जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

कोरोना विरुद्ध लड्न ग्लोबल आइएमई बैंकको १ करोड १५ लाख सहयोग

ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्ध लड्न नेपाल सरकारले मिति २०७६ चैत्र ९ गते घोषणा गरेको “कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष” मा रु. १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । साथै सोही प्रयोजनार्थ बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित “कान्तिपुर कोभिड–१९ रोकथाम” कोष मार्फत रु १५ लाख आर्थिक सहयोग समेत उपलब्ध गराउने निर्णय गरेकोे छ ।

कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जानेछ ।

प्रेस काउन्सिल नेपालद्वारा कोरोना भाइरस सङ्क्रमण सम्बन्धमा सबै किसिमका सञ्चारमाध्यम र सञ्चारकर्मीको निम्ति निर्देशिका जारी

प्रेस काउन्सिल नेपालद्वारा पत्रकार र सञ्चारमाध्यमका लागि जारी निर्देशिका, २०७६ विश्वब्यापीरुपमा महामारीको रुप लिएको नोबेल कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा सञ्चारमाध्यम र पत्रकारलाई तुरून्तै लागू हुने गरी प्रेस काउन्सिल ऐन, २०४८ दफा ७ को खण्ड (ख) द्वारा प्रदत्त अधिकारबमोजिम नेपाल पत्रकार महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालले महामारीलगायत जनस्वास्थ्यसँग सम्बन्धित समाचार सम्प्रेषण निर्देशिका २०७६ जारी गरेको छ ।

कोरोनाको महामारीविरुद्ध समाचार सम्प्रेषण गर्दा पत्रकार र सञ्चारमाध्यमले पालना गर्नुपर्ने दायित्वः

(१) सत्यतथ्य र आधिकारिक स्रोतबाट पुष्टि भएका सूचना सम्प्रेषण : (१) पत्रकार तथा सञ्चारमाध्यमले कोरोना संक्रमणसम्बन्धी सत्य–तथ्य र आधिकारिक स्रोत वा विषय विज्ञबाट पुष्टि भएका समाचार सामग्री मात्र सम्प्रेषण गर्नुपर्दछ । (२) पत्रकार तथा सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत् प्रवाह गर्ने कोरोना संक्रमणसम्बन्धी समाचार, लेख, सूचना वा जानकारीहरू मर्यादित, सत्य तथ्यपूर्ण र आधिकारिक हुनुपर्दछ । (३) सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताहरूले प्रवाह गरेका कोरोना संक्रमणसम्बन्धी समाचार, जानकारी वा लेख/कमेन्टहरूलाई शेयर, लाइक वा रिट्विट गरी पुन: प्रकाशन गर्दा पत्रकार तथा सञ्चारमाध्यमले आफूले प्रकाशन गरेसरह आधिकारिकतासमेतको ख्याल गरी सम्प्रेषण गर्नुपर्दछ ।

(२) व्यक्तिगत गोपनीयतामामा ध्यान दिनुपर्ने : पत्रकार तथा सञ्चारमाध्यमले आशंकित वा संक्रमितको आशंका गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनु पर्दछ । कोरोना भाइरसको शंका भएकाको परिचय गोप्य राख्नुपर्दछ । साथै सङ्क्रमित व्यक्तिलाई नकारात्मक असर पार्नसक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन । सङ्क्रमित व्यक्तिको सचेत स्वीकृति र सम्वन्धित आधिकारिक स्रोतको अनुमति विना परिचय सार्वजनिक गर्नु हुँदैन ।

(३) लाञ्छना वा आरोप लगाउन नहुनेः पत्रकार तथा सञ्चारमाध्यमले कोरोना संक्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा कोरोना भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग जोड्ने वा तिनका कारण फैलिएको भनेर आरोपित गर्नु हुँदैन । यसैगरी कुनै पनि सङ्क्रमित व्यक्तिलाई लाञ्छना वा व्यक्तिगत आरोप लगाउने गरी समाचार सम्प्रेषण हुनु हुँदैन । जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक अवस्थाजस्ता कुनैपनि आधारमा कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन,  प्रसारण र वितरण गर्नुहुँदैन ।

(४) डर, त्रास र सनसनी फैलने गलत, अतिरञ्जनापूर्ण र अनाधिकृत सूचना वा हल्लाहरुलाई स्थान दिन नहुनेः पत्रकार तथा सञ्चारमाध्यमले कोरोना संक्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा नेपाल सरकारको आधिकारिक निकायबाट पुष्टि नभएका अनाधिकृत, गलत र अतिरञ्जनापूर्ण सूचना तथा हल्लाहरुलाई स्थान दिनु हुँदैन । पाठक, स्रोता र दर्शकमा निराशा वा उत्तेजना हुन नदिन सदैव विशेष संवेदनशीलता र सतर्कता अपनाउनु पर्दछ ।

(५) घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने: (१) पत्रकार तथा सञ्चारमाध्यमले सङ्क्रमित व्यक्तिका नातेदार वा नजिकका व्यक्तिको नाम, ठेगाना र पहिचान खुल्नेगरी समाचार, तस्बिर र दृश्य उत्पादन, वितरण वा प्रकाशन–प्रसारण गर्नुहुँदैन ।

(६) दृश्य र तस्बिर प्रकाशन वा प्रसारण गर्न नहुने : पत्रकार तथा सञ्चारमाध्यमले सङ्क्रमण भई निधन भएका व्यक्तिका दृश्य एवं तस्बिरहरू सम्प्रेषण गर्नुहुँदैन ।

(७) गल्ती सच्याउन तत्परता : पत्रकार तथा सञ्चारमाध्यमले प्रवाह गरेका कोरोना सङ्क्रमणसम्वन्धी समाचार सामग्रीमा कुनैपनि त्रुटि एवं गल्ती भेटिएमा यथाशीघ्र सच्याई त्यसबारे सोही सञ्चारमाधयमबाट सार्वजनिक जानकारी गराउनु पर्दछ । साथै प्रेस काउन्सिलले गल्ती सच्चाउन दिएको निर्देशनको तत्काल पालना गर्नु पर्दछ ।

(९) प्रेस काउन्सिलले अनुगमन तथा कारवाही गर्ने : पत्रकार तथा सञ्चारमाध्यमले यो निर्देशिकाको पालना गरे नगरेको प्रेस काउन्सिल नेपालले अनुगमन गरी प्रेस काउन्सिल ऐन २०४८ र पत्रकार आचारसंहिता, २०७३ (संशोधित-२०७६) अनुसार आवश्यक कारवाही गर्न सक्ने छ ।

-२०७६/१२/१०

 

एन आई सी एशिया बैंकका नियमित र बिदा काउण्टर यथावत सञ्चालन हुने

कोरोना भाइरसको सम्भावित महामारीको विषम परिस्थितिलाई ध्यानमा राखेर एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरहरूमार्फत नियमित काउण्टर सेवा र कमलादी, कर्पोरेट कार्यालय, न्यूरोड (खिचापोखरी), पोखरास्थित न्यूरोड र भक्तपुर (शनिवार मात्र सेवा) शाखाहरूमार्फत प्रदान गरिने बिदा काउण्टर सेवा बाहेकका अतिरिक्त काउण्टर सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ । तसर्थ हाल यस बैंकका कलंकी, क्षेत्रपाटी, थानकोट, बालाजु, बौद्ध, बनेपा, अत्तरिया, महेन्द्रनगर, गाईघाट, लेकसाइड (पोखरा), इलाम, जनकपुर, मलंगवा, लहान र धनगढी हस्पिटल लाइन शाखाहरूबाट सेवा दिँदै आएको बिहान ९ बजे देखि साँझ ७ बजेसम्मको अतिरिक्त काउण्टरहरू २०७६ चैत्र १० देखि बन्द रहनेछन् । तर बैंकको नियमित काउण्टर सेवाहरू भने बैंकका सम्पूर्ण ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरमा बिहान ९ः४५ बजेदेखि दिउँसो ४ बजेसम्म (शुक्रबार बिहान ९ः४५ बजेदेखि दिउँसो १ बजेसम्म) यथावत सञ्चालन हुनेछन् ।

कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय हुन्छ । डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि आफ्ना ग्राहकवर्गलाई नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै आफ्ना ग्राहक महानुभावहरुलाई घरमै बसेर अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुको साथै, इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायका विद्युतीय माध्यमबाट गरिने निम्नलिखित भुक्तानीका सेवाहरू अर्काे सूचना जारी नगरेसम्मको लागि निःशुल्क गरेको छ ।

यस कठिन परिस्थितिमा आफ्ना ग्राहक महानुभावहरूको सुविधालाई मध्यनजर गर्दै यस बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क ग्राहक महानुभावहरूले घरमै बसी गर्न सक्नुहुनेछ । साथै, घरमै बसी खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । कोरोना भाइरसको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्नु उचित देखिएकाले सकेसम्म ग्राहक महानुभावलाई विद्युतीय माध्यमबाट भुक्तानीको काम गर्न बैंक प्रोत्साहन गर्दछ । ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्यूआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, फेसबुक च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत अनुरोध गर्दछौं । यसका साथै ग्राहक महानुभावहरूले विभिन्न खालका बैंकिङ्ग गतिविधिहरू गर्दा आइपर्न सक्ने समस्यालाई ध्यानमा राख्दै बैंकले निम्नलिखित ग्राहकवर्गमा समर्पित डिजिटल सर्पोट हेल्प डेक्सको स्थापना समेत गरेको ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

मोबाइलबाटै दैनिक एक लाख कारोबार गर्न पाइने

नेपाल राष्ट्र बैंकले अब मोबाइलबाटै दैनिक एक लाख रुपैयाँसम्म कारोबार गर्न पाउने व्यवस्था गरेको छ । नगद कारोबारमा कोरोना संक्रमणको जोखिम देखिएपछि राष्ट्र बैंकले डिजिटल कारोबारमा जोड दिदै मोबाइल बैंकिङको सीमा वृद्धि गरेको हो ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कामु कार्यकारी निर्देशक शुभाषचन्द्र घिमिरेले आइतबार सर्कुलर जारी गर्दै मोबाइल बैंकिङको कारोबार सिमा वृद्धि गरेका हुन् । आम ग्राहकलाई बैक तथा एटीएम बुथसम्म जान नपरोस् भनेर राष्ट्र बैंकले मोबाइल बैकिङको कारोबारमा सीमामा व्यापक वृद्धि गरेको हो ।

अब मोबाइल बैंकिङ(क्युआर कोड)मा दैनिक एक लाख र मासिक १० लाखसम्म कारोबार गर्न पाइने भएको छ । मेबाइल बैंकिङ(क्युआर कोड)मा यस अघि प्रतिदिन ५० हजार र महिनामा २ लाख रुपैयाँसम्म मात्रै कारोबार गर्न पाइने व्यवस्था गरेको थियो । नगद कारोबारमा कोरोना संक्रमणको जोखिम देखिएपछि राष्ट्र बैंकले डिजिटल कारोबारमा जोड दिँदै मोबाइल बैंकिङको सिमा वृद्धि गरेको हो ।

अब वालेटबाट अन्य बैंक खातामा रकम पठाउँदा प्रति कारोबार २५ हजार रुपैयाँ पुर्याइउको छ भने प्रतिदिन एक लाख र मासिक ५ लाख रुपैयाँसम्म कारोबार गर्न पाइन्छ । यस अघि प्रति दिन २५ हजार र मासिक ५० रुपैयाँ रुपैयाँसम्ममात्रै कारोबार गर्न पाइन्थ्यो ।

लक्ष्मी बैंकको १२१औँैँ शाखा काभ्रेको पनौतीमा

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२१औँैँ शाखा काभ्रेको पनौतीमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ४ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १५० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको
छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकअनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

काठमाडौंमा भेटिए कोरोना संक्रमित बिरामी

नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित विरामी भेटिएका छन् । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन् ।

१० वर्षकी उनको टेकस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलमा उपचार भइरहेको छ ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी थिइन् । त्यसबेला उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेका थिए ।

तर आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको छ । अब उनीसँगै आएका र परिवारका सदस्यहरुको पहिचान गरी आइलेसनमा राख्ने र परीक्षण गर्ने तयारी भइरहेको छ ।

स्वास्थ्यमन्त्री ढकालले धर्य नगुमाउने र सावधानी अपनाएर विस्तारित हुन नदिन सबैलाई अपील गरेका छन् ।

यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा डोनेसन बक्स हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गण्डकी प्रदेश , मुस्ताङ्ख जिल्लाको बारा मुक्तिक्षेत्र गाउँपालिका स्थित मुक्तिनाथ मन्दिरलाई डोनेसन बक्स प्रदान गरेको छ ।

उक्त सहयोगले मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरुले चढाउने नगद रुपैयाँको व्यवस्थापनमा सहयोग पुग्नेछ । बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट डेभलपमेन्ट बैंकका शाखा प्रमुख राजिव पौडेलले गण्डकी प्रदेशका सांसद माननिय महेन्द्र बहादुर थकाली तथा मुक्तिनाथ बिकास समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्याललाई हस्तान्त्तरण गर्नुु भयो ।

बाहुबली सिमेण्टले स्यानीटाइजर र मास्क वितरण

बाहुबलीसिमेण्टको उत्पादक बालाजी सिमेण्ट इण्डष्ट्रिज प्रा.लि.नेपालमा अत्यधिक क्षमता युक्त सिमेण्ट उत्पादक हो, जसले प्रत्येक दिन २००० टन सम्म सिमेण्ट उत्पादन गरी देशभर रहेको आफ्नो बलियो बिक्री सन्जाल मार्फत् सिमेण्ट आपूर्ति गर्दै आएको छ । हाल विश्वभर सन्त्रास फैलाएको कोरोना भाइरस–कोभिड १९ सँक्रमण हुनबाट जोगिन विश्वभर नाक मुखमास्कले ढाक्ने र हातधुने अभियान नै चलाइएको परिप्रेक्ष्यमा कम्पनीले पनि एभरेस्ट प्यारेन्टरल्स् प्रा.ली.को सहकार्यमा उक्त अभियानलाई सहयोग पु¥याउने उद्देश्यका साथ सामाजिकउत्तरदायित्वको अभिभारा बहन गरेको छ ।

कोरोना भाइरस व्यक्तिदेखि व्यक्तिमा सर्ने अधिकतर जोखिमयुक्तभएको अध्ययनहरुले देखाएका छन् । हालनेपालमापनि यो भाइरसको रोकथामको प्रयास भैरहेका छन्, जसको लागि नेपाल सरकार तथानागरिकहरु एवं जिम्मेवार निकायहरुले भरमग्दूर प्रयास गरिरहेका छन् । यसै सन्दर्भमा कम्पनीले पनि कोरोना भाइरस फैलिननदिनआमनागरिकहरुलाई हातधुन स्यानीटाइजर र नाकमुख ढाक्न मास्कवितरण गर्ने कार्य अघि बढाएको छ ।

उक्तवितरण कार्य काठमाडौं उपत्यकाभित्रका धेरै भिडभाड हुने विभिन्न स्थानहरुमा गरिएका छन् ।
“हामी चाहन्छौं देश कोरोनाको त्रासबाट आक्रान्त भैरहेको यस घडीमा यहाँकानागरिकहरुलाई सीमित संख्यामै भएपनिमास्क र स्यानीटाइजर वितरण गरेर उनीहरुको स्वास्थ्य सुरक्षितबनाउन सकौं । वास्तवमाभन्ने हो भनें देशको एक उद्या्ेग भएको नाताले यो हाम्रो सामाजिकदायित्वपनिहो, देशलाई परेको बेलामा साथदिनहामीकहिल्यै पछि पर्ने छैनौ ।”बालाजीसिमेण्ट इण्डष्ट्रिज प्रा.लि.का प्रवन्ध निर्देशन गौरव गाडियाले भन्नु भएको छ ।

हाल काठमाडौं उपत्यकामावितरण गरिए पनियदिआवश्यक परेमा यो अभियानलाई देशैभर फैलाउने लक्ष्यकम्पनीले लिएको छ ।

मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान बन्द

कोभिड–१९को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारको निर्णयबमोजिम शनिबार जरुरी सूचना निकालेर नेपालमा उडान भर्ने सबै अन्तरराष्ट्रिय वायुसेवा कम्पनीको उडान अवतरण चैत ९ को राति २३ः५९ बजेदेखि चैत १८ सम्म सोही समयावधिका लागि स्थगन गरिएको जनाएको छ ।

प्राधिकरणले यस निर्णयबाट नेपालबाट अन्तरराष्ट्रतर्फ जाने यात्रु, एयर एम्बुलेन्स, कार्गो उडान तथा अत्यावश्यक उडानमा असर नपर्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसर त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे यही चैत ७ गते साँझ राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा चैत ९ देखि १८ गतेसम्मका लागि अन्तरराष्ट्रिय उडान स्थगन हुने जनाउनुभएको थियो ।

आजै रातिदेखि कुनै पनि यात्रुवाहक जहाज नेपाल प्रवेश गर्न नपाउने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार विदेशबाट विनायात्रुको जहाज भने नेपाल आउन पाउनेछन् । यहाँबाट विदेश जाने यात्रुलाई ती वायु सेवा कम्पनीले लैजान सक्नेछन् ।

अन्तरराष्ट्रिय उडान स्थगन गरिए पनि आन्तरिक उडान भने यथावत् रहने महानिर्देशक पोखरेलको भनाइ छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायु सेवा कम्पनीले उडान सेवा सञ्चालन गरिरहेका छन् ।

अफवाह फैलाउने सामग्री सम्प्रेषण भएमा उजुरी गर्नुहोस्–काउन्सिल

प्रेस काउन्सिल नेपालले कोभिड–१९ बारे भ्रम र उत्तेजना फैलाने सामग्री प्रकाशन÷प्रसारण नगर्न आमसञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । काउन्सिल बोर्ड र सचिवालयको संयुक्त बैठकले कोरोना भाइरसबाट अधिकांश देश आक्रान्त बनिरहेका अवस्थामा केही मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हल्ला र अनुमानका आधारमा लापरवाहीपूर्वक तथ्यहीन सूचना सम्प्रेषण हुने गरेको पाइएकाले त्यसो नगर्न अनुरोध गरेको हो । काउन्सिलले जिम्मेवार सञ्चारकर्मी र सञ्चारमाध्यमबाट सम्प्रेषण भएमा तत्काल काउन्सिलमा उजूरी गर्न पनि आग्रह गरेको छ ।

काउन्सिलले नेपाल पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को ५ को दफा १४ को ‘पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसँग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, स्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुने गरी अतिरञ्जित तवरमा कोही, कसैका बारेमा पनि सम्प्रेषण गर्नुहुँदैन’ भन्ने प्रावधानको ख्याल गरी सूचना र समाचार सम्प्रेषण प्रवाह गर्न पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरेको हो । “संयमित हुनुपर्ने गम्भीर समयमा समाजका कतिपय जिम्मेवारी व्यक्तिले आममानिसलाई नै आतङ्कित र तरङ्गित बनाउने गरी केही मिडियामार्फत अफवाह फैलाइरहेको देखिन्छ, प्रेस काउन्सिल नेपाल गलत सूचना, समाचार सम्प्रेषण नगर्न यस्ता मिडियालाई निर्देशन दिन चाहन्छ”, काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले सूचीकरणका लागि निवेदन फाराम लिने र पत्रपत्रिका वर्गीकरणको प्रमाणपत्र वितरण गर्ने कार्य तत्कालका लागि बन्द गर्ने भएको छ । काउन्सिल पत्रकार आचारसंहिता बनाई देशभरका सञ्चारमाध्यम र पत्रकारको अनुगमन गर्ने राज्यको एकमात्र जिम्मेवार स्वायत्त संस्था हो । काउन्सिलले कुनै पत्रकार, मिडिया र गलत सूचना, समाचार सम्प्रेषण गर्नेका विरुद्ध अनलाइनमार्फत उजूरी सुन्ने गर्दै आएको छ ।

यति र बुद्ध एयरले लुट्नु लुटेपछि भाँडा घटाएको नाटक मञ्चन

नेपालमा नाम कमाएका, नाफा कमाएका यति एयर र बुद्ध एयरले १ हप्ता भाडामा लुट मात्रै मच्चाएनन् । देशको सम्बेदनशील अवस्थाको उपभोग गरे भन्दा अब फरक पर्दैन ।

विश्यव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरससंग जनता लडिरहेका परिस्थितिमा यति र बुद्ध एयरले रातारात भाडाँमा लुट नै मच्चाएको खुलेको छ ।

नेपालमा कोरोना भाइरस देखा नपरे पनि सरकारले अत्यावश्यक सेवा बाहेक सबै कुरा बन्द गरेपछि राजधानी छाडेर घर जानेहरुको भीड बढेपछि यसकोे फाइदा यति र बुद्ध एयरले उठाएका छन् भन्दा फरक पर्दैन ।

विश्व रोएको बेला नेपालले कोरोना नभित्र्याउन सयौं उपाय खोजी गरेको बेला जनतालाई सहयोग र साथ दिनुको साटो भाडामा लुट मच्चाउने यति र बुद्ध एयरलाई कारबाही मात्रै होइन । लाईसेन्स नै खारेज गरिनुपर्ने आवाज उठिरहेको छ ।

४ हजारको भाडालाई ९ हजारसम्म लिने र विरोध भएपछि कारवाहीको डरले घटाएको नाटक मञ्चन गर्ने यति र बुद्ध एयरलाई राज्यले तत्कालै कडा कारवाही गरिनु पर्दछ कि पर्दैन ।

यति सम्मकी यती एयरले काठमाडौं–भद्रपुरको भाडा ९ हजार लिएर लुट नै मच्चाएको खुलेको छ । जबकी त्यहाको भाडा ६ हजार भन्दा बढि पर्दैन । यो कस्तो लुट हो । राज्य कहाँ छ । किन कारवाही गर्दैन । यति एयरलाई के यो देश यति एयरकै हो ? ३ करोड जनताको देश होइन ?
१ हप्ता यी दुई यति र बुद्ध एयरले डबल भाडा उठाएर लुटेपछि सामाजिक सञ्जालमा चर्को बिरोध भएपछि भाडाँ घटाएको नाटक मञ्चन गरेपनि भाडाँ घटेको छैन । टिकट ब्लाकमा नै बिक्री भएको भेटिएको छ ।

जनतालाई दुःखपर्दा लुट्ने । देशले सहयोग मागिरहेको बेला मुन्टो उता फर्काउने यस्ता एयरलाइन्स नेपाली जनतालाई चाहिएको छैन । दशैं, तिहार जस्तै गरि लुट मच्चाउने यि दुई यति र बुद्ध एयरलाई तत्कालै कडा भन्दा कडा कारवाही गरि चेतावनी मात्रै होइन जरिवाना गर्न सरकार अब पछि पर्नु हुँदैन । नत्र जनताले नै कारवाही नर्गलान भन्न सकिदैन । सचेत भया ।

माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा बिभिन्न स्थानमा हातधुने व्यवस्था

माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुन अनुरोध गर्दै काठमाणडौँका विभिन्न स्थानमा साबुन पानीको व्यवस्था गरेको छ ।

माछापुच्छ«े बैंकले आईतबारदेखि काठमाण्डौँको अत्यन्त भिडभाड हुने स्थान नयाँ बानेश्वर चोकमा ५००० लिटरको पानी ट्याङ्की तथा साबुन÷स्यानिटाईजरको व्यवस्था गरेको हो । आइतबार बिहान बानेश्वर चोकमा व्यवस्था गरिएको हातधुने ठाउँको महानगरिय प्रहरी कार्यालय रानीपोखरी काठमाण्डौका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेल तथा माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिृकत सन्तोष कोइरालाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

अत्याबश्यक कामका लागि बाहिर निस्किने आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंकले बानेश्वर चोक लगायत काठमाण्डौ तथा भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा हात धुने ठाउँको व्यवस्था गरेको हो । विश्वका अधिकांश देशमा महामारीको रुपमा देखा परेको कोरोना भाईसरको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुनु अनिबार्य रहेको तथा काम बिशेषले बाहिर निस्किने नागरिकको लागि सबै सार्बजनिक स्थानमा हात धुन सम्भब नहुने हुदाँ बैंक तथा महानगरिय प्रहरी कार्यालयले आम नागरिरको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्त व्यवस्था गरेको हो ।

बैंकिङ्ग क्षेत्र अत्याबश्यक क्षेत्र अन्र्तगत पर्ने भएको हुँनाले माछापुच्छ«े बैंकले आफ्नो मुख्य कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पर्याप्त स्यानिटाईजरको व्यवस्था गरेको छ । बैंकले अत्याबश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्र्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका बिभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैंमा आग्रह गरेको छ । साथै बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुदाँ नगद कारोबार लाई कम गरिदिनुहुन समेत सम्पूर्ण ग्राहक महानुभावहरुमा आग्रह गरेको छ ।