवनमै नदेखेको लकडाउनमा नेपाल छ र नेपाली घर भित्रै छन् । यसको पाठ सिक्दै अब कस्तो तयारी गर्नु पर्ला त ?
अत्यन्तै सान्दर्भिक र मार्मिक प्रश्न सोध्नुभयो भुपेन्द्रजी, यो विश्वभरी फैलिएको रोग हो । भूकम्प हाम्रामा मात्रै आयो तर यो महामारी संसारभरी छ । असर विश्वभरी परेको छ । हामीलाई पनि पर्ने निश्चित छ । अमेरिका यूरोप जस्ता देश अहिले रोहिरहेका छन् । हामी त के कुरा गर्ने तर पनि यसबाट अवसर पनि आउने गर्दछ । निरास हुनुहुदैन । रोगथामका सबै उपाय अपनाउनु पर्दछ । मानवजीवन बचाउन राज्य सबै राजनीतिक पार्टी व्यवसायी बैंकर यो अवस्थामा एकजुट भएर काम गर्नु पर्ने अवस्था चाही छ नि ।

० कोरोना भाईरसले नेपालको अर्थतन्त्र चलायमान बनाउने रेमिटेन्सलाई चाहि कस्तो असर पर्ला ?
अति नै ठूलो असर शुरु भएको छ । विश्वनै लकडाउनमा छ । यहाँ भएका नेपाली पिडामा छन् । दुखमा छन् । काम गरेको छैन अनि पैसा कसरी आउने । हाम्रो नेपाल इन्भेष्टमेण्ट बैंकमा मासिक १ देखि १२ करोड हरेक महिना रेमिटेन्स आउने गर्दछ । रेमिटेन्स कम्पनीहरुबाट पनि आएको छ । यसमा अब चाहि ओभरअल फरक पर्ने देखिन्छ ।

कोरोनाका कारण अवस्था लम्बिदै गयो भने त गाह्रो होला तर २÷३ महिना पछि सहज भयो भने आत्तिनु पर्ने अवस्था नहोला । विपत गएपछि विकास जहाँ पनि हुनछ । कामदार चाहिन्छ । रेमिटेन्स आउने भनेको गल्फकन्ट्री लगायत कोरिया, मलेसिया, जापान र यूरोपका केही देश हुन । अहिले घटेको छ । कम आएको छ तर आत्तिनु पर्ने छैन । केही समयपछि विश्वभरी नै केही प्रगति पक्कै होला र विकासका काम शुरु हुने नै छन् ।
त्यस बेला जनशक्ति चाहिन्छ । त्यो हाम्रो मा छ । त्यसपछि अर्थतन्त्र चलायमान पक्कै हुने छ नि ।

० कोरोना भाईरसले नेपाली अर्थतन्त्र र नेपालको बैकिङ्ग प्रणालीलाई चाहि कस्तो प्रभाव गर्ने देखिन्छ ?
पहिलो कुरा त यसले स्टिल उद्योग, सिमेन्ट उद्योग, हाईड्रो पावर , पर्यटनका सबै पक्ष होटल रेष्टुरेष्टमा र्भको असर सीधै अर्थतन्त्रमा पुग्दछ । लामो समय बन्द भए कष्ट फण्ड बढे टेण्डर प्रक्रिया लामो हुने गर्दछ । यसले सबै कुरामा कष्ट फण्ड बढेर जानेछ ।

८ वाट १०÷११ पुग्न सक्दछ यसको सिधै असर अर्थतन्त्रमा पर्दछ । त्यसको चर्कोमार बैंक र वित्तिय क्षेत्रमा पर्ने निश्चित छ । त्यसकारण समयमै चनाखो भएर सोच विचार गरेर सरकारले कार्यक्रम ल्याउनु पर्दछ । बैंकहरुलाई राष्ट्र बैंकले केही कुरा ल्याउला नै सबै बच्नु प¥यो हामी बैंक हाम्रा ग्राहक प्रोमोटर बचाउनु प¥यो ।

जे भए पनि आजका दिनसम्म यसले अर्थतन्त्रमा केही असर गरिसकेको देखिन्छ । अर्थतन्त्रमा भएको यो संकट समाधानमा केन्द्रीय बैंक एक्लैले केही गर्न सक्ने अवस्था अब रहेन । अहिले वित्तीय क्षेत्रसँगै प्रत्यक्षरुपमा पर्यटनजस्ता क्षेत्रमा ठूलो असर गरेको छ । यी क्षेत्रहरु रिकभर हुनका लागि पनि एकदेखि डेढ वर्षसम्म समय लाग्न सक्दछ ।

किनभने पर्यटन क्षेत्र रातारात सम्हाल्न सकिने क्षेत्र होइन । र, कोरोना भाइरसको असर छिट्टै हट्ने संकेत देखिदैन । सबैभन्दा पहिले त पर्यटकहरुमा आत्मविश्वास जगाउनु महत्वपूर्ण हुन्छ । दोस्रो कुरा यस संकटले मारमा परेको क्षेत्रलाई फेरि पुर्नजन्म गराउनु पर्ने दायित्व बढेको छ । अन्य देशको संकटको तुलनामा नेपालको संकट अझ ठूलो हुन्छ । किनभने आत्मनिर्भर छैनौं ।

साथै नेपालको वित्तीय क्षेत्रमा कर्जाको क्षेत्रमा पनि यसले ठूलो असर गर्नेछ । जसको प्रेसर बैंकिङ क्षेत्रमा पर्नेछ । खराब कर्जाको मात्रा बढ्नेछ । आर्थिक संकटले गर्दा जीडीपी पनि ५ देखि ७ प्रतिशतले घट्ने आँकलन गरिएको छ । साथै बैंकको कर्जामा ठूलो असर पर्नुका साथै बढ्ने खराब कर्जाका कारण सेयरधनीहरुले पाउने लाभांशमा समेत असर गर्ने देखिन्छ । सबै कुरा ठप्प छन् । अर्थतन्त्र कसरी चलायमान हुन्छ । कल्पनासम्म गर्न गाह्रो छ भूपेन्द्रजी ।

० राष्ट्र बैंकमा हालै नयाँ गर्भनर आउनु भएको छ । उहाँबाट तपाईहरुको आशा चाहि के छ ?
गर्भनर महाप्रसाद अधिकारीज्यू बैकिङ्ग बुझेको अनुभवी र दक्ष गर्भनर मुलुकले पाएकोमा हाम्रो बैकिङ्ग प्रणाली खुशी छ । हामीसबैले चाहेको शालिन स्वभावको र सोचेर निर्णय लिने गर्भनर हामीले पाएका छौं ।
तर, यो जटिल अवस्थामा आउनु भएको छ । सबैलाई साथ लिएर अर्थतन्त्रका सूचकहरुलाई बचाउने दायित्व उहाँमा पक्कै बढेको चाही छ ।

अर्को कुरा राष्ट्र बैंक भित्रै ३० वर्ष विताएका अनुभवी र मुलुकको विकासको रेखा कोर्ने, नेपाल लगानी बोर्डमा काम गरेका मान्छे गर्भनर हुन भएको छ । बैकिङ्ग प्रणाली पक्कै खुशी छ ।

० अन्त्यमा लाखौं ग्राहक, शेयरधनी, प्रोमोटर र नेपाली जनतालाई केही भन्नु छ ?
यो समय धैर्य धारण गर्ने समय हो । घरमै बसेर इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्गबाटै कारोबार गरौं । अति आवश्यक सामान किन्न मात्रै एटिएम जाऔं । परिवारसंगै बसौं, त्रसित नबनौ । विश्वव्यापी रुपमा फैलिएको यो कोरोनाको महामारीबाट तपाई, तपाईको परिवार आफन्तजन र जनता बचाउने कर्तव्य तपाई हाम्रो काँघमा आएको छ । यो बेला सबैलाई दुःख छ । गाह्रो छ । सहयोग गरौ, संयम बनौ, राज्यले र विश्व स्वास्थ्य संगठनले दिएका निर्देशन पूर्ण पालना गरौं ।

विशम परिस्थितिमा ठूलो आर्थिक आकाक्षा पटक्कै नराखौं

नेपालको जेठो बैंक नेपाल बैंकबाट बैंकिङ करिअर शुरु गरेका कृष्णराज लामिछाने बैंकिङ क्षेत्रमा करिब ३ दर्शकको अनुभव भएका बैंकर मानिन्छन् । महालक्ष्मी विकास बैंकमा सीईओको कार्यभार सम्हालेका लामिछानेले सबै कोणबाट महालक्ष्मी बैंक लिमिटेडलाई नेपालको नम्बर वान विकास बैंकको रुपमा स्थापित गराउने आफ्नो लक्ष्य रहेको बताउछन् ।

महालक्ष्मी फाइनान्स, मालिका विकास, सिद्धार्थ फाइनान्स मिलेर बनेको महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट बैंकबीचको सफल मर्जरपछि चुक्तापुँजी, शाखा सञ्जाल, निक्षेप संकलन, कर्जा प्रवाह लगायतका आधारमा सबैभन्दा ठूलो विकास बैंक बनेको महालक्ष्मी विकास बैंक भन्दा फरक पर्दैन ।
विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका लामिछाने सालिन स्वभाव र सोच विचार गरेर निर्णय गर्ने बैंकरहरुको सूचि भित्र पर्दछन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । यही वैशाख १५ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन ।

यस्तो अवस्थामा पनि नेपालका विकास बैंकहरुले सेवा प्रदान गरिरहेका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका विकास बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न सिमित शाखाहरु खोलेर सेवा दिइरहेका छन् । यस्तो अवस्थामा महालक्ष्मी विकास बैंकले शाखा खोलेर सेवा दिएको छ ।

विकास बैंक मात्रै खुलेका छन् कि कारोबार पनि भइरहेको छ । बैंकका कर्मचारीहरुको कस्तो सुरक्षा विधि अपनाइएको छ र नेपालका विकास बैंकहरुले कसरी सेवा दिइरहेका छन् भनेर जानकारी लिन डेभलपमेन्ट बैंकर्स एशोसियन नेपालका पूर्व अध्यक्ष एवं महालक्ष्मी विकास बैंकका सीइओ कृष्णराज लामिछानसंग भूपेन्द्र आचार्यले गरेको कुराकानीः–

० हामीलाई थाहा नै छ कोरोना भाईरसको आक्रमणबाट विश्व नै त्रसित छ । हजारौले ज्यान गुमाएका छन् । लाखौं बिरामी छन् । नेपाल अहिले वैशाख १५ गतेसम्म पूर्ण लकडाउन छ । यो विशम र अप्ठ्यारो परिस्थितिमा महालक्ष्मी विकास बैंकले कस्तो सेवा दिइरहेको अवस्था छ ?
अहिले आफै उच्च सचेत भएर सेवा दिनु पर्ने बेला छ । हामी ग्राहकहरुलाई पैसा झिक्न नपाएर औषधी र खाद्यान्न किन्न नपाइने अवस्था पटक्कै आउन दिने छैनौ । जीवनलाई जोखिममा राखेर जनतालाई सेवा दिईरहेका छौं ।

अरु विकास बैंकले पनि ग्रामीण र शहरी सबै ठाउँमा यो दुखको घडीमा जीवनलाई जोखिममा राखी सेवा दिएका छौं र बचतकर्ताको उच्च मनोबल बनाउने काम गरेका छौं नि ।

साथै सबै भन्दा धेरै शाखा खोलेर सेवा दिने बैंक महालक्ष्मी विकास बैंक नै हो । १०५ शाखा देखि सबै एटिएम खोली सेवा दिएका छौं । अब वैशख देखि चाही आधा मात्रै खोल्ने सोचमा छौं । अर्को कुरा जिल्ला र स्थानीय तहमा चाही भनेर स्थानीय तहले भनेका छन् । तरपनि हामीले सबैसंग कुरा गरेर जनतालाई पैसाको खाचो हुन दिएका छैनौ ।

० अहिले यो विशम परिस्थितिमा विकास बैंकहरुले डिपोजिटका व्याजदर घटाएको अवस्था पनि छ नि ?
हो हामीले घटाएका छौं । निक्षेपमा कस्तीमा ५.७ बढिमा ६ बचत खातामा र मुद्दतीमा ९ प्रतिशत व्यक्तिगत तर्फ र संस्थागत तर्फ ८ प्रतिशत दिने निर्णय संघले गरेको छ । अर्को कुरा निक्षेपमा व्याजदर घटेपछि कर्जामा पनि घट्ने निश्चित छ । हामीले जसरी बचत खरिद गरेका छौं । त्यसरी नै विक्री गर्ने हो । वेष्ट रेट घटेपछि केही महिनामा कर्जाको ब्याजदर घट्ने निश्चित छ नि ।

० देश लकडाउन भएको अवस्थामा खुलेका बैंकका शाखाहरुमा काम गर्ने कर्मचारी साथीहरुको स्वास्थ्य अवस्थाबारे चाहि कत्ति सचेत रहनु भएको छ, सीइओ साब ?
महत्वपूर्ण प्रश्न सोध्नु भयो । कर्मचारी हाम्रा सम्पत्ती हुन् । सम्पत्तीको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो । हाम्रो पहिलो प्राथमिकता भनेकै कर्मचारी साथीहरुको सुरक्षा नै हो । यो सत्य हो अर्को कुरा हामीले सेनिटाइजर, माक्स र पञ्जाको पर्याप्त व्यवस्था गरेका छौं ।

ज्वरो नाप्ने मेसिनको व्यवस्था गरेका छौं । ज्वरो आएका ग्राहकहरुलाई बैंक प्रवेश निषेध छ । केही टाढाबाटै कारोबार गर्ने व्यवस्था मिलाईएको छ । ग्राहक कम आएका छन् । कारोबार कम छ । भीड भाड पटक्कै छैन । त्रसित हुने ठाउँ छैन नि ।

० कर्मचारी जो बैंकका शाखा खोली सेवा दिएका छन् । उनीहरुको लागि राहतका प्याकेज ल्याउनु भएको छ, यसको आवश्यकता छ कि छैन त ?
यो रेगुलर काम नै हो । कर्मचारी साथीहरु आलोपालो गरेर काममा आउनु भएको छ । बीमा हाम्रा कर्मचारी सबैको पहिला नै गरिएको छ । अरु सुविधा बारे छलफल हामीले गर्ने नै छौं । यो कति समय लम्बिने हो । त्यसमा भरपर्ने छ नि ।

० राज्यले कोरोनाबाट लड्न स्थापना गरेको राज्यकोषमा कस्तो सहयोग छ । तपाईको महालक्ष्मी विकास बैंकको सीइओ साब ?
यो बेला सबै नेपाली एक भएर लाग्नु पर्दछ । सरकारलाई हाम्रो साथ सधै रहने नै छ । हामीले नगद देखि राहतका सामाग्री समेत दिएको अवस्था छ । हामीले विकास बैंकहरुमा सबै भन्दा बढि रकम ५० लाख दिने निर्णय गरेका छौं ।

अर्को कुरा के महत्वपूर्ण छ भने पैसामा भन्दा अहिले अरु कुराको आवश्यकता बढेको छ । राहतकोष केन्द्रीय कोषमा १२ लाख र ७ वटै प्रदेशमा ४÷४ लाख गरी २८ लाख स्थानीय तहमा १० बराबरको मजदुर, कामदार, गरिबहरुलाई हातमुख जोड्न समस्या नहोस भनेर प्रहरी संगको सहकार्यमा खाद्यान्न सामाग्री वितरण गरेको अवस्थामा छ । अब स्थानीय तहमा पनि खाद्यान्न दिने काम हामीले गर्दैछौं । यो विपतको बेला हाम्रो दायित्व बढेको छ । त्यो पूरा गर्ने काममा हामी बैंक र बैंकर लागि परेका छौं ।

० राज्यले ग्राहकका लागि ल्याएको पहिलो चरणका सहुलियतका प्याकेजलाई कसरी लिनु भएको छ नि ?
सकारात्मक छन् । तर, अपूग होला जस्तो देखिन्छन् । अर्को कुरा के छ भने राष्ट्र बैंकले दिएको निर्देशन अनुसार ग्राहकहरुलाई गत चैत्रसम्म कर्जाको साँवा ब्याज हाल्न छुट दिएका छौं । कुनै शुल्क हामी लिदैनौ । बैंक भनेको ग्राहकमुखी सेवा हो ।

अहिले राष्ट्रिय समस्या आएको छ । कोरोना भाइरसले देश लकडाउनमा छ यो हामीले बुझेका छौं । हामी पनि यही समाजका मान्छे हौ । हामी सहयोग पक्कै गर्दछौं ।

अहिले नाफा नोक्सान र हिसाब किताब हेर्ने बेला होइन । यो भन्दा माथीको कुरा छ । स्वास्थ्य यसबारे सबैले सोच्नु प¥यो । देश बचाउनु प¥यो । कोरोनाले खुद नाफा नघटे पनि वितरणमुखी नाफा घट्ने प्रस्तै छ । असर पर्ने निश्चित छ ।

साथै अर्को महत्वपूर्ण कुरा केछ भने वैशाख जेष्ठ असारको किस्ता थपिदै जाने हो कि भन्ने डर पक्कै छ । जति लकडाउन बढ्ने छ । त्यति नै राहत चाहिने देखिन्छ । त्यसैले राष्ट्र बैंकले अध्ययन र अनुसन्धान गरेर राहत प्याकेज ल्याउन प¥यो ।

अर्को कुरा राज्यलेनै सबैलाई समेटेर एउटा महत्वपूर्ण प्याकेजको अहिले जरुरी देखिन्छ । कोरोनाबाट पीडितका लागि चाही तत्कालै राज्यले आर्थिक प्योकज ल्याउन पर्दछ ।

० बैंक, विकास बैंक र वित्तिय कम्पनीहरुको रिजल्र्ट आउने यो बेला, यसलाई लकडाउनले कस्तो असर पर्ला ?
अहिले नाफा नोक्सान र हिसाब किताब हेर्ने बेला होइन । यो भन्दा माथीको कुरा छ । स्वास्थ्य यसबारे सबैले सोच्नु प¥यो । देश बचाउनु प¥यो । कोरोनाले खुद नाफा नघटे पनि वितरणमुखी नाफा घट्ने प्रस्तै छ । असर पर्ने निश्चित छ ।

कर्जाका साँवा व्याज १५ प्रतिशत भन्दा बढि आएको छैन । पीडा, दुःखको बेला बैंक चुप लागेर बसेका छन् । कर्जाका ग्राहकलाई फोन गरेका पनि छैनौ नि ।

० कोरोना भाईरसको पाठ सिक्दै अब चाही के तयारी गर्नु पर्ला त सीइओ साब ?
हेर्नुहोस सबै कुरा भोगेका हामी नेपालीले लकडाउन भोगिरहेका छौं । यसबाट धेरैकुरा सिक्नु पर्दछ । रोगसंग लड्ने उपकरण, रोगथामका उपायको खोजी अब राज्यले गर्नु पर्ला ।

साना ठूला अस्पताल बनाउदै डाक्टर नर्स उत्पादन गर्नुपर्ला । यसका लागि हामी तयार छौं । बैंकहरुले कर्जा लगानी गर्दै र राज्यलाई साथ दिनपछि पदैनौ । यो विपतीमा हामी सचेत रहँदै यसबाट मुक्ति पाउनतिर लाग्नु प¥यो । पहिलो मानव क्षती हनु भएन त्यसका लागि यसका उपाय अबलम्बन गर्नुप¥यो नि ।

हामीले चाहेका राम्रा मान्छे गर्भनर पाएका छौं । उहाँ ३० वर्ष राष्ट्र बैंक भित्रै बसेर बैंकिङ्ग र वित्तिय प्रणालीलाई बुझेको मान्छे हुनुहुन्छ । अर्को कुरा नीति निर्माण गर्ने ठाउँ नेपाल लगानी बोर्डमा समेत काम गरि सकेको मान्छेबाट बैकिङ्ग क्षेत्रले ठूलो आशा गरेको छ ।

० कोरोना महामारीका कारण विश्व अर्थतन्त्र तहसनहस भएको अवस्था छ । यसले नेपालको अर्थतन्त्र माथी कस्तो असर पर्ला ?
भूपेन्द्रजी । महत्वपूर्ण प्रश्न सोध्नु भयो । देश समस्यामा छ । विश्व बजारमा अर्ततन्त्रका सूचकमा गिरावट आएको छ । बैदेशिक सहायता आउनेमा शंका उठेको छ । यसले असर पककै हुन्छ ।अर्को कुरा कोरोनाका कारण मारमा परेका पर्यटन, होटल, यातायात, स्कूलको कुरा छ । त्यहाँ बैंकको पैसा गएको होला ति क्षेत्रमा पनि सोच्नु प¥यो ।

अर्को हवाई क्षेत्रको कुरा छ । त्यसमा पनि कर्जा छ होला । यी क्षेत्रलाई समेटेर अध्ययन गरेर ठूलो राहत आउन जरुरी छ नत्र यी क्षेत्र तग्रिन लामो समय लाग्ने छ । यसले अर्थतन्त्रलाई कस्तो असर पर्ने हो सोच्न सकिन्न ।

० राष्ट्र बैंकले हालै नयाँ गर्भनर पाएको छ । उहाँबाट कति आशावादी हुनुहन्छ त ?
हामीले चाहेका राम्रा मान्छे गर्भनर पाएका छौं । उहाँ ३० वर्ष राष्ट्र बैंक भित्रै बसेर बैंकिङ्ग र वित्तिय प्रणालीलाई बुझेको मान्छे हुनुहुन्छ । अर्को कुरा नीति निर्माण गर्ने ठाउँ नेपाल लगानी बोर्डमा समेत काम गरि सकेको मान्छेबाट बैकिङ्ग क्षेत्रले ठूलो आशा गरेको छ ।

गर्भनरमा हुनुपर्ने गुण उहाँमा छ । यो विशम परिस्थितिमा आउनु भएको छ । साथै संकटको बेला सहि र राम्रा व्यवस्था गर्ने पात्रका रुपमा उहाँलाई लिनुपर्दछ । उपयुक्त समयमा उपयुक्त नीतिगत निर्णय गर्ने क्षमता उहाँमा छ । यो संकटको बेला राष्ट्र बैंकले सहि र उपयुक्त गर्भनर पाएको देखिन्छ ।

० अन्त्यमा लाखौं ग्राहक, प्रोमोटर, शेयरधनी र नेपाली जनतालाई केही भन्नु छ ?
यो अप्ठ्यारो समय हो । यो चाडो अन्त्य हुने विश्वास हामी सबैले गर्ने पर्दछ । सकारात्मक सोचौं । घरबाटै काम गरौ विश्व स्वास्थ्य संगठन र सरकारले दिएका निर्देशन पूर्ण रुपमा पालना गरौं ।

आफू बचौं, परिवार र जनता र देश बचाऔं । सक्दो सहयोग सबैले गरौं । ठूलो आर्थिक आकाक्षा पटक्कै नराखौं । अहिले संकटलाई समाधान गरौं । आर्थिक पाटो त फेरि चलायमान गर्न सकिन्छ नि ।

वायु सेवा निगमका कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव घिमिरेलाई निगमका अध्यक्षमा नियुक्त गरेको उच्च स्रोतले राससलाई जानकारी दिएको छ ।

तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि तीन महिनादेखि निगमको कार्यकारी अध्यक्ष पद रिक्त थियो । नवनियुक्त घिमिरे यसअघि पनि पर्यटन सचिवको जिम्मेवारीमा रहँदा निगम सञ्चालक समिति अध्यक्ष बन्नुभएको थियो ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले नेतृत्व सम्हालेपछि निगमको व्यवस्थापन सुधारका लागि पूर्वसचिव घिमिरेकै नेतृत्वमा गत साउन २२ गते पाँच सदस्यीय निगम सुधार कार्यदल गठन गर्नुभएको थियो ।

उक्त कार्यदलले असोज १ गते निगम सुधारका लागि विस्तृत प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ । कार्यदलको प्रतिवेदनमा निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउनेदेखि निगमलाई पब्लिक कम्पनीमा लैजान र सर्वसाधारणदेखि विभिन्न संस्था, निकायलाई पनि शेयर जारी गर्न सुझाएको थियो ।

त्यस्तै लेखा प्रणाली र वित्तीय पुनर्संरचना सुधार, रणनीतिक साझेदार तुरुन्तै ल्याउन, गन्तव्य विस्तारलगायत १३ वटा तत्कालीन रणनीतिको सुझाव दिएको थियो ।

घिमिरेले यसअघि सञ्चार मन्त्रालयमा रहँदा नेपालको दूरसञ्चार प्राधिकरणलाई निजी क्षेत्रमा लैजान पनि भूमिका निर्वाह गर्नुभएको थियो ।

कियाले वारेन्टी सुविधा लिने अवधि थप्यो

कोरियाली अटो निर्माता कियाले कोभिड–१९ का कारण वारेन्टी सुविधाअन्तर्गत गाडी मर्मत गराउन नपाएका ग्राहकलाई लक्ष्य गरी किया प्रोमिस नामको योजना ल्याएको छ । यस योजना अन्तर्गत कम्पनीले सन् २०२० को फेब्रुअरीदेखि अप्रिलसम्मा वारेन्टी अवधि सकिएका ग्राहकलाई वारेन्टी अन्तर्गत नै गाडी मर्मत गर्ने सुविधा दिन लागेको नेपालका लागि कियाको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले जानकारी दिएको हो ।

कोभिड–१९ रोग निम्त्याउने नोवेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु गरिएसँगै संसारका अधिकांश मुलुकका व्यावसायिक प्रतिष्ठानहरु बन्द छन् । लकडाउन र अत्यावश्यकबाहेकको आवागमनमा प्रतिबन्धका कारण कियाका सोरुम र सर्भिस सेन्टरहरु पनि बन्द छन् । सोरुमहरु खुला रहेको ठाउँमा पनि ग्राहकहरु सोरुमसम्म पुग्न नसक्दा वारेन्टी सुविधा अन्तर्गत गाडी मर्मत गराउनबाट वञ्चित छन् ।

तिनै ग्राहकलाई वारेन्टी सुविधा दिन कम्पनीले किया प्रोमिस कार्यक्रम सार्वजनिक गरेको हो । यसले ग्राहकलाई आगामी जुनसम्ममा वारेन्टी अन्तर्गत गाडी मर्मत गराउने सुविधा दिने कम्पनीले जनाएको छ ।

उल्लेखित अवधिमा किया सोरुम र सर्भिस सेन्टर पुग्न नपाएका अथवा सर्भिस सेन्टर बन्द भएका कारण सुविधा लिन नपाएका ग्राहकहरुमा मात्र यो अफर लागू हुने कम्पनीको भनाइ छ । यस्ता ग्राहकले आगामी जुनभित्र किया डिलरमा गएर मर्मतका लागि आग्रह गरिसक्नुपर्नेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘अर्थमन्त्री मुटुको बिरामी हुनुहुन्छ, सिंहदरबार र बालुवाटारबाहेक कतै जानुभएको छैन’

अर्थमन्त्री डा. युवराज खतिवडा मुटु र डाइबिटिज (मधुमेह) को बिरामी भएकाले स्वास्थ्यप्रति सजग रहेको उनका प्रेस संयोजक यमन पौडेलले स्पष्टीकरण दिएका छन् ।

लकडाउनपछि मन्त्री खतिवडा कुनै पनि पारिवारिक जमघटमा सहभागी नभएको पौडेलको स्पष्टीकरण छ ।

कोराना संक्रमितहरु फेला परेको सन सिटी अपार्टमेन्टमा अर्थमन्त्रीका छोरा, बुहारी र नातिनी बस्ने गरेका थिए । यसवीचमा मन्त्री खतिवडाको पारिवारिक भेटघाट भएको थियो कि थिएन भनेर प्रश्न उठेपछि मन्त्री खतिवडाका प्रेस संयोजक पौडेलले यसबारे स्पष्टीकरण दिएका हुन् ।

लकडाउनपछि मन्त्री खतिवडा सिंहदरबार र बालुवाटारबाहेक अन्त कतै नगएको र सामाजिक दूरीमा रहेको पौडेलले बताए ।

प्रेस संयोजक पौडेलले दिएको स्पष्टीकरण–

मन्त्रीज्यू सन सिटीमा जानुभएको छैन । लकडाउनयता कहीँ पनि जानुभएको छैन । त्योभन्दा पहिले पनि जानुभएको छैन ।

‘उहाँ मुटुको बिरामी हो । डाइबिटिजको बिरामी हो । डब्ल्युएचओले भनेअनुसारको डिस्ट्यान्स मेन्टेन गर्नेदेखि लिएर खाने कुरा र स्वास्थ्य सुरक्षाका सबै कुराहरुमा एकदमै सजग हुनुहुन्छ ।’

उहाँ मुटुको र डाइबिटिजको बिरामी हुनुहुन्छ । डब्लूएचओले भनेअनुसारको डिस्ट्यान्स मेन्टेन गर्नेदेखि लिएर खानेकुरा र स्वास्थ्य सुरक्षामा एकदमै सजग हुनुहुन्छ

मन्त्री निवासदेखि अर्थ मन्त्रालय र अफिसदेखि प्रधानमन्त्री निवास र रक्षामन्त्रीको उच्चस्तरीय समन्वय समितिमा बाहेक उहाँले कहीँ पनि कसैसँग भेट गर्नुभएको छैन ।

मन्त्रीज्यू मुटुको विरामी भएकाले अघिपछि पनि खानपान भीडभाडमा नहिँड्ने मान्छे हो । उहाँ शुद्ध शाकाहारी हो ।

अघिपछि पनि फाइभ स्टार होटलमा सन्ध्याकालीन कार्यक्रम हुँदाखेरि प्रमुख अतिथिका रुपमा जाँदाखेरि भाषण गरेर एक कप चिया पनि नखाइन सिधै हिँड्ने मान्छे हो ।

लकडाउनपछि हाम्रै अफिस (अर्थ मन्त्रालय) मा पनि केही स्टाफहरु कटौती भएर हामी निश्चित मान्छेहरु मात्रै छौं । हामीलाई पनि जो जहाँ छ, त्यहीँ मात्र आउने, अन्यत्र कसैलाई नभेट्ने भन्ने सजग गराइएको छ ।

हामी यसरी सजग भयौं भने मात्र मन्त्रीज्यूको स्वास्थ्य ठीक हुने भयो । मन्त्रीज्यू पनि कतै घुमघाम गर्नुभएन भने हामी ठीक हुने भयौं ।

मन्त्रीज्यूको घरमा पारिवारिक जमघट र पाहुनाहरु आउने केही पनि छैन । उहाँहरु श्रीमान–श्रीमती दुईजना मन्त्री निवासमा बस्नुहुन्छ । लकडाउनपछि उहाँ धुम्बाराही घरमा समेत जानुभएको छैन  । अनलाईनखबर डटकम

नयाँ गभर्नर अधिकारीको हस्ताक्षर भएको पहिलो नोट ८ महिनापछि आउने

नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा चीनको कम्पनीलाई दिएको छ। राष्ट्र बैंकले तीन महिना अगाडि नोट छाप्ने प्रक्रिया थालेको थियो।

राष्ट्र बैंकले १० रुपैयाँ दरका नोट ३४ करोड थान छाप्ने भएको छ। ५ रुपैयाँ दरको नोट ३० करोड थान छाप्ने भएको छ।

यसका लागि चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनलाई छानिएको छ। कम्पनीले नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिसम्म गर्नुपर्ने हुन्छ।

५ रुपैयाँ दरको नोट छाप्नका लागि ४३ लाख ९७ हजार ५०० अमेरिकी डलरमा जिम्मा दिइएको छ। यसैगरी १० रुपैयाँ दरका नोट छाप्नका लागि ४१ लाख ४० हजार ४०० डलरमा जिम्मा दिइएको छ।

नयाँ नोटमा नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर हुनेछ। अधिकारीले हस्ताक्षर गर्ने पहिलो नोट नै ५ र १० को हुनेछ। यी नोट नेपाल भित्रिन करिब ७/८ महिना लाग्छ।

अहिले सरकार सबै राजीतिक पार्टी उद्योग व्यवयासी र जनता एक भएर कोरोना बिरुद्धको लडाई जित्ने बेला हो

विजय श्रेष्ठ चिनाई राख्नु पर्ने नाम होइन । एयरलाइन्स क्षेत्रमा श्रेष्ठ पहिलो पंक्तिमा आउने नाम हो । नेपालबाट अन्तराष्ट्रिय उडान गर्ने प्राइभेट क्षेत्रको ठूलो कम्पनी हिमालय एयरलाइन्सका उपाध्यक्ष हुन् बिजय श्रेष्ठ ।

नेपाल–चीन संयुक्त लगानीका रूपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स अन्तर्रा्ष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायु सेवा कम्पनी हो । ‘हिमालय’ शब्दले नेपालको पहाडहरूलाई संकेत गर्दछ, जुन देशको नाम उचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एयरलाइन्स उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्रा्ष्ट्रियस्तरको बनाउन आकांक्षा राख्दछ । समयमै भरपर्दाे सेवा, सुरक्षा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एयरलाइन्सले नेपालमा आफ्नो उच्च पहिचान बनाउन सफल भएको छ ।

एउटा विमान र एउटा गन्तव्यबाट आफ्नो काम सुरु गरेको एयरलाइन्सले तीन वर्षको अवधिमा आफ्नो स्वामित्वमा तीनवटा ए ३२० विमान कायम गर्न र पाँचवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एयरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एसियाली मुलुकमा आफ्नो सञ्जाल विस्तार गरेको र हालै सन् २०१९ मा युएईको आबुधावी, बंगलादेशको ढाका र चीनको बेइजिङलाई आफ्नो सञ्जालमा जोडेको छ ।

अहिले हिमालय एयरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका र बेइजिङमा उडान भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने एकमात्र एयरलाइन्स हिमालय एयरलाइन्स हो र हाल चीनमा उडान भर्ने एकमात्र नेपाली एअरलाइन्स पनि हो । ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सिट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएका छन् ।

व्यावसायिक रूपमा काम सुरु गरेको करिब दुई वर्षमै हिमालय एयरलाइन्सले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेसनल एयरलाइन्स् इन साउथ एसिया अन्तर्रा्ष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । हिमालय एयरलाइन्सको टोली बहुसांस्कृतिक र विविध पृष्ठभूमिबाट निर्मित छ र ‘अतिथि देवो भवः ग्राहक नै भगवान भन्ने वर्षौं पुरानो परम्परालाई मनन् गर्दै विशुद्ध नेपाली सत्कारसहित उच्च गुणस्तरीय ग्राहक सेवा उपलब्ध गराउन प्रतिबद्ध व्यक्त गरेको देखिन्छ ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो छैन । केही संकेतहरु देखिएका छन् । वैशाख १५ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।

यस्तो सम्बेदनशील अवस्थामा नेपाली आकाश अहिले खाली छ । उडान छैन । निजी क्षेत्रका प्रायः सबै उडान ठप्प छ । यसले पर्यटन उद्योग र स्वय कम्पनीहरुलाई पार्ने असर, आपतकालीन अवस्थामा नेपालका एयरलाइन्सहरुले दिने सेवा र राज्यसंग गरिएका अपेक्षाबारे नेपालकै निजी क्षेत्रको अन्तराष्ट्रिय उडान गर्ने कम्पनी हिमालय एयरलाइन्सका उपाध्यक्ष बिजय श्रेष्ठसंग सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानी ।

० यो विपत र अप्ठ्यारो बेला राज्यले सबै एयरलाइन्स कम्पनीहरुलाई तयारी अवस्थामा राखेको देखिन्छ नि ?
यो कोरोना भाईरसको महामारीबाट बच्नु र अरुलाई बचाउनु हाम्रो कर्तव्य नै हो । त्यस कारण सबै तयारीमा बस्नुपर्छ नि । हेलिकप्टर मात्रै होइन सबै एयरलाईन्स त्यसका पाइलट सबै स्टेन्डवाई बस्नु प¥यो नि । अर्को भए जहाज ग्राण्डेड हुँदा पनि पाइलटहरुको लाइसेन्स लगायतका कुराको नविकरण, उडानका क्षमताका सबै काम तयारी रहनुपर्दछ । राज्यले भनौ वा राष्ट्रले चाहेका बेला हामी सधै तयार हुनुपर्दछ । त्यसका लागि हामी तयार छौं ।

० यो लामो लकडाउनले पर्यटन व्यवसायलाई कस्तो असर पर्ला त ?
अब पर्यटन भन्ने कुरै भएन नि यसको दीर्घकालिन असर पर्ने प्रस्टै देखिन्छ । २÷३ वर्ष त यो कल्पना गर्न पनि सकिदैन । यो अदृश्य शक्ति कोरोना भाईरसको महामारी संसारभरी देखिएपछि पर्यटक आउने र नेपाली जाने कुरै भएन सबै व्यवसाय व्यापार बन्द छ । असरको अब कल्पना गर्न कठिन छ ।

० यसले विदेशबाट आउने रेमिटेन्समा चाहि कस्तो असर पर्ला त ?
कामदार गन्तव्यसम्म पुग्न नसकेपछि र ती देशले कामदार नलगेपछि कसरी आउदछ । पैसा नेपाल त्यसकारण विश्वभरी नै कोरोनाको असर छ । त्यसले अर्थतन्त्र आधा ढलेको छ, भनेपछि रेमिटेन्स आउने कुरा गुण भएको छ । अब आउने परिस्थिति कस्तो होला त्यो प्रमुख कारण हो । अहिले यति भन्न सकिन्छ । हामी हेर पर्खकै अवस्थामा छौं ।

० कोरोना भाईरसको लडाई लड्न गरिएको लामो लकडाउनले एयरलाईन्सलाई चाही कस्तो असर पर्ला त अब ?
यो भनेर नै साध्यै छैन भूपेन्द्रजी । घाटा पक्कै छ । २÷३ वर्ष पछाडी हामी अब पुग्यो भन्दा फरक नपर्ला अन्तराष्ट्रिय उडानमा करिब 55 प्रतिशत नेपालीहरुले उडान गर्ने हुन अरु सबै बाहिरबाटै आउने पर्यटक हुन् । करिब ४.५ मिलियन अराईबल र डिपाचर passengers हुन्छ । त्यसमा ५५ प्रतिशत नेपाली रोजगारीमा आउने जाने भए ।

विद्यार्थीहरु पढ्न जाने भए, विदेशमा ट्राभल गर्ने नेपाली कम छन् । त्यसकारण यसको असर अब सिधै अर्थतन्त्रमा पर्दछ । उनीहरु आउने भएनन् र हामी हाम्रा कामदार र विद्यार्थी लैजाने पनि भएनन् । यसले ग्लोबल अर्थतन्त्रलाई ठूलो असर पक्कै गर्ने देखिन्छ र प्रतिव्यक्ति आय पनि घट्ने छ । पर्यटक कम आउने छन् । यी कारणले हामी अन्तराष्ट्रिय उडान भर्ने नेपाल एयरलाईन्स र हाम्रो हिमालय एयरलाईन्स घाटा छ नि ।

० तपाईको हिमालय एयरलाइन्सले कोरोना बिरुद्ध स्थापना गरेको राज्य कोषमा चाहि कस्तो राहत दिएको छ त ?
हिमालय एयरलाइन्सले सरकारले स्थापना गरेको राष्ट्रिय कोषमा १ करोड रुपैयाँको चेक पर्यटनमन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गरेका छौं । सरकारले स्थापना गरेको राहत कोषमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हो । नेपाली र चिनियाँ संयुक्त लगानीमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्सले मलेसियाको क्वोलालम्पुर, साउदी अरबको दमाम, युएईको अबुधाबी, दुबई, बंगलादेशको ढाका, कतारको दोहा र चीनका पाँच सहरमा उडान गर्दै आएको तपाईहरुलाई थाहै नै छ ।

हिमालय एयरलाइन्ससँग एयरबस ए–३२० सिरिजका १५८ सिट क्षमताका तीन वटा विमान र १२८ सिट क्षमताको ए–३१९ गरि चारवटा विमान हाम्रा छन् । अर्को कुरा यो विशम अवस्थामा सबै पक्षले ठूलो आर्थिक आकांक्षा राख्नु हुँदैन । यो बेला हुनेले नहुनेलाई दिनु पर्दछ नि ।

० यो महामारी रोक्नु, फैलिन नदिन राज्यले लकडाउन गरकेो छ अब यसबाट पाठ सिक्दै के गर्नुपर्ला ?
यो भर्खरै आयो । यसबाटै धेरै पाठ सिक्ने बेला आयो । तयारी सबै क्षेत्रमा सबै पक्षले गरिनु जरुरी छ । राज्य अब निजीक्षेत्रसंगै हिड्नु प¥यो । अर्को महत्वपूर्ण पक्ष भनेको राज्यले ऐन कानून समय अनुसार परिवर्तन गरिनु पर्दछ । स्वास्थ्यका समरचना तयार गर्नु पर्दछ । अहिले यो आयो भोली अर्को केही आउला त्यसकारण सबै पक्षले उच्च सर्तकता अपनाउने पूर्व तयारी गर्नु जरुरी देखिन्छ ।
देश पनि घर जस्तै हो । आफ्ना रहेका संरचनालाई चलायमान गर्नु प¥यो । आफूसंग भएका इकुईमेन्टहरुलाई कम लागतमा चलाउनु पर्दछ । नभएका ल्याउनु पनि पर्दछ नि ।

० तपाईहरुको राज्यसंग के कस्ता अपेक्षा छ त ?
सरकार अभिभावक हो । यससंग अपेक्षा सबैको हुन्छ । हाम्रो पनि होला सरकारले व्यवसायीहरुलाई सहयोग गर्नु प¥यो र यो विषम अवस्थामा हामी व्यवसायीले राज्यलाई मद्दत गर्नुपर्दछ । राज्यले भनेको बेला देश विदेश गएर औषधी मुलो, उपकरण ल्याउन हामी निजी क्षेत्रका एयरलाईन्स तयार छौं ।

० अन्त्यमा लाखौं जनतालाई केही भन्नु छ ?
अहिले हेर्दा राज्यले गर्ने काम पक्कै गरेको अवस्था छ । हाम्ीले पनि केही गरेका छौं । काम गर्दा केही कमी कमजोरी भए होला तर यो बेला सरकार, सबै राजनीतिक पार्टी, व्यवसायी जनता एक ठाउँमा बसेर यस बिरुद्ध लड्नु पर्दछ र मुक्ति पाउनु प¥यो । अरु हिसाब किताब पछि गर्ने गरि अहिले सबै पक्ष एउटै छातामुनी आएर यो विश्वव्यापी महामारी बिरुद्ध लडनुपर्ने आवश्यकता देखिन्छ । राज्यसंग सबैको अपेक्षा छन् । यसलाई पनि भुल्न हुँदैन । तर, यो बेला ठूलो आर्थिक आकांक्षा पटक्कै राख्नु हुँदैन । मानव रहि जीवन कल्पना गर्न सकिदैन । मानव रहे सबै रहने हो । त्यसकारण एकजुट भएर मुक्ति खोजौ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण मुद्रास्फिति बढ्न सक्छ

ग्लोबल आइएमई बैंकमा जनता बैंक गभिएपछि  ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो बैंक भएको छ । यो मर्जसँग बैकिङ क्षेत्रमा नयाँ तरङ्ग पनि आएको छ । ठूला र पुराना बैंकलाई पछाडि पारियो भन्ने डर छ भने साना र नयाँ बैंकलाई प्रतिस्पर्धामा टिक्न सकिदैन कि भन्ने डर छ । ग्लोबल आईएमई बैंकलाई पनि आफ्नै किसिमका चुनौति छन् ।

पुँजी र बिजनेशमा मात्र ठूलो भएर पुगेन, सेयरधनीलाई दिने लाभांश र सरकारलाई तिर्ने करमा पनि सबैभन्दा ठूलो बन्नु अबको चुनौति हो । मर्जपछिको व्यवस्थापन अर्को ठूलो चुनौति हो । प्रस्तुत छ मर्जपछि ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएका परशुराम कुँवर क्षेत्रीसँग गरिएको कुराकानीको सम्पादित अंशः

 

ग्लोबल आईएमई बैंक सबैभन्दा ठूलो त भयो । अब सेयरधनीलाई पनि सबैभन्दा उच्चदरका लाभांश कहिले दिन्छ ?

हामी यति नै लाभांश दिन्छौं भनेर भन्नु परिपक्व हुँदैन । हाम्रो प्रयास सबै स्टेकहोल्डरका एस्पेक्टेशनहरुलाई सकेसम्म मिट गर्दै जान्छौं ।

ग्लोबल आईएमईले गत वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश दियो । आगामी वर्ष यो दर स्थीर रहला वा बढ्ने सम्भावना छ ?

कोशिस बढाउने नै हुन्छ । नाफा कति हुन्छ भन्ने विवरण हामी प्रत्येक त्रैमासमा प्रकाशित गर्दै जान्छौं । लाभांश कति दिने भन्ने निर्णय बोर्डबाट हुन्छ । त्यसभन्दा माथि नेपाल राष्ट्र बैंक छ । मेरो काम नाफा कमाउने हो ।

बैंक मर्ज हुनुपर्छ भन्नेहरुले गर्ने विभिन्न तर्क मध्ये एउटा हो ‘ठूलो बैंक भएपछि ठूलो कर्जा लगानी गर्न सक्छन् ।’ नेपालको औद्योगिकरणको अवस्था उत्साहजनक छैन । धेरै संख्यामा ठूला उद्योगहरु खुलेको देखिदैन । ठूलो बैंकले ठूलो कर्जा लगानी गर्न बजारमा ठूलो कर्जाको माग कस्तो छ ?

यो आर्थिक वर्षमा कर्जाको माग कम भएको छ । मलाई लाग्छ यो अस्थायी हो । यो इकोनोमी छिट्टै बाउन्स व्याक हुँदैछ । विगतमा द्वन्द्व, लोडसेडिङ थियो, बारम्बार हड्ताल हुन्थ्यो । त्यसैले लगानीको वातावरण थिएन । मुद्रास्फिति १०/१२ प्रतिशत हुँदा बैंकहरुले ६/७ प्रतिशतमा कर्जा लगानी गरेका थिए । विगत तीन वर्षमा कर्जाको माग धेरै नै भए । त्यसको तुलनामा अहिले केही कम भएको हो । कर्जाको माग नै नभएको होइन । अहिले पनि अर्बौ लगानी गर्ने कम्पनीहरु खुलिरहेका छन् ।

अर्बौै नाफा गरेर सरकारलाई कर तिर्ने कम्पनीहरु आईरहेका छन् । केही वर्ष अघिसम्म करोड नाफा गरेर कर तिर्ने कम्पनी औलामा गन्न सकिन्थ्यो । अहिले अर्बौ नाफा गर्ने कम्पनीहरु खुलेका छन् । राजनीतिक समस्या समाधान भएका छन् । राजनीतिक दलहरुले पनि आर्थिक विकासका एजेण्डा उठाउन थालेका छन् । देखिएका समस्या समाधान हुने भएका छन् । मलाई लाग्छ अब इकोनोमीले टेकअफ लिँदैछ ।

एकातिर निरन्तर ६/७ प्रतिशतले आर्थिक वृद्धि भएको तथ्याङ्कले देखाउँछ । अर्कोतिर तपाई भन्दै हुनुहुन्छ कि ‘इकोनोमि बाउन्स व्याक हुन्छ, टेकअप लिँदैछ ।’ यसले अर्थतन्त्रको बारेमा अन्यौलता दर्शाउदैन ?

अर्थतन्त्रमा तलमाथि भईरहेको हुन्छ, मुटुको चाल जस्तो । अर्थतन्त्रका विभिन्न क्षेत्र मध्ये कुनै क्षेत्र राम्रो हुन्छ भने कुनै क्षेत्र खराब हुन्छ । अहिले सिमेन्ट र छड उद्योगको अवस्था राम्रो छैन कि भन्ने कुरा आएको छ । बैंकहरुको नाफाको ग्रोथ नै पहिलो त्रैमासमा करिब ६ प्रतिशत मात्र रह्यो । यो भनेको नेपालको इतिहासमा ज्यादै कमजोर अवस्था हो । मेरो भनाई के हो यस्तो अवस्था धेरै समय रहँदैन । किनकी हाम्रो देशमा विकास निर्माणका काम धेरै हुन बाँकी छ ।

तपाईले भन्नुभयो कि हिजो करोड नाफा गर्ने कम्पनीहरु अहिले अरब नाफा गरिरहेका छन् । के नेपाली कम्पनीहरुको नाफा वृद्धि उच्चदरमा देखिएको हो ? आर्थिक पारदर्शीता अपनाउने, सरकारलाई कर तिर्ने मामिलामा पछिल्ला वर्षमा निजी कम्पनीहरु अगाडि बढेका हुन् ?

मूल्य अभिवृद्धि कर ऐन लागू भएपछि नै निजी क्षेत्रको वित्तीय पारदर्शीता बढेको छ । उनीहरुले तिर्ने कर पनि बढेको छ । सशस्त्र द्वन्द्वको बेलामा, राजनीति संक्रमण भएको बेलामा, दैनिक १२/१५ घण्टा लोडसेडिङ भएको बेलामा पनि सरकारी लक्ष्यभन्दा बढी राजश्व संकलन भएको भयो, जबकी सरकारले पहिले नै निकै महत्वकांक्षी लक्ष्य राखेको हुन्थ्यो । पारदर्शितामा सुधार भएसँगै आर्थिक गतिविधिमा वृद्धि आएकोले नै सरकारले लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सकेको हो ।

रेमिट्यान्स आम्दानीमा कर तिर्नुपर्दैन । रेमिट्यान्स आयलाई स्वीकार गर्ने आधार स्पष्ट हुनुपर्छ । सेयर लगानीबाट प्राप्त लाभांशमा सबै प्रकारको कर कट्टी भईसकेको हुन्छ, त्यसलाई करले सहज रुपमा प्रमाणित गर्नुपर्छ । नेपालमा मात्र होइन, भारतमा पनि बैंकबाट कर्जा लिन ट्याक्स रिर्टन फाइल पेस गर्नैपर्छ । त्यसैले अन्त नभएको व्यवस्था नेपालमा लागू भएको होइन ।

तर कर कार्यालयमा बुझाएको आयव्यय हिसाव नै बैंकमा पेस गर्नु पर्ने व्यवस्था गरिएपछि व्यवसायिक क्षेत्रबाट कर्जाको माग नै कम भयो भन्छन् नि बैंकर्सहरु ? के बैंकर्सहरुको तर्क गलत हुन् ?

ठूला कम्पनीहरुमा यस्तो समस्या छैन । उनीहरुले लुकाएर लुक्दैन भन्ने बुझिसकेका छन् । स्वीजरल्याण्डमा लुकाएर राखेको सम्पत्तिबारे पनि सूचनाहरु चुहिएका छन् । उनीहरुलाई राज्यले प्रश्न त गर्छ । उता सम्पत्ति शुद्धिकरण विभागले सोध्छ, तिम्रो सम्पत्तिको स्रोत के हो भनेर । साना तथा मझ्यौला व्यवसायीमा भने यस्तो समस्या छ । यो समस्या पनि एक दुई वर्षमा हल हुन्छ । व्यक्तिगत रुपमा म आफै पनि भन्छु ट्याक्स छलुवालाई बैंकले पैसा दिनु हुन्न । मैले बैंकका साथीहरुलाई पनि भन्ने गरेको ट्याक्स छलुवालाई ऋण दिन हामी प्रतिस्पर्धा नगरौं । जसले कर तिर्छ, त्यो कम्पनी नाफामा हुन्छ । नाफामा रहेको व्यवसायलाई कर्जा दिँदा बैंकको लगानी पनि सुरक्षित हुन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुले साना तथा मझ्यौला कर्जा र व्यक्तिगत कर्जा लगानीमा जोड दिइरहेको बेलामा नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जा (घर कर्जा, सवारी कर्जा, घरायसी कर्जा) लगानी गर्दा सम्बन्धित व्यक्तिले पेस गरेको कर चुक्ता प्रमाणपत्रको आधारमा र मासिक किस्ता आयको ५० प्रतिशत बढी नहुने गरी मात्र कर्जा लगानी गर्न निर्देशन दिएको छ । बैंकर्सहरुले यो व्यवस्थाको विरोध गरिरहेका छन् । यसप्रति तपाईको धारणा के हो ?

राष्ट्र बैंकको निर्देशन ठिक छ । यो पहिला नै आउनुपर्थ्याे अहिले आयो । तर यसमा केही अस्पष्टता छन् । त्यसलाई स्पष्ट पार्नुपर्छ । परिवारमा श्रीमान श्रीमती दुबैको आय छ भने त्यसलाई गणना गर्ने व्यवस्था गर्नुपर्छ । कृषि आयमा आय कर छुट छ । कृषिमा आधारित आम्दानीबारे स्पष्ट हुने आधारहरु बन्नुपर्छ । रेमिट्यान्स आम्दानीमा कर तिर्नुपर्दैन । रेमिट्यान्स आयलाई स्वीकार गर्ने आधार स्पष्ट हुनुपर्छ । सेयर लगानीबाट प्राप्त लाभांशमा सबै प्रकारको कर कट्टी भईसकेको हुन्छ, त्यसलाई करले सहज रुपमा प्रमाणित गर्नुपर्छ । नेपालमा मात्र होइन, भारतमा पनि बैंकबाट कर्जा लिन ट्याक्स रिर्टन फाइल पेस गर्नैपर्छ । त्यसैले अन्त नभएको व्यवस्था नेपालमा लागू भएको होइन ।

कुनै ग्राहकले मेरो कृषि आम्दानी यति, रेमिट्यान्स आम्दानी यति छ भनेर ऋण माग गर्यो भने त्यसलाई बैंकले कसरी लिन्छ ?

मैले यसअघि नै भने कि यस्ता विषयमा राष्ट्र बैंकले प्रष्ट पार्दै, बजारलाई सहजीकरण गर्दै जानुपर्छ ।

विगतमा बैंकहरुले कृषिमा आधारित आम्दानीलाई पत्याउदैन थिए, कर्जा प्रवाह गर्नको लागि त्यस्तो आम्दानीको स्रोतप्रति विश्वास गर्दैनन् थिए । अब पत्याउनु पर्ने दिन आएको हो ?

पहिला पनि पत्याउथे, अब पनि पत्याउँछन् । तर वर्षमा १ लाख आम्दानी हुने आधार छैन, १० लाख कृषिबाट कमाई हुन्छ भन्दा पत्याउन सकिदैन । घर भाडा आयको केसमा पनि पत्याउनै गाह्रो हुने फाइल आउछन् । त्यस्तोलाई हामीले अस्वीकार गर्छौ । सानो कम्पनी, धेरै कारोबार पनि छैन, नाफा पनि छैन, तर लाखौं तलब खान्छ भनेर स्यालरी सर्टिफिकेट ल्याउँछन्, अब कसरी पत्याउने ? त्यो कागजको टुक्रालाई कसरी पत्याउने ? अब आयकरको प्रमाणपत्र भएपछि बैंकलाई त सजिलो हुन्छ ।

राष्ट्र बैंकको नयाँ सर्कुलरले बजारमा कस्तो असर पार्ला ?

एक ढेड वर्षको लागि यसले केही समस्या पार्ला । त्यसपछि धेरै सजिलो हुन्छ । अब बैंक स्टेटमेन्टका आधारमा उसको आय हेर्न सकिन्छ । मेरो विचारमा अब ५० हजारभन्दा बढीको सबै कारोबार बैंकबाट मात्र गर्नुपर्छ । त्यस्तो भयो भने कृषिको आम्दानी, घर भाडा आम्दानी लगायत सबै आम्दानी पारदर्शी हुन्छ । त्यसका आधारमा बैंकले कर्जा दिन सजिलो हुन्छ ।

बैंकमा लगानी योग्य रकम बढेको र व्याजदर घट्न लागेको हो ?

विगत १७ महिनामा बैंकहरुको सीडी रेसियो उच्चतम विन्दुमा पुग्दा ९१.४ प्रतिशत भएको रहेछ । यदि अहिले सीडी रेसियो त्यो विन्दुमा पुग्ने गरी लगानी गर्न हो भने थप ५४ अर्ब कर्जा लगानी गर्न सक्छन् । त्यसैले अहिलेको स्थीति सहज छ ।

बैंकहरुले व्याज पनि घटाउन थालेका छन् । बेस रेट घट्दै गएको छ । अब कर्जाको व्याज थप घट्न सक्छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण मुद्रास्फिति बढ्न सक्छ । त्यसैले बैंकको व्याजदर पनि ह्वात्तै घट्ने सम्भावना म देख्दिन ।

अब विग टेष्ट मागको पहिलो सातामा हुन्छ । एनसेलले २२ अर्ब कर तिर्नुपर्छ । यस वर्षको अनुमानित आयकरको ४० प्रतिशत पुस मसान्तमा तिर्नुपर्छ । यस्तो कर गत वर्ष ८० अर्ब रुपैयाँ सरकारको खातामा गएको थियो । बैंकहरुको पनि नाफा कम छ । कर्पोरेट क्षेत्रको पनि नाफा कम छ । ८० अर्बको सट्टामा ६० अर्ब नै सरकारी खातामा गयो भने पनि बैंकमा तरलता टाइट हुन्छ । तर सरकारको विकास खर्च १० प्रतिशत मात्र भएको छ । अब सरकारले भटाभट खर्च गर्न थाले, ठेकदारहरुले पनि भुक्तानी पाए भने फेरी बजारमा पैसा आउँछ । पोहोर परार जस्तो तरलताको हाहाकार हुने सम्भावना छैन ।

बैंकहरुले व्याज पनि घटाउन थालेका छन् । बेस रेट घट्दै गएको छ । अब कर्जाको व्याज थप घट्न सक्छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण मुद्रास्फिति बढ्न सक्छ । त्यसैले बैंकको व्याजदर पनि ह्वात्तै घट्ने सम्भावना म देख्दिन ।

राष्ट्र बैंकको नीति निर्देशनहरु बैंकको नाफा बढाउने सहयोग गर्ने खालको छैनन्, बरु घटाउने खालका छन् । बैंकको नाफा बढाउन व्यवस्थापन पक्षलाई बैंकका सञ्चालक तथा प्रवद्र्धकको निकै दवाव परेको बताइन्छ । बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा पनि देखिन्छ । यसले बैंकहरुलाई जोखिममा पार्दैन ?

समग्रमा हेर्दा बैंकहरु जोखिममा छैनन् । खराव कर्जा पनि कम छ । संस्थागत सुशासन पनि राम्रो छ । बैंकभित्र गडबड गर्यौ भने तिमीहरु जेल जानुपर्छ भन्ने सन्देश राष्ट्र बैंकले दिईरहेको छ । गडबड गर्नेहरु जेल पनि परेका छन् । हाम्रा छिमेकी देशमा एउटा बैंकका सञ्चालकले अर्को बैंकबाट कर्जा लिने र कर्जा नतिर्ने अभ्यास देखिन्छ तर नेपालमा त्यस्तो छैन । यहाँ कर्जा नतिर्नेलाई कालोसूचीमा राख्ने अभ्यास भएको छ ।

तर बैंकहरुमा नयाँ प्रकारको जोखिमहरु बढेको देखिन्छ । पहिला साना कर्जा हुन्थे । धितो प्रयाप्त हुन्थ्यो । कर्जा उठेन भने धितो बेचेर पनि बैंकले पैसा उठाउथ्यो । तर अहिले ठूलो परियोजनाहरुमा ठूलो कर्जा जान थाले । त्यसमा धितो प्रयाप्त हुँदैन । यस्ता परियोजनाहरु असफल भए भने बैंकको लगानी पनि जोखिममा पर्छ । यस्ता जोखिमबारे बैंकहरु सचेत हुनुपर्छ ।

तपाई मर्जरको पक्षमा खुलेर लाग्नुभएको थियो र सफलता पनि मिलेको छ । ठूलो बैंक हुँदाको मजा कत्तिको हुँदोरहेछ ?

ग्लोबल आईएमई बैंक ठूलो मात्र भएन, बलियो पनि भएको छ । यस अर्थमा हामी धेरै खुशी छौं । ठूलो र बलियो बैंक भईसकेपछि बजारले, स्टेकहोल्डरहरुले धेरै अपेक्षा गरेका छन् । उनीहरुको अपेक्षा पूरा गर्नु अब हाम्रो चुनौति हो ।


मर्जरको क्रममा बाहिर देखिने सबै काम पूरा भए । भित्रको व्यवस्थापकीय काम कति बाँकी छन् ?

आजको ग्लोबल आईएमई बैंक तीन वटा वाणिज्य बैंकसहित १८ वटा बैंक तथा फाइनान्सको संगम भएको छ । यहाँ काम गर्ने कर्मचारीको लागि, उच्च व्यवस्थापन तहमा काम गर्नेको लागि, सञ्चालक समितिको लागि मर्ज भनेको सामान्य विषय भईसक्यो । हामीलाई बानी परिसकेको छ । त्यसैले हामीले मर्जको समझदारी गरेको ५ महिनामा मर्जको सबै काम सम्पन्न गरेका छौं ।

पोष्ट मर्जरको इस्यू पनि धेरै छैनन् । ठूलो बैंक भईसकेपछि सोही अनुसार व्यवस्थापन गर्न केही नयाँ नीति बनाउनुपर्छ । त्यसतर्फ हामीले काम गरेका छौं । संस्थामा रि–इन्जिनियरिङ गरेर सेवालाई थप प्रभावकारी बनाउन नयाँ विभाग नै खडा गरेर काम गरेका छौं । डिजिटाइजेशन डिपार्टमेन्ट खोलेर यसतर्फ सेवालाई प्रभावकारी बनाउँदै छौं । मर्जपछि २९ वटा शाखा मर्ज नै गरिसक्यौं । अब मर्ज भएका शाखाको सट्टा नयाँ शाखा खोल्छौं ।

मर्जको कारण देखाउँदै उपभोक्ताले कुनै सेवा नपाउने अवस्था छ कि छैन ?

पटक्कै छैन । सुधार गर्नुपर्ने ठाउँ होला । साविकको जनता बैंकका कर्मचारीलाई फिनाकल सफ्टवेयर चलाउन मर्ज पूर्व नै सिकायौं । मर्जपछिको सेवा सञ्चालन सहज होस् भनेर हामीले तालिम मात्र दिएनौं, ५० पेज लामो सरुवाको सर्कुलर जारी गर्यौं । जहाँ साढे ४ सय कर्मचारी सरुवा भएका थिए । दुबै बैंकका कर्मचारी आपसमा सट्टापट्टा गराएर मर्जपछि प्रयोग हुने फिनाकल सफ्टवेयर चलाउन सिकायौं । अहिले हामी फेरी फिनाकल सफ्टवेयरलाई पुनः अपग्रेड गर्ने तयारीमा छौं ।

मर्जपछि ग्लोबल आईएमई बैंकका अगाडि अवसरहरु के के छन्, जुन अरु बैंकले पाउँदैनन् ?

पहिला त हामी ठूलो लगानी गर्न सक्ने भएका छौं । कर्जा लगानी मात्र होइन, राम्रो प्रविधि भित्र्याउन आवश्यक लगानी गर्न सक्छौं । दोस्रो, म तपाईसँग मेरो अनुभव सुनाउन चाहान्छु । म जनता बैंकमा छँदा हामीले सीडीसी लगायत विदेशी संस्थासँग ऋण लिने धेरै प्रयास गर्यौं । त्यो सफल भएन । अहिले हामी विदेशी संस्थासँग ऋण लिन सक्ने भएका छौं । ग्लोबल आईएमई बैंकले त मर्जपूर्व नै आईएफसीसँग २ करोड अमेरिकी डलर ऋण लिईसकेको छ । अहिले हामीले अरु संस्थासँग पनि ऋण लिन कुरा गरिरहेका छौं र उनीहरु सकारात्मक देखिएका छन्, हामीलाई पत्याएका छन् । विश्व बजारमा हाम्रो विश्वसनीय बढेको छ ।

नेपाललाई विदेशी पुँजी आवश्यक छ । विदेशबाट ऋण लिएर नेपालमा लगानी वृद्धि गर्न हामीलाई अब सजिलो भएको छ । जसरी नेपाल सरकारबाट स्वीकृत लिएर आईएफसीले विदेशमा नेपाली रुपैयाँमा ऋणपत्र निष्काशन गर्दैछ, त्यसरी हामी पनि विदेशी बजारमा ऋणपत्र बेच्न सक्छौं । तेस्रो, हाम्रो शाखा सञ्जाल सबै जिल्लामा छ । करिब ३०० शाखा छन् । ब्रान्चलेश बैकिङ नेटवर्क पनि करिब ३०० छ । देशभित्र ६०० भन्दा बढी सम्पर्क सञ्जाल छ । हामी घर घरमा, परिवार परिवारमा जोडिएका छौं । हाम्रा ग्राहक नै २० लाख छन् । हामीले नयाँ प्रडक्ट ल्याउँदा त्यसको प्रभाव देशभर छिट्टै हुन्छ ।

मलाई लाग्छ यो अस्थायी हो । यो इकोनोमी छिट्टै बाउन्स व्याक हुँदैछ । विगतमा द्वन्द्व, लोडसेडिङ थियो, बारम्बार हड्ताल हुन्थ्यो । त्यसैले लगानीको वातावरण थिएन । मुद्रास्फिति १०/१२ प्रतिशत हुँदा बैंकहरुले ६/७ प्रतिशतमा कर्जा लगानी गरेका थिए । विगत तीन वर्षमा कर्जाको माग धेरै नै भए । त्यसको तुलनामा अहिले केही कम भएको हो । कर्जाको माग नै नभएको होइन । अहिले पनि अर्बौ लगानी गर्ने कम्पनीहरु खुलिरहेका छन् ।

दुई ठूला बैंक मर्ज भएका छन्, भोलि नै चमत्कार हुन्छ भनेर नसोचौं । तर दीर्घकालमा यसको असर पक्कै पनि राम्रो हुनेछ । ग्लोबल आईएमई बैंक अबको ५ वर्ष वा १० वर्षपछि कुन पोजिसनमा रहनेछ ?

यो प्रश्न अलि काल्पिनक भयो ।

तैपनि भविष्यको योजना त हुन्छ नि ?

पुँजी, निक्षेप, कर्जा लगानीको हिसावले अहिले नै हामी सबैभन्दा ठूलो बैंक हौं । मर्ज पूर्व दुई बैंकले गरेको नाफा जोड्दा राष्ट्रिय वाणिज्य बैंकको भन्दा ३५ लाख रुपैयाँ कम हुन्छ । मलाई लाग्छ पुस मसान्तमा हामी सबैभन्दा बढी नाफा गर्ने बैंक हुनेछौं यद्यपी मैले नाफालाई सबै कुरा ठान्दिन । हामी ठूलो मात्र होइन, हरेक कोणबाट लिडिङ बैंक बन्नुपर्छ । सबैंको लागि बैंक भन्ने हाम्रो नारा नै हो । सबैको रोजाईमा पहिलो बैंक ग्लोबल आइएमई बनाउनुपर्छ । ग्राहकले बैंकिङ सेवा लिनुपर्दा पहिला ग्लोबल आईएमई बैंक संझिउन् । कर्मचारीले जागिर खान पहिला ग्लोबल आइएमई बैंक नै रोजुन् । नेपाल सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायत नियामक संस्थाले ग्लोबल आईएमई बैंक भन्ने वित्तिकै यो बैंकले राम्रो गर्छ, जे पायो त्यहि गर्दैन भनेर सोचुन् । ठूलो हुनु र असल हुनु फरक कुरा हो । हामी असल बैंक बन्ने छौं ।

अहिले  यो ठाउँमा आईपुग्न तपाईले मिहेनत कति गर्नु पर्याे, भाग्यले कति साथ दियो ?


मिहेनत गर्नै पर्यो । गाउँको मान्छे, सामान्य किसानको छोरो, यो ठाउँमा आइपुग्न मिहेनत त गर्नै पर्यो । तर मिहेनत धेरैले गरेका हुन्छन् । मिहेनतले मात्र पनि पुग्दैन । मलाई भाग्यले पनि साथ दिएको छ ।

मेहनत बलवान हो कि भाग्य ?

मेरो विचारमा दुबै हो । दुई मध्ये एक छान्नुपर्यो भने कर्म नै छान्छु । भाग्य छ भन्दैमा डोकामा दुध दोहेएर हुँदैन ।

कति वर्ष भयो बैंकिङ क्षेत्रमा लाग्नु भएको ?

मैले बैकिङ शुरु गरेको सन् १९८६ जुनमा हो । ३४ वर्ष भयो ।

तपाईमाथि एउटा आरोप पनि छ । तपाई जुन जुन बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुभयो, ती सबै बैंक विलय भएर गए । जस्तो बैंक अफ एशिया, ग्राण्ड वा जनता । यसबारे तपाईको भनाई के छ ?

म ग्रिनलेज बैंकमा काम गरेँ, त्यो अहिले स्ट्याण्डर्ड चार्टड बैंक भएको छ । मैले नेपाल बैंकमा काम गरे । त्यो बैंकबारेमा मैले केही भन्नु परेन । सिटिजन्स बैंक इन्टरनेशनलमा पनि काम गरे । त्यो बैंक पनि राम्रो छ । बैंक अफ एशियामा मेरो कार्यकाल सकिएको करिब २ वर्षपछि एनआईसी बैंकमा मर्ज भएको हो । यो बैंकमा कर्मचारीको हैसियतले पाएको सेयर मसँग छ । मर्ज भएर त्यो बैंकले सेयरधनीका लागि राम्रो प्रतिफल दिएको छ । ग्राण्ड पनि मेरो हातबाट मर्ज भएको होइन । मैले छोडेको धेरै समयपछि मर्ज भएको हो । मर्जपछि यो बैंकको सेयरधनीलाई पनि फाइदा भएको छ ।

जनता बैंकका लगानीकर्ताले स्वेच्छाले ग्लोबल आईएमई बैंकमा मर्ज गरेका हुन् । जनता बैंक चाहिँ मेरै हातबाट मर्ज भएको हो । मेरो विगतका अन्तरवार्ता पढ्नु भयो भने देख्नुहुन्छ, म बैंकमा हुँदा पनि, नहुँदा पनि, बैंकहरु मर्ज हुनुपर्छ भनेको छु । बैंकहरुबीचको मर्जले सबैलाई लाभ नै हुन्छ भन्नेमा म अहिले पनि विश्वस्त छु । अहिले मलाई के चुनौति छ भने हामीले राम्रो गर्न सक्यौ भने बजारमा राम्रो सन्देश जान्छ । अरु बैंक पनि मर्जमा जान्छन् । मर्ज गरेर राम्रो भएन भने नराम्रो सन्देश जान्छ । यो विषयमा हामी गम्भिर छौं । विकासन्यूज डटकम

अर्थमन्त्रीज्यू, होम क्वारेन्टाइनमा बस्ने कि सत्य बताउने ?

पेप्सीकोलास्थित टाउन प्लानिङमा रहेको सन सिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुईजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि मंगलबार दिनभर कन्ट्याक ट्रेसिङ भयो । संक्रमितहरुसँगको उठबसको जरो खोज्दै जाँदा अर्थमन्त्री डा. युवराज खतिवडाका छोराले समेत संक्रमितसँग उठबस गरेको पाइयो ।

अर्थमन्त्री डा. खतिवडाका छोरा, बुहारी र सानी नातिनी सन सिटी अर्पाटमेन्टमै बस्दै आएका छन

प्रधानमन्त्री केपी शर्मा ओलीले सामुहिकरुपमा जमघट नगर्न र घरभित्रै बस्न सम्वोधनमार्फत आग्रह गरेको भोलिपल्टै चैत ८ गते सनसिटी अपार्टमेन्टमा आन्तरिक समिति गठनका लागि चुनाव भएको थियो ।

करिब अढाइ सय मतदाता सहभागी रहेको सो चुनावमा अर्थमन्त्रीका छोरा तिलक खतिवडा मतदाता मात्र थिएनन्, सचिव पदमा उम्मेदरवारै बनेका थिए ।

अपार्टमेन्टका सयौं बासिन्दा चुनावमा सहभागी भएका थिए । र, त्यहाँ कोरोना संक्रमितले पनि मतदान गरेका थिए । संक्रमितहरुले धेरै दिनदेखि साझा लिफ्ट प्रयोग गरेका थिए, एटीएम बुथ पनि साझा नै थियो ।

चैत ८ को चुनावमा सचिव पदमा निर्वाचित भएका तिलक खतिवडा र अन्य व्यक्तिहरुले कोरोना संक्रमितसँग संसर्ग गरेको चैत ८ को चुनावबाटै पष्टि हुन्छ ।

खतिवडा परिवारले सूचना लुकायो

चिकित्सकहरुको भनाइअनुसार कुनै पनि आशंकित व्यक्तिले कन्ट्याक टे्रसिङका बेला सही सत्य सूचना दिएर सहयोग गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा ढाँट्नु वा सूचना लुकाउनु भनेको कोरोना रोकथाममा असहयोग गर्नु हो ।

नेपाल टेलिकमबाट फोन गर्दा रिङटोनमै सुनिने गरी जारी सूचनामा ‘तपाई विदेशबाट आएको व्यक्तिसँग सम्पर्कमा आउनुभएको छ भने अबको दुई हप्तासम्म घरमै बसिदिनु हुन’ अनुरोध गरिँदै आएको छ । सरकारले पनि घरैमा बसिदिनुहुन भन्दै बारम्बार सूचना जारी गर्दै आएको छ ।

यसको अर्थ चैत ८ मा चुनावमा सहभागी भएका अर्थमन्त्रीका छोराले २२ गतेसम्म होम क्वारेन्टाइनमा बसेको हुनुपर्ने हो । तर, बैशाख १ गतेमात्र कोरोना पुष्टि भएकाले सन सिटीका कोही पनि यसवीचमा होम क्वारेन्टाइनमा बसेको यकिन छैन ।

सोमबार पाटन अस्पताल पुगेका तीन व्यक्तिमध्ये दुईजनामा बेलायतबाट फर्केको २८ दिनपछि बल्ल कोरोना संक्रमण भेटिएको छ, जुन अर्को आश्चार्यजनक परिघटना हो । र, अब सनसिटीका बासिन्दाले कहिलेसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने हो, यसको पनि सरोकारवाला निकायबाट उचित सूचना जारी भएको अवस्था छैन ।

यस्तो बेलामा अर्थमन्त्री खतिवडा र उनको परिवारले यथार्थ के भएको हो भन्नेबारे स्पष्ट पार्नुपर्नेमा बारम्बार फोन गर्दा पनि मन्त्री खतिवडा र छोरा तिलक दुबै जनाले ‘रेस्पोन्स’ गरेनन् । हामीले मन्त्री खतिवडालाई म्यासेजसमेत गर्‍यौं तर रिप्लाई आएन ।

मन्त्री खतिवडा नेपाल सरकारका प्रवक्ता पनि हुन् । कतिपय मिडियामा उनी आफैं छोरालाई बधाइ दिन सन सिटीमा पुगेको लेखेका छन् । यसवीचमा मन्त्री क्वाटरमै पारिवारिक भेटघाट भएको हुन सक्ने अनुमानहरु पनि गरिएका छन् । तैपनि खतिवडा परिवारले वास्तविकता सार्वजनिक नगर्दा भ्रम उत्पन्न भएको छ

चैत ८ यताको करिब एक महिनामा मन्त्री डा. खतिवडाले आफ्ना परिवारका सदस्यहरुसँग भेट गरेको भए कन्ट्याक टे्रसिङको सुई पुल्चोकस्थित मन्त्री क्वार्टर, सिंहरदरबार र प्रधानमन्त्रीनिवास बालुवाटारसम्मै सोझिन सक्छ ।

मन्त्री खतिवडा सिंहदरबार र बालुवाटार गइरहनुपर्ने जिम्मेवारीमा रहेकाले यसवीचमा छोराबुहारीसँग उनको उठबस जोखिमपूर्ण हुन सक्छ । अझ बालुवाटारमा प्रधानमन्त्री ओलीको स्वास्थ्य सम्वोदनशील रहेको अवस्थामा अर्थमन्त्रीले छोरासँग भेटेको हो भने थप सन सिटीको कोरोना भीआइपीसम्म पुग्ने अर्को जोखिम पनि हुन सक्छ ।

यसवीचमा अर्थमन्त्री डा. खतिवडा र छोराबुहारीवीच भेट भएको/नभएको साँचो सत्य बताउने जिम्मा मन्त्री खतिवडा र उनका छोराकै हो ।

अपार्टमेन्टमै बस्ने केही व्यक्तिले भने चैत ८ को चुनावमा मन्त्री खतिवडा उपस्थित नभए पनि पनि छोराबुहारीलाई भेट्न अपार्टमेन्टमा आएको दाबी गरेका छन् । केहीले अपार्टमेन्टभित्र अर्थमन्त्रालयको गाडी देखेको बताएका छन् ।

तर, स्थानीयको यो दाबी पुष्टि भएको छैन । अर्थमन्त्री निटक स्रोतले यसवीचमा बाबुछोराको भेट नभएको दाबी अनौपचारिक दाबी गरेको छ, तर मन्त्रीले औपचारिकरुपमा केही पनि नबताउँदा यसले पारिवारिक भेटघाट भएको हो कि भन्ने आशंका बढाएको छ ।

अर्थमन्त्रीका छोरा बुहारी र नातिनी सन सिटीमा बस्दै आए पनि अर्थमन्त्री भने पुल्चोकस्थित मन्त्री क्वार्टरमा बस्दै आएका छन् ।

कोरोना संक्रमतिसँग भेट भएको चर्चा आइसकेपछि सरकारका प्रवक्ताजस्तो व्यक्तिले सूचना लुकाउनु र मौन बस्नु राम्रो सन्देश होइन । अर्थमन्त्री खतिवडामाथि प्रश्न उठेको छ, अब तपाई क्वारेन्टाइनमा बस्ने, या सत्य के हो, जनतालाई बताइदिने ?अनलाईनखबर डटकम