जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • सनराइज बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटल बिच सम्झौता

सनराइज बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटल बिच सम्झौता

ग्राहक वर्गको सेवा र सुबिधामा सधै तत्पर रहने यस सन्राइज बैंकले आफ्ना सम्पूर्ण ग्राहक माझ अझै उच्चस्तरीय सुबिधा दिने क्रममा हालै भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार अब सनराइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गले यस हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा अधिकतम १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । सो सम्बन्धि सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र हस्पिटलका तर्फबाट प्रमुख अन्र्तराष्ट्रिय बजार प्रबन्धक अजय भार्दवाजले बिहिबार हस्ताक्षर गरेका छन् ।

इन्द्रप्रस्थ अपोलो हस्पिटल भारत स्थित एक प्रतिष्ठित हस्पिटल हो जसले विभिन्न १४० देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । उक्त सम्झौता अनुसार सन्राइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गले साधारण परिक्षण देखि भर्ना खर्च सम्ममा १०% सम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

यस योजनाले सन्राइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सनराइज बैंक प्रतिबद्घ छ ।

5860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका