जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा ह्विल चियर प्रदान

कामना सेवा विकास बैंकद्वारा ह्विल चियर प्रदान

कामना सेवा विकास बैंक लिमिटेडले पोखरा हरियोखर्क स्थित कुष्ठरोग अस्पतालमा आयोजित एक कार्यक्रमका बीच उक्त असपतालमा रहेका कुष्ठ रोगका बिरामीहरुलाई ह्विल चियर प्रदान गरेको छ .  बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ६६ औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनसँगको सहकार्यमा सो सहयोग गरेको हो .

पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष श्री प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा र अस्पतालका संचालक दिपक महर्जन, सुपेरिटेन्डेन्ट Dr. Bruce Hayes, प्रशासक अधिकृत युवराज आचार्य साथै बैंकका संचालक चतुराखर अधिकारी र देवकृष्ण काफ्ले र सहायक महाप्रबन्धक टुबराज बास्तोलाले संयुक्त रूपमा ह्विल चियर हस्तान्तरण गर्नु भएको थियो . हाल अस्पतालमा थोरै भएपनि राहत मिल्ने र आगामी दिनमा समेत यस्ता सामाजिक कामहरु गर्दै जाने बैंकको नीति रहेको संचालक देवकृष्ण काफ्लेले बताउनु भयो .

बैंक नाफामुखी मात्र नभएर सामाजिक रूपमा पनि उत्तरदायी रहेको र हाल देशभरी आफ्ना ६४ वटा शाखा तथा १७ वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ . साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C- ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिंग सेवाहरु उपलब्ध गराउदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ .

10165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका