जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • प्रभु लाइफको चमत्कारी श्रीवृद्घि जीवन बीमा योजना

प्रभु लाइफको चमत्कारी श्रीवृद्घि जीवन बीमा योजना

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ जीवन बीमा योजना “श्रीवृद्घि जीवन बीमा योजना” ल्याएको कम्पनीका संचालक समितिका अध्यक्ष डा. आत्माराम घिमिरेबाट सो जीवन बीमा योजना सार्वजनिक गरिएको हो । सो कार्यक्रयमा डा. घिमिरेले भनेः– प्रभु लाइफले यसै गरी जनमानस बीच उत्कृष्ट जीवन बीमा योजनाहरु ल्याउ्रँदै जानेछ ।

कार्यक्रममा प्रभु इन्स्योरेन्स कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने लगायत कम्पनीका व्यवस्थापन समूहका सदस्यहरु तथा विभिन्न संघ संस्थाहरुका महानुभावहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सीइओ लामिछानेले यो जीवन बीमा अत्यन्तै प्रभावकारी हुने गा्रहकहरुलाई यस जीवन वीमा बाट धेरै नै लाभ हुने कुरामा दुईमत नरहेको र कम्पनीको उत्कृष्ट जीवन बीमा योजनामा श्री बृद्धि जीवन वीमा योजना रहेको उनीले दाबी गरे ।

बिभिन्न ४० शाखा तथा उपशाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको र आगामी दिनहरुमा कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल क्रमशः बिस्तार गर्दै लैजाने लक्ष्य रहेको सीइओ लामिछानेले बताए ।
श्रीवृद्घि जीवन बीमा योजना अन्तर्गत बीमा रकममा प्रत्येक वर्ष ५% का दरले वृद्घि हुँदै जानेछ तर बीमा शुल्क (प्रिमियम) भने जीवन बीमा अवधि भरि नै एकैनास हुनेछ ।

मानौँ, १० लाख बराबरको २० वर्षे जीवन बीमा गर्दा पहिलो वर्ष नै १० लाखको रु. ५०,००० ले वृद्घि हुन्छ । अनि २० वर्षमा बीमा रकम २० लाखको हुनेछ र बोनस सहित बीमितले बीमाङ्कको करिब ३ गुणा रकम एकमुष्ठ फिर्ता पाउनेछन् ।  “Time Value of Money” को अवधारणालाई पूरा गर्ने उद्येश्यले यस जीवन बीमा योजना ग्राहकहरु माझ सार्वजनिक गरिएको कम्पनीले दाबी गरेको छ ।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरे भने कम्पनीले केही समयभित्रै साठ्ठी करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने देखिन्छ ।

8955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका