जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकले चौथो पटक माग्यो चार अर्बको ऋणपत्र जारी गर्ने अनुमति

एनआईसी एशिया बैंकले चौथो पटक माग्यो चार अर्बको ऋणपत्र जारी गर्ने अनुमति

बैंकले निष्काशन गर्न लागेको ४ अर्ब रुपैयाँको ऋणपत्रमध्ये धितोपत्र बोर्डको स्वीकृती पश्चात २० प्रतिशत हुन आउने ८० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि बिक्रीमा आउनेछ । ८० प्रतिशत अर्थात ३ अर्ब २० करोडको व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकको सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।

ऋणपत्र जारी गर्न बैंकले यसअघि नै नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

‘१०% एनआइसी एशिया ऋणपत्र २०८५/८६’ नाम दिइएको १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर (अर्धवार्षिक रुपमा) भुक्तानी गरिने बैंकले जनाएको छ ।

बैंकले यसअघि ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने बताएपनि वाणिज्य बैंकहरुले भद्र सहमति गरेपछि ऋणपत्रमा १ प्रतिशत ब्याजदर घटाएको हो ।

बैंकले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन, वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्न, बैंकको पूरक पूँजीकोष वृद्धि गरेर पूँँजीगत आधार मजबुत बनाउने उदेश्य अनुरुपको कार्य गर्ने प्रयोजनका लागि पूँजी संकलन गर्न ऋणपत्र जारी गरिन लागेको जनाएको छ ।

8240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका