![](http://aarthikbazarnews.com/wp-content/uploads/2024/07/960x-100.gif)
![कामना सेवा विकास बैंक र सानिमा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता](http://aarthikbazarnews.com/wp-content/themes/nepali-news-portal/blank.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौता भएको छ ।
सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्तहुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सानिमा ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्ष्ँर गरेका छन् ।