जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • व्यापार खोसाखोसको राजनीतिमा बीमा कम्पनीहरु

व्यापार खोसाखोसको राजनीतिमा बीमा कम्पनीहरु

मेनुका आचार्य । पछिल्लो समय वाणिज्य बैंकहरुबीच डिपोजिट खोसाखोसको अवस्था नसकिदै निजीवन विमा कम्पनीहरुमा व्यवसाय खोसाखोस शुरु भएको छ ।

निजीवन विमा कम्पनीहरुले आफ्नो लागत खर्च समेत नउठ्ने गरी विमा योजना ल्याएर राम्रा विमा कम्पनीहरु भन्दा पनि अघि बढेर व्यवसाय नै खोसाखोस गरिरहेको देखिन्छ । आफ्नो जगेडा पुँजीलाई बैंकहरुमा राखी चर्को ब्याज लिएका निजीवन विमा कम्पनीहरुले नयाँ विजनेश खोज्नु भन्दा पनि भएकै व्यापारलाई अरुबाट खोस्नु राम्रो संकेत होइन ।

नेपालमा १२/१३ प्रतिशत मात्रै वीमाको बजार छ । कुनै पनि विमा कम्पनीले बजार बढाउने काममा लाग्दैनन् । एकले अर्को कम्पनीको व्यवसाय खोस्ने यो कस्तो व्यापार हो ।

बीमा कम्पनी आवश्यकभन्दा धेरै हुँदा यस्तो ब्यापार नै खोसाखोस गर्नु पर्ने अवस्था आएको बीमकहरु दावी गर्छन् । भइरहेकै बजारमा एकले अर्कोको ब्यवसाय खोस्ने क्रममा अस्वस्थ प्रतिस्पर्धा सुरु भएपछि पुराना बीमा कम्पनीहरुको व्यापार घटेको देखिन्छ । भने नयाँले सस्तोमा व्यापार खोसेको देखिन्छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाइँले राजतिलक साप्ताहिकलाई टेलिफोनमा भने, हामीले निगरानी बढाएका छौं। तलमाथि गर्नेलाई कारवाही हुन्छ । हामी कारवाहीको प्रक्रियामा पनि गएका छौं ।

अधिकांश बीमा कम्पनीहरुले बीमा शुल्क घटाउने होडबाजीमा बिजनेस नै किनिरहेको शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेको बुझाई छ । पछिल्ला दिनमा बीमा कम्पनीहरु ठूला ठूला पार्टिको बीमाको करार अवधि सकिने सयम कुरेर बस्ने गरेको उनीले दाबी गरे ।

कम्पनीहरुले एक अर्काको व्यवसाय खोस्दा चलिरहेको दरभन्दा कममा बीमा गर्नु पर्छ । यसले गर्दा बीमा कम्पनीहरुले राम्रा पुनर्बीमा कम्पनीहरुमा पुनर्बीमा गराउन नसक्ने अवस्था पनि आउने प्रस्टै छ ।

बीमाको बजार ओभर क्यापिटलाइज हुँदा बजारमा अस्वस्थ प्रतिस्पर्धा सुरु हुने देखिन्छ । पूँजी धेरै भए पछि शेयरधनीहरुले प्रतिफल धेरै माग गर्छन् । उनीहरुलाई लाभांस खुवाउन जसरी पनि व्यवसाय गर्नै पर्छ । नत्र सीइओको ४ वर्षे जागिर नै धरापमा पुग्ने देखिन्छ । यसले गर्दा बीमा गरेर जोखिम व्यवस्थापन गर्नेभन्दा पनि कसरी नाफा आर्जन गर्ने भन्नेमा कम्पनीहरु लागेको कारण व्यापार खोसाखोसको अवस्था आएको प्रस्टै देखिन्छ ।

पूँजी बृद्धि भएसँगै कम्पनीका सञ्चालकहरुले व्यवस्थापनलाई पहिलाको भन्दा प्रतिफल नघाटउने गरि काम गर्न दवाव दिरहेका छन्। सञ्चालकले लाभांसको अनुपात नघटाउन दवाव दिँदै गर्दा टार्गेट अनुसार व्यवसाय बढाउने क्रममा बजारमा खोसाखोसको अवस्था आएको विमाका सीइओहरुकै दावी छ ।

9845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका