जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • लक्ष्मी र एभरेष्ट बैंकको मर्जर तुहियो

लक्ष्मी र एभरेष्ट बैंकको मर्जर तुहियो

भूपेन्द्र आचार्य । नेपालका दुई वलिया बैंक लक्ष्मी बैंक लिमिटेड र एभरेष्ट बैंक लिमिटेड बीच हुने भनिएको मर्जर लगभग तुहिएको खुलेको छ ।

भारतिय पंजाव नेशनल बैंकको र नेपाली व्यापारीहरुको प्रमोटर शेयर रहेको एभरेष्ट बैंकले राजेन्द्र खेतानको मेजर प्रमोटर शेयर रहेकोले बैंकको बीच प्रतिकित्ता शेयर १०० को बराबरले मर्जरमा जान नमाने पछि समस्या देखापरेको खुलेको छ । लक्ष्मीको शेयर धेरै भए ६५÷७५ प्रतिशतको मूल्य कायम गर्न एभरेष्ट बैंकले दबाब राखेपछि अहिले मर्जर भाडिने निश्चित जस्तै भएको एक सञ्चालकले नाम नलेख्ने शर्तमा राजतिलक साप्ताहिकसंग बताए ।

सबै कुरामा एभरेष्ट बैंक भन्दा उत्तर र सक्षम, राम्रो कर्पोरेट सुशासन भएको लक्ष्मी बैंक आफैमा राम्रो बैंक हो । करिब ५ महिना अगाडी असोजमै दुबै बैंक बीच डिडिए गरिएको समाचार वाहिर आयो । मर्जर गर्ने निश्चित भएको भन्दै लक्ष्मी बैंक लिमिटेडका तत्कालीन सीइओ सुदेश खालिङ्गको समय थप गरिएन । त्यसको केही पछि मर्जर नहुने संकेत पाएपछि बैंक सञ्चालक समितिले सो बैंकका डिपुटी सीइओ अजय शाहलाई ४ वर्षको लागि सीइओमा नियुक्ति गरेको लक्ष्मी बैंकका एक सञ्चालकले राजतिलक साप्ताहिकसँग बताए ।

एभरेष्ट बैंकमा दर्जनौ काण्डा भएका छन् । यस बैंकमा जे काम गर्दा पनि कमिशन लिइने गरेको खुलेको छ । एउटा टि.भी. कार्यक्रमलाई विज्ञापन वापत १५ लाख दिएको र ५ लाख कमिशन सीइओ सोमेश्वर श्रेष्ठले नै लिएको बैंकका एक उच्च कर्मचारीले राजतिलक साप्ताहिकलाई बताए ।

अच्चमको कुरा त के देखिन्छ भने राष्ट्र बैंकले बोनस शेयर र नगद लाभाशं स्वीकृती दिएको पत्र पहिलाकै सञ्चालक समितिको बैंठकको निर्णयमा राखिने गरिएको भेटिएको छ । बैंकका अध्यक्ष भारतीय व्यापारी बि.के. श्रेष्ठ र भारतीय मुलका नेपाली व्यापरी राजेन्द्र खेतान बीचको टक्करले मर्जर नहुने निश्चित जस्तै भएको एक सञ्चालकले बताए ।

केही महिना अगाडी एभरेष्ट बैंकको शेयर दोस्रो बजारमा महंगो भएपनि अहिले लक्ष्मी बैंक र एभरेष्ट बैंकको शेयर बरावरी जस्तै मूल्यमा बजारमा पाइन्छ । दुवै बैंकको ८ अर्ब चुक्ता पूँजी छ । भने एभरेष्ट बैंक भन्दा लक्ष्मी बैंकको ग्रोथ देखि लिएर सबै बैंकका सूचक अब्बल र राम्रा छन् ।

लक्ष्मी बैंक अत्यन्तै कर्पोरेट सुशासनमा मात्रै चलेको छैन । नाफा देखि लिएर लगानी समेत राम्रा छन् भने एभरेष्ट बैंकको खराब कर्जा बढेको छ । लगानी राम्रो ठाउँमा लगाइएको देखिदैन । पछिल्लो समय पूर्व सीयओ आलुकियाले छाडेपछि खासै नयाँ सीइओले लगानीको अवसर नखोजेको जेमा पनि कमिशन खोजेपछि पूरानै सयौं कर्मचारीले बैंक छाडेका छन् ।

एभरेष्ट बैंकको उच्च तहमा खासै नेपाली कर्मचारी छैनन प्रायः सबै जस्तो भारती पञ्जाव नेशनल बैंककै कर्मचारी आएका छन् । पछिल्लो समय एभरेष्ट बैंकमा कर्पोरेट सुशासन विग्रेको मात्रै छैन । काम गर्ने वातावरण नै बैंकमा नभएको पूराना कर्मचारी बताउँदै लक्ष्मी बैंक र एभरेष्ट बैंक बीच मर्जर भए सीइओ एभरेष्ट बैंकले पाउनु पर्ने अध्यक्ष पनि उसैको हुनुपर्ने, प्रतिशेयर ८० भन्दा तल हुनुपर्ने जस्ता अच्चमका कुरा अगाडी एभरेष्ट बैंकले अगाडी सारेपछि मर्जर तुहिएको एभरेष्ट बैंकका एक सञ्चालकले राजतिलक साप्ताहिकसंग बताए ।

मर्जर नहुने प्रस्टै भएपछि अहिले लक्ष्मी बैंक शाखा विस्तारमा आक्रमक बनेको छ । नयाँ नयाँ लगानीका योजनाहरु खोजी नयाँ सीइओ अजय शाह लगानी गर्न आतुर रहेको देखिन्छ ।

नेपाली लगानीकताएको १÷१ पैसा जम्माबाट स्थापना भएको लक्ष्मी बैंकलाई भारतीय पञ्जाव नेशनल बैंकको मेजर शेयर रहेको एभरेष्ट बैंकले कैडिको मूल्यमा खान लागे पछ लगानीकर्ता, शेयरधनी अब आन्दोलनमै उत्रिनै एक शेयरधनीले राजतिलक साप्ताहिकसँग बताए ।

नेपाल राष्ट्र बैंकलाई समेत ओझेलमा पारेर नेपाली भूमिमा चलाईएको एभरेष्ट बैंकको दादागिरी अन्त्य गर्न गर्भनर डा.चिरजीवी नेपाल कडा रुपमा अगाडी आउनु पर्ने देखिन्छ । नत्र नेपाली गरिब जनताको पैसा डुब्ने देखिन्छ ।
स्मरणीय रहोस नेपाल राष्ट्र बैंकमा अन्तिम मर्जर स्वीकृतीको लागि अझै पत्राचार भएको छैन ।

एउटा दुई बैंक मर्जर गर्ने जानकारी मात्रै राष्ट्र बैंकमा पुगेको देखिन्छ । अर्को भारतीय लगानीको बैंक एसबिआई भन्दा ठूलो बनी नेपालमा चर्को दादागिरी देखाउने देखेपछि राष्ट्र बैंक पनि मर्जरको विपक्षमा पुगेको एक कार्यकारी निर्देशकले बताए । राजतिलक साप्ताहिक

8840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका